विशेष

 नेपाल छिर्‍यो सलह, कृषि मन्त्रालयको आकस्मिक बैठक

असार १३ 2077   ekhabarnepal

काठमाडौं, असार १३ भारत हुँदै सलहको एउटा बथान नेपाल छिरेको छ। बारा र सर्लाही जिल्लामा सलहको एक झुण्ड देखिएको कृषि मन्त्रालय स्रोतले जनाएको छ। भारतको बिहार हुँदै सलहको समूह नेपाल प्रवेश गरेको हो। सलह नेपाल प्रवेश गरेसँगै यसले पुर्याउन सक्ने क्षति न्यूनिकरण गर्ने विषयमा छलफल गर्न कृषि मन्त्रालयले आज शनिबार आकस्मिक रुपमा बैठक बोलाएको छ। ‘कृषि...

नेपाल चीन सीमा विवाद  ः विषयान्तर गर्ने प्रयास 

असार १३ 2077   ekhabarnepal

रतन भण्डारी यतिबेला नेपाल चीनबीच सीमा विवाद रहेको भन्दै लिम्पियाधुरा सीमा अतिक्रमणलाई विषयान्तर गर्ने प्रयास भएको छ । "सीमासम्बन्धी प्रमाण खोज्ने सरकारी समिति"का सदस्य रमेश ढुंगेल नै २०१७ सालसम्म नेपालकै रहेको गोरखाको रुई र तेघागाउँ विना सम्झौता फँसेर तिब्बततिर परेको भन्दै बोलिरहेका छन् । नेपाल चीनबीच बिगतमा भएका सीमा सन्धि सम्झौताको अध्ययन न...

२४ घण्टामा  ४३४ संक्रमित थपिए, संक्रमितको संख्या ११ हजार १६२ पुग्यो

असार ११ 2077   ekhabarnepal

काठमाडौं,असार ११ । नेपालमा पछिल्लो २४ घण्टामा ४३४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। देशका २२ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ती संक्रमित थपिएका हुन्। योसहित नेपालमा संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ। संक्रमितमध्ये दुई हजार ६५० जना संक्रमणमुक्त भएका छन् भने अहिलेसम्म २६ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

चट्याङ लागेर सातको मृत्यु, तीन घाइते

असार ११ 2077   ekhabarnepal

राजविराज, असार ११ गते । सप्तरीमा बिहीबार बिहान छुट्टाछुट्टै ठाउँमा चट्याङ लागेर चार जनाको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङमा परेर जिल्लाको महदेवा गाउँपालिकामा दुई जना, राजगढ गाउँपालिकामा एक जना र डाक्नेश्वरी नगरपालिकामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । चट्...

सैनामैनाको बजेट पौने ७१ करोड, बिदेशबाट फर्केका युवालाई नगरपालिकाले रोजगारी दिने

असार १० 2077   ekhabarnepal

  बुटवल ,असार १० । रुपन्देहीको सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि ७० करोड ८३ लाख ७७ हजार ५ सय ४६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख बिना रानाले बुधबार नगर सभामा उक्त बजेट सार्वजनिक गरेकी हुन् । उप प्रमुख रानाले प्रस्तसत गरेकी बजेट अनुसार कुल विनियोजित बजेटमध्ये चालू खर्चमा तलब, भत्ता तथा अन्य सुविधा, कार्य...

बुटवल उपमहानगरको बजेट दुई अर्ब एक करोड, तिलोत्तमा नगरको  १ अर्ब ८९ करोड २६ लाख

असार १० 2077   ekhabarnepal

बुटवल, असार १० । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ का लागि दुई अर्ब एक करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । जस्मा चालुतर्फ एक अर्ब १२ करोड अर्थात् करिब ५९ प्रतिशत र पुँजीगततर्फ ७७ करोड ९८ लाख अर्थात् ४१ प्रतिशत बजेट विनियोजन भएको छ । यो गत आवको भन्दा झण्डै ११ करोड बराबरले बढि हो । संघ तथा प्रदेश सरकारवाट प्राप्त हुने सशर्त अनुद...

