एजेन्सी भाद्र ३,
फिजी टोङ्गा टापुमा ८.२ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभागले जनाए अनुसार आइतबार बिहान फिजी मा भूकम्प गएको हो । भूकम्पको तीव्रता ८ दशमलव २ म्याग्निच्युट रेकर्ड भूगर्भ विभागले जनाएको छ ।फिजीको पूर्वी लेभुका भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको क्षतिको विवरण आइसकेको छैन ।जमिनको सतहभन्दा ५५९ किलोमिटर गहिराइमा भूकम्प गएको कारण शक्तिशाली भूकम्प गए पनि सुनामीको खतरा भने नभएको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।
प्राप्त प्रतिकृयाहरू