विशेष

राष्ट्रियसभा निर्वाचनकालागि आज निर्वाचन चिह्न प्रदान 

माघ १५ २०७४   ekhabarnepal

  काठमाडौं माघ १५ , निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारलाई सोमबार निर्वाचन चिह्न प्रदान गर्दैछ । निर्वाचन कार्यतालिका अनुसार आयोगले निर्वाचन चिह्न प्रदान गर्न लागेको हो ।दिउँसो ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने र त्यसपछि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको आयोगका प्रवक्ता ...

ओली–दाहाल ४ घण्टा लामो बार्ता : ओलीको एकता रोडम्याप  सही छ, प्रचण्ड

माघ १४ २०७४   .

  काठमाडौं, माघ १४ एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । प्रचण्ड निवास खुमलटारमा भएको बार्ताले आशंका निवारण भएको छ । ओली र दाहालबीच विहान ११ बजेदेखि ललितपुरको मानभवनमा  भएको छलफल झण्डै ३ घण्टा भएको थियो ।  छलफलमा एकताको आवश्यकता र अहिलेसम्म विभिन्न पक्षबाट भएका चलखेल र घटन...

आशंका र विरोधको निश्कर्ष ; छिटै पार्टी एकता हुन्छ

माघ १४ २०७४   ekhabarnepal

काठमाडौं माघ १४ , नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको छलफलले एकअर्काप्रतिका आशंका र एकता विरोधी दुष्प्रचार निवारण भएको निश्कर्ष निकालेका छन् । विहान ११ बजेदेखि ललितपुरको मानभवनमा एकजना व्यवसायीको घरमा भएको दुई नेताबीचको छलफल झण्डै ३ घण्टा लम्बिएको थियो ।स्रोतका अनुसार छलफलमा एकताको आवश्यकता र अहिलेस...

पार्टी एकीकरणका लागि निर्णायक वार्ता शुरु 

माघ १४ २०७४   ekhabarnepal

  काठमाडौं माघ १४, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निर्णायक वार्ता शुरु भएको छ ।दुवै पार्टी एकीकरण र वाम सरकार गठनका विषयमा विभिन्न शंकाहरु उत्पन्न भइरहेको बेला आईतबार बिहान ११ बजेदेखि प्रचण्ड र ओलीबीच प्रचण्ड निवास खुमलटारमा निर्णायक वार्ता शुरु भएको छ। यसका अघिका वार्ता ओली निव...

 प्रदेशको पहिलो संसद् बैठक माघ  २१ मा 

माघ १४ २०७४   .

 बुटवल, माघ १४ |  पाँच नम्बर प्रदेशको पहिलो संसद् बैठक २१ माघमा बस्ने भएको छ । प्रदेश प्रमुख उमाकान्त झाले दिउँसो १ बजेका लागि प्रदेश बैठक आह्वान गरेको जानकारी दिए । बुटवल उद्योग वाणिज्य संघको सभाहलमा प्रदेश सभाको पहिलो बैठक बस्नेछ । बैठक आह्वानको सूचना आइतबार मात्रै प्रकाशित हुने प्रदेशसचिव सनतकुमार दवाडीले बताए । प्रदेश प्रमुख उमाकान्त...

मुख्यमन्त्रीका आकांक्षीहरु (एकपटक पढनुहोस्) 

माघ १३ २०७४   ekhabarnepal

 काठमाडौं माघ १३, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुख्यमन्त्रीसहित प्रदेश मन्त्रिपरिषद् र सभामुख बाँडफाँड टुंगो लगाउन कार्यदललाई निर्देशन दिएका छन् । ओलीनिवास बालकोटमा शुक्रबार बसेको बैठकमा दुवै नेताले कार्यदललाई त्यस्तो निर्देशन दिएका हुन् । प्रदेश ६ मा छलफल केन्द्रित एमालेले चार र माओवादी ...

मुख्यमन्त्री टुंगो लगाउन कार्यदललाई एकिकृत निर्देशन 

माघ १३ २०७४   ekhabarnepal

  काठमाडौं माघ १३,   एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुख्यमन्त्रीसहित प्रदेश मन्त्रिपरिषद् र सभामुख बाँडफाँड टुंगो लगाउन कार्यदललाई निर्देशन दिएका छन् । ओलीनिवास बालकोटमा शुक्रबार बसेको बैठकमा दुवै नेताले कार्यदललाई त्यस्तो निर्देशन दिएका हुन् । बैठकमा एमाले नेता सुवास नेम्वाङ र माओवादी नेता रा...