 कोरोना संक्रमितको संख्या १० हजार ७२८ , २४ घण्टामा ६२९ संक्रमित 

असार १० 2077   ekhabarnepal

   काठमाडौं, असार १० नेपालमा पछिल्लो २४ घण्टामा थप ६२९ जनामा कोरोना संक्रमित पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मनत्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ६२९ जनामा कोरोना पुष्टि भएको बताए। पछिल्लो २४ घण्टामा ६ हजार ८२८ आरटीपीसीआर परीक्षण गरिएकोमा ६२९ जनामा कोरोना पुष्टि भएको हो। संक्रमितमध...

पाल्पामा मौरीपालन प्रबर्द्धन कार्यक्रम

असार १० 2077   ekhabarnepal

- रासस रामपुर,असार १०  । पाल्पामा मौरीपालन व्यवसायलाई पकेट क्षेत्र तोकेर यसको विस्तार र प्रवद्र्धन कार्यक्रम लागू गरिएको छ ।  कृषि ज्ञान केन्द्रले पकेट क्षेत्र विस्तार गर्न मौरीपालक कृषकलाई अनुदान कार्यक्रम ल्याएको छ । जिल्लामा गत वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत मौरी पकेट क्षेत्र विस्तार गरी कार्यक्रम सञ्चालनमा आएको छ ।...

कोरोनाविरुद्धको औषधि बनाएको बाबा रामदेवको दाबी

असार ९ 2077   ekhabarnepal

नयाँ दिल्ली,असार ९ । बाबा रामदेवको कम्पनी पतञ्‍जलि आयुर्वेदले कोरोना भाइरसको औषधि बनाएको दाबी गरेको छ । बाबा रामदेवको कम्पनीले बनाएको यस औषधिको नाम 'कोरोनिल' राखिएको छ । यो औषधि विभिन्‍न जडिबुटीबाट बनाइएको बताइएको  छ । यस औषधिलाई २८० कोरोना संक्रमितमा परीक्षण गरिएको बताइएको छ ।  यस औषधिले पार्ने असर अथवा संक्रमण ठिक भएको भन्‍ने विषयमा कुनै अन्...

कोरोना संक्रमण १००९९, २४ घण्टामा ५ सय ३८ जनामा  कोरोना संक्रमण, निधन २४ 

असार ९ 2077   ekhabarnepal

काठमाडौँ,असार ९,  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ५ सय ३८ जनामा कोरोनाको संक्रमण भेटिएको जनाएको छ । मंगलवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ सय ३८ संक्रमित थपिएको बताएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १० हजार ९९ पुगेको छ । डाक...

वैज्ञानिक वन ब्यवस्थापनको औचित्यमाथि प्रश्न

असार ९ 2077   ekhabarnepal

डी.आर. घिमिरे  वैज्ञानिक वन ब्यवस्थापनको उपयोगितावारे अहिले देशैभरी वहस शुरु भएको छ । वैज्ञानिक वनका नाममा अन्धाधुन्ध रुख कटानी गरिएपछि सरकार र संसदको सार्वजनिक लेखा समितिले अलग अलग छानविन समिति वनाएका छन् भने यता बुटवलको शिवनगर सामुदायिक वन उपभोक्ता समुह छानविनको दायरामा रहेको वैज्ञानिक वनमा प्रवेश गर्न खोज्दैछ । उपभोक्ताहरुले वषौं लगाएर वँचा...

  प्रदेश १, २, गण्डकी र प्रदेश नम्बर ५ का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना 

असार ९ 2077   ekhabarnepal

बुटवल, असार ९ केही दिनदेखि जारी वर्षा अझै तीन दिनसम्म नरोकिने अनुमान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज मंगलबार बिहान पनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले विशेषगरी पूर्वी तराई तथा सुदूरपश्चिमका केही स्थानमा वर्षा भइरहेको छ। महाशाखाले मंगलबार बिहान प्रकाशन गरेको...

