बुटवल साउन २८
कोरोनाको जोखिम बढेपछि बुटवलमा भदौ ५ गतेसम्मका लागि पूर्ण लकडाउन गरिने भएको छ ।
बुटवल उपमहानगरपालिकामा बुधवार अपरान्ह नगरप्रमुख शिवराज सुवेदीको अध्यक्षतामा सम्पन्न प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी , रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरु सहितको बैठकले बुटवल उपमहानगरपालिका क्षेत्रमा भदौ ५ गते सम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।
साउन २९ गते बिहिवार राति १२ बजे देखि भदौ ५ गते राति १२ बजे सम्मका लागि लकडाउन जारी गर्ने निर्णय भएको छ ।
लकडाउनको समयमा अत्यावश्यक सेवाका सवारी साधन बाहेक कुनै पनि सवारीसाधन सन्चालन, पसल खोल्न तथा हिडडुल गर्न निषेध गरिएको छ ।
पछिल्ला केहि दिन यता बुटवलका बिभिन्न स्थानमा गरिएको परिक्षणमा १० जना भन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएपछि बुटवलमा लकडाउन गर्न दवाव बढदै गएको थियो ।
बुटवलमा पछिल्ला केही दिन यता सर्वसाधारणको लापरबाही बढदै गएको थियो भने उद्योगी ब्यवसायीहरु समेतले भारतीय नागरिकहरुलाई लुकिछिपी ल्याएर काममा लगाउने गरेको गुनासो बढेको थियो ।
प्राप्त प्रतिकृयाहरू