मुलुकलाई टाट पल्टाउने सरकारको खेल

माघ १२ २०७४   .

डी.आर.घिमिरे यो हप्ता सरकारले गरेका निर्णयले सरकार चरम गैर जिम्मेवार भई प्रस्तुत भएको संकेत गरेको छ । बुधबार साँझ काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका निर्णयमध्ये एउटा, भूकम्पपिडितलाई एक लाख थप गर्ने निर्णय गर्यो । र यो निर्णयवाटे झण्डै ८० अर्ब व्ययभार मुलुकलाई थपिएको छ ।   दोस्रो ७० वर्षको उमेरमा पाउँदै आएको वृद्ध भत्ताको...

 वामपन्थी सरकारले दिन्छ  मधेशको विकास र समृद्धिमा जोड - 'प्रचण्ड'

माघ १२ २०७४   ekhabarnepal

    काठमाडौं माघ १२, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बाम गठबन्धन मधेशलाई सम्बोधन गर्ने कोसिसमा रहेको बताएका छन् । राष्ट्रिय जनता पार्टीको विद्यार्थी संगठनका महासचिव चन्द्र भुषण साहसहितका २ सय जना विद्यार्थी नेताहरुलार्इ पार्टीमा प्रवेश गराउँदै उनले मधेशलाई विकास र समृद्धि चाहिएको र अब बन्ने वामपन्थी सरकारले त्य...

फागुन ५ भित्र प्रदेश सरकार बन्ने निश्चित ; कुन प्रदेशमा कसको मुख्यमन्त्री (पूरा पढनुहोस्)

माघ १२ २०७४   ekhabarnepal

  काठमाडौं माघ १२,   देशमा पहिलो पटक निर्वाचित प्रदेशसभाहरुको पहिलो अधिवेशन धमाधम आह्वान भएसंगै प्रदेश सरकार बन्ने तयारी सुरु भ्एको छ । प्रदेश नम्बर तीनमा प्रदेशसभाको पहिलो अधिवेशन माघ १८ गतेका लागि बस्नेगरी आह्वान भएको छ भने प्रदेश नम्बर दूई र सातमा प्रदेशसभा अधिवेशन माघ २१ गतेका लागि डाकिएका छन् ।अन्य प्रदेशमा पनि माघ तेस्रो सातामा नै प्रद...

भारत नयाँ सरकारलाई पूर्ण सहयोग गर्न तयार छ: राजदूत पुरी

माघ १२ २०७४   .

काठमाडौं, माघ ११ नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले  नेपालमा अब बन्ने सरकारलाई भारत सरकार जस्तोसुकै सहयोग गर्न तयार रहेको स्पष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले भारतको ६९ औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै राजदूत पुरीले भने, ‘नेपाल–भारत सम्बन्ध सुमधुर छ, विशिष्ट छ, द्धिपक्षीय...

भावी प्रधानमन्त्री ओलीको घोषणा : चुनावपछि गरेका बृद्धभत्तादेखि नियुक्तिसम्मका सबै निर्णय खारेज हुन्छ (बिज्ञप्तीसहित)

माघ ११ २०७४   .

काठमाडौं, माघ ११ नेकपा एमालेले सरकारका पछिल्ला कामकारबाहीप्रति गम्भीर आपत्ति जनाउँदै नयाँ सरकार गठनलगत्तै खारेज गर्ने घोषणा गरेको छ ।  बिहीबार एमाले मुख्यालमा पत्रकार सम्मेलन गर्दै कामचलाउ भैसकेको शेरबहादुर देउवा नेतृत्वको सरकारले राज्यशक्ति, राज्यका श्रोत साधनको व्यापक दुरुपयोग गर्दै मुलुकलाई कंकाग बनाउने अभियान चलाएको ठोकुवासहित देउवा सरका...

एक इन्च सिमा पनि मिच्न नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

माघ ११ २०७४   ekhabarnepal

  काठमाडौं माघ ११,  प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको एक इन्च भूमि पनि मिच्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले पर्साको छपकैयाको सीमा अतिक्रमणको संयुक्त स्थलगत रुपमा गरिएको प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री देउवाले सो प्रतिबद्धता व्यक्त गर्नुभएको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस...