बुटवलको नीति कार्यक्रममा   स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षालाई प्राथमिकतामा 

असार ९ 2077   ekhabarnepal

बुटवल, असार ८ । बुटवल उपमहानगरले नागरिकको जीवन रक्षा नै पहिलो कर्यभार मान्दै स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षालाई प्राथमिकतामा राखेर आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । यसका साथै बृहत बुटवल, शहरी भौतिक पूर्वाधार, पर्यटन, कृषि र उद्योग–व्यापारलाई समेत उच्च प्राथमिकतामा राख्दै बुटवलको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।  उपमहानगर...

पर्यटन व्यवसाय सञ्चालनका लागि बनाइयो कार्यविधि

असार ८ 2077   ekhabarnepal

काठमाडौं,असार ८। कोभिड–१९ महामारीपछि मुलुकको पर्यटन क्षेत्रलाई कसरी सुरक्षा सतर्कता अपनाएर सेवा सञ्चालन गर्ने भन्नेबारे पर्यटन व्यवसाय सञ्चालन कार्यविधि ‘अपरेसनल गाइडलाइन विथ हेल्थ प्रोटोकल फर टुरिज्म’ बनाइएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको अगुवाइ तथा निजी क्षेत्रसँगको सहकार्यमा उक्त कार्यविधि तयार पारिए...

गुडिरहेको कार पहिरोले पुर्दा पाल्पामा दुईजनाको मृत्यु

असार ८ 2077   ekhabarnepal

तानसेन, असार ८ पाल्पामा पहिरोले गुडिरहेको कार पुरिँदा दुईजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। तानसेन नगरपालिका वडा नं. ११, सम्मोबारीमा भीषण वर्षासँगै आएको पहिरोले कार पुरेको हो। सडकमा गुडिरहेका पानी ट्यांकर, ट्रक र पिकअप जिप तल खसेको र कार बाटोमै पुरिएको प्रहरीले जनाएको छ। अहिले उक्त स्थानमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीक...

त्रिनगर नाकाबाट भित्रिए ८३ हजार नेपाली 

असार ७ 2077   ekhabarnepal

कैलाली,असार ७,   कैलालीको त्रिनगर भन्सार सिमाना भई भित्रिने नेपालीको उद्धार कार्य अहिले पनि जारी छ। कोरोना भाइरस सन्त्रासका कारण भारतका विभिन्न शहरबाट नेपाली नागरिक त्रिनगर नाका हुँदै भित्रिने क्रम रोकिएको छैन।  उक्त नाकाबाट हालसम्म ८३ हजार २० जना नेपाली स्वदेश भित्रिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।...

खण्डग्रास सूर्यग्रहण आज

असार ७ 2077   ekhabarnepal

काठमाडौँ, असार ७ गते । आइतबार बिहान १० बजेर ५४ मिनेटदेखि खण्डग्रास सूर्यग्रहण लाग्नेछ । मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने छ । काठमाडौँमा बिहान १० बजेर ५४ मिनेट, पोखरामा बिहान १० बजेर ५२ मिनेट, महेन्द्रनगर कञ्चनपुरमा बिहान १० बजेर ५४ मिनेट, जनकपुरमा बिहान १० बजेर ५६ मिनेट र भद्रपुर झापामा बिहान ११ बजेर ५२ म...

विवाहलाई एक वर्ष पछि सार्दै इटालीका अधिकांश युवा

असार ६ 2077   ekhabarnepal

रासस / सिन्ह्वा  रोम, असार ६ गते । कोरोना भाइरस महामारी नभएको भए यसै वर्षको जुन ९ मा आफ्नो केटा साथी सोनी कासिमिरीसँग विवाह गर्ने सोँच बनाएकी इटालीकी इलारिया कपुक्सिनोले आफ्नो विवाहलाई एक वर्ष पछि सार्ने विचार गर्नुभएको छ । इटालीमा कोरोनाभाइरसकोे महामारीसँगै आफूहरूले विवाहलाई एक वर्ष पछि गर्ने निष्कर्षमा पुगेको कपुसिओनीले बताउनुभयो । “हामी ...

