एजेन्सी । अमेरिकामा संघीय वित्तीय निगरानी गर्ने निकायको प्रमुखका रुपमा प्रारम्भिक सिफारिस गरिएका व्यक्तिको सट्टा एकजना निकट सहयोगीलाई राष्ट्रपति डोनल्ड ट्रम्पले अस्थायी रुपमा नियुक्त गरेपछि विवाद चुलिएको छ।
उक्त ब्यूरोका प्रमुखले राजीनामा दिएपछि उनको उत्तराधिकारीमा सिफारिश गरिएकी एक अधिकारीले राष्ट्रपति ट्रम्पको निर्णय बदर गराउने प्रयास गरेकी छन्। ट्रम्पले नियुक्त गरेका माइक मल्भेनीले कुन्जुमर फाइनान्सियल प्रोटेक्शन ब्यूरोु भनिने उक्त निकायलाई कुनैबेला एउटा बिरामी र दुखद मजाकु भएको भनेर व्यंग्य गरेका थिए।
धेरै रिपब्लिकनहरु उक्त निकायले आफ्नो शक्तिको एकदमै धेरै प्रयोग गर्ने र विभिन्न नियमहरु देखाएर ब्याङ्कहरुलाई बढी नियमन गर्ने गरेको बताउँछन् । राष्ट्रपति ट्रम्पले स्थायी अधिकारी नियुक्त नहुञ्जेल मल्भेनीलाई सो निकाय हेर्ने जिम्मेवारी दिएका छन्।
उक्त निकायबाट बाहिरिएका निर्देशकले आफ्ना उत्तराधिकारीका रुपमा लीयाण्ड्रा इंग्लिशलाई चयन गरेका थिए। लीयाण्ड्राले उक्त विषयलाई अदालतमा लैजाने बताएकी छन्।
प्राप्त प्रतिकृयाहरू