 एमालेको आकस्मिक पत्रकार सम्मेलन किन?  कारण यस्तो रहेछ

माघ ११ २०७४   ekhabarnepal

  काठमाडौं माघ ११,  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो ४ बजे आकस्मिक रुपमा पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ । सरकारले गरेका पछिल्ला राजनीतिक निर्णय र अन्य समसामयिक विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको एमाले प्रचार विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । सरकारले हिजो मात्र...

प्रदेश ७ मा गठबन्धनको सरकार ; मुख्यमन्त्री एमालेको कि माओवादीको ?

माघ १० २०७४   ekhabarnepal

  कैलाली माघ १०, सात नम्बर प्रदेशमा कुनै दलले पनि प्रष्ट बहुमत नभएकोले सरकार गठनको लागि कम्तीमा पनि दुई दलीय गठबन्धनको आवश्यकता देखिएको छ ।प्रदेश ७ मा ५३ सदस्यीय प्रदेश सभामा सरकार बनाउन चाहिने २७ सांसद कुनै दलसँग छैनन् । २५ सिट पाएको एमाले २ सिटले बहुमतबाट बञ्चित भएको छ । कांग्रेसले १४, माओवादी केन्द्रले १२ र राष्ट्रिय जनता पार्टीले २ सिट ज...

छिट्टै सीमाङ्कन विवाद टुङगाउनुपर्छ 

माघ १० २०७४   ekhabarnepal

  काठमाडौँ , नेपाल र भारतबीचको सीमा विवाद अन्तर्राष्ट्रिय सीमाङ्कनका आधारमा टुङ्याउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले ‘पर्साको छपकैयामा भारतीय पक्षबाट भएको नेपाली भूमि अतिक्रमण’ सम्बन्धमा स्थलगत अध्ययन गरेपछि तयार पारेको प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा उनीहरुले नेपाल र भारतबीच रहेका सीमा वि...

राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता

माघ १० २०७४   ekhabarnepal

  काठमाडौँ माघ २४,   हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम शुरु भएको छ। निर्वाचन आयोगले उच्च अदालत रहेका विराटनगर, जनकपुर, ललितपुर, पोखरा, दाङ, सुर्खेत र डोटीमा उम्मेदवार मनोनयनका लागि निर्वाचन अधिकृतको कार्यालयहरु यसअघि नै स्थापना गरिसकेको छ। उम्मेदवारी मनोनयन बिहान १० बजेदेखि शुरु भई अपराह्न ४ बजेस...

कुन प्रदेशमा कसको सरकार बस्छ ? (पूरा पढनुहोस्)

माघ १० २०७४   ekhabarnepal

   माघ १०,  निर्वाचन सम्पन्न भएको करिव डेढ महिनापछि बल्लतल्ल प्रदेशसभा सदस्यहरुले माघ ७ गते सपथ लिएका छन् । यससँगै राजनीतिक दलहरु प्रदेश सरकार निर्माणमा जुटेका छन् । मुलुक संघीयतामा गएपछि पहिलो पटक बन्न लागको प्रदेश सरकार निर्माणको तयारीले नागरिकको ध्यान तानेका छ । उनीहरुमा कुन प्रदेशमा कुन राजनीतिक दलको सरकार बन्छ भन्ने कौतुहलता बढ्दै ...

स्थानीय तह सञ्चालनका लागि बने यस्ता ३० कानुन   

माघ ९ २०७४   ekhabarnepal

  काठमाडौँ माघ ९,  संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह सञ्चालनका लागि सघाउ पु-याउने उद्देश्यले ३० वटा नमूना कानून तयार पारेको छ । देशभरिका ७५३ स्थानीय तह सञ्चालनका लागि ३० नमूना कानून तयार पारिएको मन्त्रालयका संघीय मामिला महाशाखाका उपसचिव छवि रिजालले जानकारी दिए । उनले तत्काल स्थानीय तह सञ्चालनका लागि नमूना कानून बनाइएको...

सिलवालविरुद्ध 'डिफ्यूजन नोटिस' जारी; देशभर निगरानी शुरु

माघ ८ २०७४   ekhabarnepal

  काठमाडौँ माघ ८,   सिलवालविरुद्ध विश्वका १९२ देशका प्रहरीले  निगरानी शुरु गरेको छ ।नेपाल प्रहरीका पूर्व नायव महानीरिक्षक (डिआईजी) तथा ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित एमालेका सांसद नवराज सिलवालविरुद्ध प्रहरी प्रधान कार्यालयले डिफ्यूजन नोटिस जारी गरेको छ । डिफ्यूजन नोटिस जारी भएसँगै सिलवाल प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल ‘इन्टरपोल’को मोस...