दुर्गाखोलाको पुल वगाउँदा क्षति

असार ६ 2077   ekhabarnepal

सन्धिखर्क, असार ६ हिजो देखि परेको अबिरल बर्षाका कारण अर्घाखाँचीको  पाणिनि गाउपालिकाको  दुर्गाखोलामा निर्माणाधीन पुलको क्षति भएको छ ।  सालझन्डि सन्धिखर्क ढोरपाटन सडक अन्तरगत दुर्गाखोलामा निर्माण हुन लागेको पुलमा बाढि आएपछि सामानहरु खोलाले बगाएर लैजादा लाखौंको क्षति भएको छ । पुलको काम गर्ने जिम्मेवारी पाएको अर्घाखाँची पुस्पाजेभि का सञ्चालक नार...

अर्घाखाँचीमा पहिरोले घरगोठ पुर्यो, घरपालुवा जनावरसहित १५ लाखको क्षति 

असार ६ 2077   ekhabarnepal

सन्धिखर्क, असार ६  रातीदेखि आएको अविरल वर्षाले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वार्ड नं. ६ नरपानीमा गएको पहिरोले घरगोठ भत्काउँदा भैंसी, वाख्रा र नगदसहित १५ लाखभन्दा बढीको क्षति भएको छ ।  नरपानीको जगत निवासी थानबहादुर महत्राको घरगोठ पहिरोले बगाउँदा गोठमा रहेको एउटा लैनो भैंसी दुइवटा बाख्रा, दुई वटा खसी र कोठामा रहेको २ लाख नगद , ८ तोला सुन, ...

 विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने नेकपाको निर्णय 

असार ६ 2077   ekhabarnepal

काठमाडौं,६ गते  । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने निर्णय गरेको छ ।

के खाने, के नखाने ?

असार ६ 2077   ekhabarnepal

डा. बीपी तिमिल्सिना आयुर्वेद भनेको सर्वसम्मत, सर्वप्राचीन, वैज्ञानिक एवं सर्वाङ्गपूर्ण चिकित्सा हो । यो जीवनविज्ञान भएको हुँदा यसका दुईटा उद्देश्य छन् । एउटा, जसरी पनि रोगीलाई निरोगी कसरी बनाउने भन्नेमा यसले ध्यानाकर्षण गर्छ । अर्को, रोगी व्यक्ति हुनबाट कसरी बचाउने, निरोगीलाई यथास्थानमा कसरी राख्ने भन्नेबारे यो विज्ञानले गहिरोसँग अध्ययन गरेको...

राति १० बजेदेखि पैदल हिँड्न रोक,संक्रमित  क्षेत्र प्रदेशले नै सिल गर्न सक्ने

असार ५ 2077   ekhabarnepal

  काठमाडौं, असार ५ सरकारले लकडाउनलाई व्यवस्थित बनाउनका लागि भन्दै अत्यावश्यक कामबाहेक सर्वसाधरणलाई राति हिँड्न समेत रोक लगाएको छ। गृह मन्त्रालयले शुक्रबार जारी गरेको ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ मार्फत् अत्यावश्यक कामबाहेक राति पैदल हिँड्न समेत रोक लगाएको हो। सो सुरक्षा मापदण्डअनुसार राति १० बजेदेखि बिहान...

कित्ताकाट खुकुलो पार्न अख्तियारले दियो १० बूँदे निर्देशन

असार ५ 2077   ekhabarnepal

काठमाडौँ,असार ५ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाको कित्ताकाटलाई सहज बनाउन सरकारलाई १० बूँदे निर्देशन निर्देशन दिएको छ। आयोगले शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिँदै वर्षमा एकपटक मात्र कित्ताकाट गर्न पाउने निर्णय खारेज गर्न भनेको छ। आयोगले जग्गाको खण्डिकरण रोक्न वर्षमा एकपटक मात्र कित्ता काट्न ग...