कुन प्रदेशमा कति मतदाता ? तथ्याङक सहित

माघ ८ २०७४   ekhabarnepal

काठमाडौँ माघ ८,  आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबैभन्दा बढी मतदाता (निर्वाचक मण्डल) प्रदेश नं २ मा र सबैभन्दा कम प्रदेश नं ६ मा रहेका छन्। निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका अनुसार आइतबार सातवटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित गरेको छ ।  आयोगले प्रकाशन गरेको नामावलीअनुसार प्रदेश...

राष्ट्रियसभा उम्मदेवारमा एमालेबाट को-को भए सिफारिस (सूची सहित)

माघ ८ २०७४   ekhabarnepal

काठमाडौं माघ ८,     राष्ट्रियसभाका उम्मेदवार छान्न नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अपरान्ह बस्ने बैठकले राष्ट्रियसभाका लागि प्रदेशबाट सिफारिस भएर आएका उम्मेदवारहरुको बारेमा छलफल गर्ने प्रचार बिभाग प्रमुख योगेश भट्टराईले बताए । माघ १० गते राष्ट्रियसभा सदस्यहरुको उम्मेदवारी मनोनयन गर्नुपर...

शंकर पोखरेल पांच नं. प्रदेशको एमाले संसदीय दलको नेता

माघ ७ २०७४   .

  बुटवल माघ ७ नेकपा एमाले प्रदेशसभा संसदीय दलले शंकर पोखरेललाई प्रदेशसभा संसदीय दलको नेता चयन गरेको छ । आईतबार सम्पन्न नेकपा एमाले पांच नम्बर प्रदेश संसदीय दलको बैठकले  पोखरेललाई संसदीय दलको नेता चुनेको हो ।  एमाले नेता बैजनाथ चौधरीले संसदीय दलको नेताका लागि  पोखरेललाई प्रस्ताव गरेपछि प्रदेशसभा सदस्य लिला गिरीले उक्त प्रस्तावलाई समर्थन गर...

प्रदेश नं ५ का प्रदेश सांसदहरुको सपथ ग्रहण 

माघ ७ २०७४   .

  बुटवल, माघ ७  प्रदेश नम्बर ५ का नवनिर्र्वािचत प्रदेशसभा सदस्यहरुको पद तथा गोपनियताको शपथ ग्रहण सम्पन्न भएको छ । प्रदेश नं ५ को अस्थायी मुकाम बुटवलमा सांसदहरुको सपथ ग्रहण भएको हो । पदबहाल गरेलगत्तै प्रदेश प्रमुख उमाकान्त झांले जेष्ठ सांसद बलदेव शर्मा पोखरेललाई पद तथा गोपनियताको सपथ ग्रहण गराएपछि बांकी सांसदलाई पोखरेलले गराएका थिए । प्रतिन...

प्रदेश सरकार कहिले बन्छ? यस्तो रहेछ प्राबधान

माघ ७ २०७४   ekhabarnepal

  काठमाडौं माघ ७ , सातै प्रदेशका निर्वाचित प्रदेशसभाका सदस्यहरुले आईतबार पद तथा गोपनियताको शपथ ग्रहण गरेसँगै प्रदेश सरकार गठनका लागि बाटो खुल्ला भएको छ ।नेपालको संवैधानिक व्यवस्थ अनुसार प्रदेश प्रमुखले प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र प्रदेशको मुख्यमन्त्री नियुत्त गर्नुपर्नेछ । प्रदेशसभामा बहुमत प्राप्त संसदिय...

प्रदेश नम्बर ५ मा सपथ ग्रहण समारोह सम्पन्न ; दुई सांसद अनुपस्थित

माघ ७ २०७४   ekhabarnepal

माघ ७, प्रदेश नम्बर ५ मा पनि प्रदेशसभा सदस्यको सपथ ग्रहण सम्पन्न भएको छ। ८७ जनामध्ये ८५ जना सांसदले सपथ लिएका छन्।  एमाले र राजपाका दुई सांसद सपथ ग्रहणमा उपस्थित भएनन्। एमालेकी सांसद जालपा भुषाल र राजपाकी विन पन्त अनुपस्थित भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। पन्त रुपन्देही तथा भुषाल अर्घाखाँचीकी सांसद हुन्।  प्रदेश प्रमुख उमाकान्...