प्राकृतिक चिकित्सा  विधिबाट कोरोना संक्रमितको उपचार   

असार ५ 2077   ekhabarnepal

रासस  नवलपुर, असार ५ नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को देवचुली नगरपालिकामा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयले प्राकृतिक चिकित्सा विधिबाट कोरोना संक्रमितको उपचार गरिरहेको छ। जिल्लाकै पहिलो कोरोना अस्पतालका रूपमा सेवा प्रदान गरेको चिकित्सालयले नेपालमै पहिलोपटक प्राकृतिक चिकित्सा विधिबाट कोरोना संक्रमितको उपचार थालेको हो। हाल अस्पतालम...

बन्दाबन्दीमा ६ अर्बको औषधि आयात

असार ५ 2077   ekhabarnepal

काठमाडौँ, असार ५, गते । गत चैत ११ गतेदेखि जारी बन्दाबन्दीको अवधिमा रु छ अर्ब बराबरको औषधि आयात भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो अवधिमा रु पाँच अर्ब ९० करोड ९६ लाख १० हजार बराबरको तयारी औषधि र कच्चा पदार्थको आयात भएको हो । सो अवधिमा रु चार अर्ब ५७ करोड २९ ला ९३ हजार बराबरको तयारी औषधि र रु ...

मानवजातीले उपयोग गर्न नसकेको अद्भूत मानव मस्तिष्क 

असार ४ 2077   ekhabarnepal

वलवहादुर आचार्य मानव शरिर एउटा अत्यन्त उन्नत स्तरको स्वचालित मेसिन हो । मानिसको शरिरमा विभिन्न प्रकार अंगहरु छन तीनिहरुले आफनो किसिमले काम गरीरहेका छन् र एक अकोसंग सम्वन्धित पनि छन् । सामन्यतया हाम्रो शरिरका कुनै अंगमा केहि खरावी आउदा हाम्रो शरिरले संकेतका रुपमा ज्वरो वा कुनै दुखाई लगायतका संकेत गर्दछ र हामी विरामी भयौ भन्दै चिकित्सकोमा जान्छौ ...

टन्सिल चाँडै निको बनाउने   घरेलु उपाय

असार ४ 2077   ekhabarnepal

काठमाडाैंअसार ३,  टन्सिल मासिनलाई लागिरहने मध्येको एउटा रोग हो । यसले धेरैलाई सताउने गरेको छ । मौसममा आउने परिवर्तन, चिसो तातो खाना आदिका कारण टन्सिल हुने गर्छ । टन्सिल भएसँगै खान र पिउन निकै समस्या हुन जान्छ । तसर्थ हामी आज टन्सिलको घरायसी उपचार बारे जानकारी दिने प्रयास गर्ने छौं । किन हुन्छ टन्सिल ? हाम्रो जिब्रोको ठीक पछाडि बदाम आकारको...

कोरोना  संक्रमित ७८४८, निधन २२, छ सय ७१ जना २४ घण्टामै नयाँ संक्रमित

असार ४ 2077   ekhabarnepal

काठमाडाैँ,असार ४  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै ६ सय ७१ जना नयाँ संक्रमित थपिएका छन्। यसमध्ये ५९१ जना पुरुष र ८० जना महिला छन्। यस्तै कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या पनि नेपालमा बढ्न थालेको छ। कोरो...

संविधान संशोधन  राष्ट्रपतिबाट प्रमाणीकरण,  लिम्पियाधुरासहितको भूभाग निशानछापमा

असार ४ 2077   ekhabarnepal

काठमाडौँ,असार ४  लिम्पियाधुरासम्मको भूभाग नेपालको निशान छापमा समावेश गर्ने संविधान संशोधन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी छिन्। संसदमा संशोधन विधेयक दर्ता भएको २८औं दिनमा अभूतपूर्व राष्ट्रिय एकतासहित बिहीबार संशोधन प्रक्रियाले पूर्णता पाएको हो। विधेयक बिहीबार नै राष्ट्रियसभाले सर्वसहमति पारित गरेर फिर्ता पठाएपछि सभामु...

पौने  ७ सय नेपाली फर्किँदै, टिकट काट्न नसक्नेको खर्च सरकारले व्यहोर्ने

असार ३ 2077   ekhabarnepal

  काठमाडौं, असार ३ बुधबार चारवटा जहाजमार्फत करिब ६ सय ८५ जना नेपाली स्वदेश फर्किने भएका छन्। हिमालयका २, नेपाल वायुसेवा निगम र जजिरा एयरको जहाजले १र१ उडानमार्फत उनीहरु आउनलागेका हुन्। हिमालय एयरलाइन्सले ढाका उडान गरेको छ। त्यहाँबाट १ सय १४ जना फर्किनेछन्। हिमालयकै अर्को जहाजले काठमाडौंबाट १४ जनालाई सिंगापुर लगेर त्यहाँबाट फुल सिट क्षमतामा...

बिजुलीको भाउ घट्यो

असार ३ 2077   ekhabarnepal

काठमाडौं, असार ३ । विद्युत नियमन आयोगले विद्युत महसुल घटाएको छ । असार महिनाको खपतमा लागू हुने गरी नयाँ भाउ निर्धारण गरिएको हो । ५ एम्पियर लाइन लिएर न्यनतम् मासिक १० युनिटसम्म खपत गर्ने तल्लो तहका ग्राहकलाई ३० रुपैयाँ डिमान्ड शुल्क लगाइएको छ । तर बिजुली भने निःशुल्क दिइने भएको छ । आयोगका अनुसार ११ देखि २० युनिटसम्म खपत गर्दा डिमान्ड शुल्क ३० र...

अर्घाखाँचीमा आरडिटी पोजेटिभ देखिएका पुरुषले गरे आत्महत्या

असार ३ 2077   ekhabarnepal

अर्घाखाँची, ३ । अर्घाखाँचीमा आरडिटी पोजेटिभ देखिएका एक पुरुषले आत्महत्या गरेका छन्। जिल्लाको शितगङगा नगरपालिका वडा नम्बर पाँचका ४३ वर्षीय पुरुषले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डिएसपी माधव बुढाथोकीले सल्लेरी खबरलाई बताए । जेठ १४ गते उनी भारतको पन्जाबबाट आई सोही वडाको हरि माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका थिए ।...

बाँकेमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

असार ३ 2077   ekhabarnepal

नेपालगन्ज, असार ३ गते । नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण देखिएको छ । गत जेठ ३० गते अस्पताल भर्ना भएकी बाँकेको बैजनाथ गाँउपालिका ६ कि ४६ वर्षिय महिलाको सोमबार बेलुका मृत्यु भएको थियो । दायाँ फोक्सामा समस्या देखिएपछि अस्पताल भर्ना गरीएकी महिलाको सोही दिन स्वाब संकलन गरीएको थियो । कोरोना परिक्षणको रिपोर्ट आउनुभ...

आज गुल्मीदेखि  पूर्व ठूलो वर्षाको सम्भावना

असार २ 2077   ekhabarnepal

काठमाडौं, असार २ आज (मंगलबार) देशका धेरै ठाउँमा ठूलो (भारी) वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार प्रदेश ५ को गुल्मीदेखि पूर्व अधिकांश स्थानमा सोमबार रातिदेखि नै वर्षा भइरहेको छ भने आज भारी वर्षाको समेत सम्भावना छ। ‘आज गुल्मीदेखि पूर्वका सबैजसो क्षेत्र...

 अर्घाखाँचीले के पायो प्रदेश सरकावाट ?  

असार १ 2077   ekhabarnepal

 बुटवल, असार १  आज प्रदेश सरकारले पेश गरेको वजेटमा अर्घाखाँचीले निम्न अनुसारका कार्यक्रम प्राप्त गरेको सांसद रामजी प्रसाद घिमिरेको फेसवुक वालमा उल्लेख गरिएको छ ।   १.  अर्घाखाँची जिल्ला अस्पताललाइ ५० सैयामा स्तर उन्नती गर्ने। २. कृषिमा अर्घाखाँचीलाइ बाख्रा र कफि खेतिको श्रोत जिल्ला छनोट गरिएको। ३. चाक्ला— सन्धिखर्क—  भगवती, ढुङ्ग्रेखोला—  सन...