पार्टी संयोजन समितिको बैठक ओली निवास बालकोटमा बस्दै

माघ ७ २०७४   ekhabarnepal

काठमाडौं माघ ७, आज आइतबार बाम गठबन्धनको पार्टी एकता संयोजन समितिको बैठक बस्दै छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो ३ बैठक बस्नेछ । बैठकले पार्टी एकता टुंगो लगाउनका लागि कार्यदल गठन गर्ने तयारी गरेको नेताहरूले बताएका छन् । राष्ट्रियसभा चुनावको तयारीका लागि कार्यदल गठन गरेका दुई दलले अब बैचारिक र सांगठनिक विषय टुंगो लगाउन...

 प्रदेश न. २ को सपथ समारोहमै देखियो भाषिय बिभेद !

माघ ७ २०७४   ekhabarnepal

जनकपुर माघ ७,    प्रदेश २ का प्रदेशसभा सदस्यहरुको सपथमा भाषालाई लिएर विवादमा भएको छ । जनकपुरस्थित उद्योग वाणिज्य संघको हलमा सपथ कार्यक्रम थियो । प्रदेश प्रमुख रत्नेश्वरलाल कायश्थबाट जेष्ठ सदस्य लगनलाल चौधरीले नेपाली भाषामा सपथ लिए । एमालेका चौधरी सिरहा १ क बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।तर, प्रदेशसभा सदस्यहरुले नेपाली भाषामा सपथ लिँदै...

 प्रदेश ३ मा सांसदहरुको सपथ ग्रहण समारोह सम्पन्न

माघ ७ २०७४   ekhabarnepal

माघ ७,  प्रदेश ३ का प्रदेश सांसदहरुको सपथ ग्रहण समारोह सम्पन्न भएको छ ।सुरुमा प्रदेश प्रमुख अनुराधा कोइरालाले ज्येष्ठ सदस्य डोरमणि पौडेललाई क्षेत्रीय प्रशासन कार्यालयमा सपथ ग्रहण गराएकी थिइन् ।  त्यसपछि पौडेलले प्रदेशसभा सदस्यहरुलाई  शिक्षा निर्देशनालयको हलमा सपथ ग्रहण गराएका थिए । सपथ ग्रहण समारोहमा कतिपय सांसदहरु आफ्नो मौलिक भेषभुषामा सज...

भोलि आइतबार बुटवल उद्योग वाणिज्य संघको भवनमा सांसदहरुको शपथ ग्रहण 

माघ ६ २०७४   ekhabarnepal

बुटवल माघ ६,  प्रदेश नम्बर ५ का सांसदहरुको शपथ ग्रहण भोलि (आइतबार) हुने भएको छ । शपथ ग्रहण बुटवल उद्योग वाणिज्य संघको भवनमा हुनेछ । प्रदेश प्रमुख उमाकान्त झाले आफ्नो शपथ ग्रहणलगत्तै प्रदेश सांसदको शपथ ग्रहणको समय तोकेका हुन् । आइतबार बिहान ११ बजेका लागि शपथ ग्रहण कार्यक्रम तय भएको झाले बताए । झाले भने, ‘मैले पदभार ग्रहण गरेलगत्तै समयमै (११ ब...

 नवनियुक्त प्रदेश प्रमुखको सुरक्षा प्रबन्ध कस्तो छ त? बुझनुहोस !

माघ ६ २०७४   ekhabarnepal

काठमाडौं माघ ६,  नवनियुक्त प्रदेश प्रमुखले हाललाई मन्त्रीको सुरक्षा पाउने भएका छन् । सरकारले प्रदेश प्रमुखको बरियता टुंग्याउन नसकेका कारण अहिलेलाई मन्त्रीसरहको सुरक्षा दिन लागिएको गृहमन्त्रालयले जनाएको छ ।  प्रदेश प्रमुखको सुरक्षामा नेपाल प्रहरी र नेपाली सेना खटिनेछन् । सुरक्षामा सशस्त्र प्रहरीका सुरक्षाकर्मी भने हाललाई खटाइएको छैन । प्रदे...

आज शनिबार पार्टी एकताबारे अन्तिम छलफल हुँदै

माघ ६ २०७४   ekhabarnepal

काठमाण्डौ माघ ६ , पार्टी एकतालाई अन्तिम रुप दिने गृहकार्यमा जुटेका एमाले र माओवादी केन्द्रबिच आज शनिबार पनि छलफल हुँदैछ । शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिचको भेटवार्तामा पार्टी एकतालाई छिटै टुंगोमा पुर्याउने सहमति भए अनुरुप आज थप छलफल हुन लागेको हो । आइतबार पार्टी एकता समन्वय समितिक...

यी फलफूलका औषधीय गुण 

माघ ६ २०७४   .

काठमाण्डौ,माघ ६  वासुदेव भट्टराई बीबीसी हामीले दैनिकरुपमा विभिन्न प्रकारका फलफूल उपभोग गर्छौं। फलफूल हाम्रो खानाको एक प्रमुख हिस्सा बनिसकेको छ। विभिन्न किसिमका फलफूलमा बेग्लाबेग्लै स्वाद र बेग्लाबेग्लै पोषण तत्व पाइने गर्छ। फलफूलमा मानिसलाई चाहिने भिटामिन र खनिज पदार्थ धेरै मात्रामा पाइन्छ। तर, फलफूलमा पौष्टिक गुणका साथै औषधीय गुणहरु पनि...

 क्यान्सर औषधि दुई हजार प्रतिशतभन्दा बढी 

माघ ६ २०७४   .

बीबीसी काठमाण्डौ,माघ ६ विकसित देशको तुलनामा क्यान्सरको पहिचान र उपचार नेपालमा कम खर्चिलो हुने बताइएपनि कतिपय औषधि लागत मूल्य भन्दा २००० प्रतिशत बढी मूल्यमा बिक्री भइरहेको अनुगमनका क्रममा भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अधिकारीका अनुसार क्यान्सर उपचारमा प्रयोग हुने औषधिको विक्रीमा मनोमानी भएका कारण सर्वसाधारणले खर्च थ...

यी सात खानेकुरा खान सुरु गर्नुहोस्, आफै घट्छ पेटको बोसो

माघ ५ २०७४   एजेन्सी

यदि तपाईं बजारमा पाइने कुनै पनि औषधी वा तौल घटाउने उत्पादनको प्रयोग गरेर पेटको बोसो घटाउँछु भन्ने सोच बनाउनु भएको छ भने यी कुराको सेवनले तपाईंको स्वास्थ्यमा नकारात्मक असर पुर्याउन सक्छ । बजारमा पाइने धेरैजसो उत्पादनमा केमिकलको प्रयोग गरिएको हुन्छ जसले तपाईंको शरिरलाई फाइदाभन्दा बढि बेफाइदा पुर्याएको हुन्छ । यस्तोमा तपाईं बढिरहेको बोसोलाई घटाउनका...

प्रदेश राजधानीको तरंग : उत्तेजक वातावरणले भलो गर्दैन 

माघ ५ २०७४   .

डी.आर.घिमिरे प्रदेशको राजधानी तोकेपछि कतिपय प्रदेशमा सहमति विमति हुनु  स्वभाविक हो । क्रिया प्रतिक्रिया हुनु स्वभाविक हो । पक्ष विपक्षमा औपचारिक अनौपचारिक छलफल हुनु स्वभाविक हो । तर्क वितर्क हुनु पनि स्वभाविक हो । तर अहिले जसरी एउटाको जित र अर्काको पराजयका रुपमा लिइएको छ , प्रतिष्ठा तथा अस्तित्वको लडाईका रुपमा लिइएको छ, शान्तिपूर्ण प्रदर्शनला...

राष्ट्रियसभामा एमालेवाट   सिफारिस नामहरु 

माघ ५ २०७४   .

युवा नेता खिमलाल भट्टराई र ठाकुर गैरे पनि  सिफारिस काठमाडौं, माघ ५ । नेकपा एमालेका विभिन्न प्रदेश कमिटीहरुले राष्ट्रियसभाका उम्मेदवारको नाम सिफारिस गरेका छन् । राष्टियसभाका ५६ सिटमध्ये वामपन्थी गठबन्धनले ४३ सिटमा जित्ने दाबी गरेको छ, जसमध्ये एमालेको भोटमा २९ सिट परेको छ । प्रदेश १ र ६ बाहेक अन्य प्रदेश कमिटीले सम्भावित उम्मेदवारहरुको न...

 नारायणगढ मुग्लिन सडक दिउँसो ६ घण्टा बन्द

माघ ५ २०७४   .

   चितवन, माघ ५ । निर्माणाधीन नारायणगढ मुग्लिन सडक खण्ड माघ १३ गतेदेखि दिउँसो दिउँसो ६ घण्टाbबन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको ठेकेदारका प्रतिनिधि, आयोजनाका अधिकारीसहितको बैठकले माघ विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म बन्द गर्ने निर्णय गरेको हो । अहिले सो सडकखण्ड राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द गरिएको छ । रा...

प्रदेससभा समानुपातिकतर्फ विजयी उम्मेदवारको नामावली सार्वजानिक (नाम सहित)

माघ ४ २०७४   ekhabarnepal

काठमाडौँ माघ ४, निर्वाचन आयोगले गत मङ्सिर १० र २१ गते सम्पन्न प्रदेससभा सदस्य निर्वाचनको समानुपातिकतर्फको विजयी उम्मेदवारको नामावली बिहीबार सार्वजानिक गरेको छ ।आयोगका अनुसार सार्वजानिक विजयी उम्मेदवारको नामावली यसप्रकारका रहेको छ । प्रदेश नं १  नेकपा एमाले प्राप्त सीट संख्या : १५ १ वीनादेवी राई २ सावित्री जोशी ३ उषाकला राई ४ कृष्णकु...

सरकारले तोकेको राजधानी र प्रदेश प्रमुख नियुक्तमा हाम्रो सहमति छैन : केपी ओली

माघ ४ २०७४   ekhabarnepal

काठमाडौं माघ ४, बैंककमा स्वास्थ्य परीक्षण गरेर आज बिहीबार स्वदेश फर्किएका ओलीले आफ्नो स्वास्थ्य ठीक रहेको बताएका छन्। बैंककमा स्वास्थ्य परीक्षण गरेर स्वदेश फर्किएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले तोकेका प्रदेश प्रमुख र अस्थायी राजधानीमा आफूहरुको सहमति नरहेको बताएका छन् । उनले सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न सरका...

प्रदेश प्रमुखको तलब कति ?अनि सुविधा के -के बुझनुहोस्

माघ ४ २०७४   ekhabarnepal

काठमाडौँ माघ ४,  नेपाल संघीय संरचनामा जाँदैछ र चाँडै नै प्रदेश प्रमुखको नियुक्त हुने तयारी हुदैछ  ।मन्त्रिपरिषले प्रदेश प्रमुखको तलब तथा भत्ता एबं अन्य सुबीधा तोके अनुसार प्रदेश प्रमुखले मासिक १ लाख २२ हजार रुपैयाँ पाउने छन् । प्रदेश प्रमुखमा कांग्रेस र मधेसवादी दलले भागवण्डा गरेका हुन् । कांग्रेसको सिफारिसका आधारमा प्रदेश १ मा गोविन्द सुब...

धनकुटामा आन्दोलन चर्किए सँगै प्रशासन कार्यालयमा आगजनी

माघ ४ २०७४   ekhabarnepal

काठमाडौं , सरकारले प्रदेश नं. १ को अस्थायी मुकाम विराटनगरलाई तोकेपछि धनकुटामा बुधबार साँझदेखि नै आन्दोलन चर्किएको छ । आन्दोलनकारीले बिहिबार क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी गरेका छन् ।  आगजनीबाट कार्यालयको एउटा कोठामा रहेका कम्युटर, प्रिन्टर तथा कागजातहरुमा क्षति पुगेको धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए । प्रजिअ उ...

तोकियो प्रदेशको राजधानी;कतै दीपावलीको खुशि भने कतै आन्दोलन चर्कियो

माघ ४ २०७४   ekhabarnepal

काठमाडौं माघ ४,  बुधबार सरकारले सात प्रदेशको अस्थायी राजधानी तोकेपछि कतै खुशियालीमा दीपावली भएको छ भने कतै दुखिहुदै आन्दोलन चर्किएको छ।बुधबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले सातै प्रदेशको अस्थायी राजधानीको टुंगो लगाएको हो । प्रदेश १ को राजधानी विराटनगर तोकिएपछि त्यहाँ दीपावली भएको छ भने धनकुटामा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाइएको...

प्रदेश प्रमुख: पूर्वमन्त्रीदेखि प्राध्यापकसम्म

माघ ३ २०७४   .

   काठमाडौं माघ ३   लामो प्रतीक्षापछि मन्त्री परिषदको बुधबार अपरान्ह बसेको बैठकले ७ वटै प्रदेशका प्रदेश प्रमुखहरु चयन गरेको छ। नियुक्त गरिएका प्रदेश प्रमुखहरुमा प्रदेश- १ मा प्राध्यापक गोबिन्द सुब्बा, प्रदेश- २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश-३ मा अनुराधा कोइराला, प्रदेश-४ मा बाबुराम कुँवर, प्रदेश-५ मा उमाकान्त झा, प्रदेश-६ मा दुर्गाकेशर खना...

प्रदेश नम्बर ५ को राजधानी तोकियो रुपन्देही

माघ ३ २०७४   ekhabarnepal

काठमाडौँ माघ ३ ,   बुधबार दिउँसो बसेको प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा  मन्त्रिपरिषद बैठकले प्रदेशहरुको अस्थायी मुकाम तोकेको कानुनमन्त्री यज्ञबहादुर थापाले  जानकारी दिए।सरकारले सातवटै प्रदेशको अस्थायी मुकाम तोकेको छ । जस अनुसार प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर...

एमाले- माओवादी बिच यसरी गरियो ४३ सिटको भागवण्डा

माघ ३ २०७४   ekhabarnepal

काठमाडौँ माघ ३ ,   1.एमालेले २९ सिट  2. माओवादीले १४ सिट एमाले माओवादी संयुक्त कार्यदलले राष्ट्रियसभाका ४३ सिटमा दुई पार्टीवीचको भागवण्डा मिलाएको छ । एमालेले २९ र माओवादीले १४ सिट पाउने गरी भागवण्डा मिलेको हो । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बुधबार बसेको बैठकले दुई दलबीच सिटहरुको भागवण्डा गरेको हो । कार्यदलले ४३ सिटमा कु...

मन्त्रिपरिषद्को विवादस्पद बैठक पुनः दिउँसो ३ बजे बस्नेछ

माघ ३ २०७४   ekhabarnepal

काठमाडौँ माघ ३ , प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी केन्द्र तोक्नका लागि बसेको मन्त्रिपरिषद् बैठकले थप छलफल गर्ने भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी केन्द्र तोक्ने बारेमा छलफल गरेपनि कुनै निर्णय हुन सकेन ।  बैठकमा थप परामर्श गर्नुपर्ने सुझाव आएपछ...

आज लाग्यो टुङगो, कुन प्रदेशको प्रमुख को ? हेर्नुहोस्

माघ ३ २०७४   ekhabarnepal

 काठमाडौं माघ  ३, नयां जनादेश अनुसार सत्ता हस्तान्तरणमा ढिलाई गरिरहेको सत्तारुढ दल नेपाली कांग्रेसभित्रै असन्तुष्टी बढेपछि सरकार प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्न तयार भएको छ ।आज बस्ने मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख र प्रदेश अस्थायी केन्द्र तोक्ने भएको छ। सरकारका रहेका दल र तिनैका मन्त्रीहरुबीच प्रदेश प्रमुख र अस्थायी केन्द्रबारे सह...

सर्वोच्चको फैसला ः दीपक मनाङ्गेलाई ५ वर्ष जेल

माघ ३ २०७४   .

काठमाडौं , माघ २ । सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय गर्ने फैसला सदर गरेको छ । डन दीपक मनाङ्गे प्रदेशसभा चुनावमा मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य विजयी भएका छन् । एमालेले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए ।   तर, प्रदेशसभा सदस्यको सपथ नलिँदै उनी ज्यानमुद्दामा दोषी ठहर भएका छन् र उनको पद गएको छ ...

किन गरियो आजको मन्त्रिपरिषद्को बैठक स्थगित ? यस्तो रहेछ विवाद

माघ २ २०७४   ekhabarnepal

काठमाडौं माघ २ ,  प्रदेश नम्बर ५ र ७ को मुकामको विषयमा विवाद देखिएपछि आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक पनि स्थगित भएको छ ।प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख नियुक्तिका विषयमा सत्तारुढ दलकै नेताबीच नै कुरा नमिलेका कारण बैठक स्थगित भएको स्रोतले जानकारी दिएको छ । यसअघि अपरान्ह साढे ४ बजेका लागि बैठक बोलाइएको अहिले स्थगित गरिएको भौतिक ...
To Top