प्रदेश ५ को ३६ अर्ब ३५ करोडको बजेट, विश्वविद्यालय वाँकेमा, कपिलवस्तुमा सरुवा रोग र दाङको लमहीमा ट्रमा अस्पताल, रासायनिक मल र कागज कारखानाको स्थापना हुने

असार १ 2077   ekhabarnepal

बुटवल,असार १  । प्रदेश ५ सरकारले चालु आर्थिक वर्षभन्दा ६ करोड रुपैयाँ कम गरी आर्थिक वर्ष २०७७र७८ का लागि ३६ अर्ब ३५ करोड २५ रुपैयाँको बजेट ल्याएको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले ३६ अर्ब ३५ करोडको बजेट सार्वजनिक गरेका हुन् । बजेटमध्ये चालुतर्फ ३४ दमलव ६४ प्रतिश...

 ४५१  कोरोना  संक्रमित थपिए, संक्रमितको संख्या ६२०० माथि

असार १ 2077   ekhabarnepal

काठमाडौं, असार १ ।  कोरोना भाइरसका संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । सोमबार मात्रै ३५ महिला र ४१६ पुरुषसहित ४५१ जना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार सबैभन्दा धेरै १३९ जना संक्रमित देखिएका छन् । यस्तै, कर्णाली प्रदेशको जनस्वास्थ्य प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १०७ जन...

गुल्मीमा कोरोनाको कारण २७ वर्षीय  युवाको मृत्यु, नेपालमा ज्यान गुमाउने १९ पुगे

जेठ ३२ 2077   ekhabarnepal

 गुल्मी, जेठ ३२ गुल्मीमा अर्का एक युवाको पनि कोरोना संक्रमणको कारण मृत्यु भएको छ। गुल्मीको धुर्कोट गाउँपालिका जैसीथोकका २७ वर्षीय युवकको कोरोना संक्रमणका कारण गए राति मृत्यु भएको हो। योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९ पुगेको छ। उपचारको क्रममा ती युवाको तम्घासस्थित आइसोलेसनमा मृत्यु भएको रेसुंगा नगरपालिकाका स्वास्थ्य सं...

पर्वतमा पहिरोले पुरिएर पाँचजनाको मृत्यु, चारजना बेपत्ता

जेठ ३२ 2077   ekhabarnepal

पोखरा, जेठ ३२  । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारीमा शनिबार साँझ परेको भीषण वर्षासँगै माथिबाट आएको पहिरोले पुरिँदा पाँचजनाको मृत्यु भएको छ ।  पहिरोमा पुरिएका उनीहरुको उद्धारमा खटिएका सुरक्षाकर्मीले शव फेला पारेका थिए । शनिबार  साँझ परेको मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएर ५८ वर्षका तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र न...

परीक्षणको दायरा बढाउन २५ थान पीसीआर मेसिन ल्याइँदै

जेठ ३१ 2077   ekhabarnepal

रासस  काठमाडौँ, जेठ ३१ गते ।  दैनिक १२ हजारबराबरको पीसीआर परीक्षण गर्ने लक्ष्यसहित मेडिकल सामग्री आयात गर्दै आएको विद म्यानेजमेन्टले २५ थान पीसीआर मेसिन आयात गर्ने तयारी थालेको छ । पीसीआर मेसिन तथा अत्यावश्यक सामग्रीको अभावमा कोरोना परीक्षणमा लामो समय लागेको पाइएपछि सरकारसँग सहकार्यका लागि निजी क्षेत्रले १५ थान पीसीआर मेसिन र १० थान पोर्टेवल पी...

थप २७३ जना सङ्क्रमित, कुल पाँचहजार ३३५ पुग्याे, मृतक १८

जेठ ३१ 2077   ekhabarnepal

काठमाडाैं, जेठ ३१ गते । नेपालमा थप २७३ जना सङ्क्रमित भएका छन् । पुरूष २४७ र महिला ३६ जना सङ्क्रमित भएका हुन् । योसँगै सङ्क्रमितको सङ्ख्या पाँचहजार ३३५ पुगेको छ । शनिबार भएकाे नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो कुरा बताउनुभएको हो । काेभिड १९ बाट सङ्क्रमित ३६ जना निकाे भएर डिस्चार्ज भएका...

संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित

जेठ ३१ 2077   ekhabarnepal

काठमाडौं, जेठ ३१ गते । नेपालको संविधान (दोस्रो संशोधन) २०७७ प्रतिनिधिसभा बैठकमा उपस्थित सदस्यहरुबाट ‘सर्वसहमति’ र कुल सदस्य संख्याको दुई तिहाईभन्दा बढीले पारित भएको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले शनिबार प्रतिनिधिसभा बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ पारित गरियोस् भन्ने प्रस्तावमा मतविभाजन हु...

 सरिता गिरीको प्रस्ताव पेश नहुने

जेठ ३१ 2077   ekhabarnepal

काठमाडौं ,जेठ ३१   नयाँ नक्सा खारेज गर्न समाजवादी पार्टीकी सांसद सरिता गिरीको प्रस्तावलाई छलफलमा नलगी सरकारको संशोधन विधेयक संसदबाट पारित गर्ने तयारी भएको छ। भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नयाँ नक्साअनुसार संविधानको अनुसूची संशोधन गर्न सरकारले पेश गरेको संशोधन विधेयक खारेज गर्न सांसद गिरीले संशोधन दर्ता गरेकी थिइ...

सरकारद्वारा आठ अर्ब ३९ करोडको कोरोना नियन्त्रण खर्च सार्वजनिक

जेठ ३१ 2077   ekhabarnepal

काठमाडौँ, जेठ ३१ गते । सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म करिब आठ अर्ब ३९ करोड रुपियाँ खर्चको विवरण सार्वजनिक गरेको छ  । कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारेन्टाइन निर्माण, औषधि तथा स्वास्थ्य सामग्रीको खरिदमा सो खर्च भएको जनाइएको छ । नेपालमा पहिलो सङ्क्रमण आशङ्काम...

संविधान संशोधन विधेयक आज पारित हुँदै,निशान छापमै लिपुलेकसहितको नक्सा

जेठ ३१ 2077   ekhabarnepal

काठमाडौँ, जेठ ३१ गते । नेपालको संविधान दोस्रो संशोधन विधेयक शनिबार प्रतिनिधि सभाबाट पारित हुने भएको छ । जेठ १८ गते प्रस्तुत विधेयकमा शुक्रबारसम्म संशोधन दर्ताको समय थियो । संशोधनको अवधि सकिएसँगै पारितको प्रक्रिया अघि बढाइएको हो । सङ्घीय संसद् सचिवालयले शनिबार १ बजे बस्ने बैठकमा विधेयकको दफावार छलफल र पारित प्रतिनिधि सभामा नै गर्ने गरी सम्भावित ...

कोरोनाको परीक्षा दिन किन डराउने ?

जेठ ३० 2077   ekhabarnepal

डी.आर. घिमिरे लकडाउनको आज ८१ औं दिन । लकडाउन खुकुलो हुन थालेपछि सरकारको आलोचना हुँदैछ । किन खुकुलो ? जनता मार्ने खेल त भएन भनेर भनिदैछ । जवकि वुहानमा ७६औँ दिनमा कोरोनाभाइरस नियन्त्रणमा आएर लकडाउन खोलिएको थियो ।  हो पनि संक्रमितको संख्या वढेको वढ्यै छ । जुनवेला दैनिक एक दुइजना संक्रमित हुन्थे त्यतिवेला लकडाउन अलि कडै जस्तो थियो । टोलटोलमा सडक व...

आजदेखी जोर विजोर प्रणाली लागु, निजी सवारी साधन मात्र चल्न पाइने 

जेठ ३० 2077   ekhabarnepal

काठमाडौँ ,जेठ ३०  नेपाल सरकारले घोषणा गरेको लकडाउनको नयाँ व्यवस्था अनुसार आज(शुक्रबार) देखि जोर विजोर प्रणाली लागु हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । शुक्रबारदेखि काठमाडौँ उपत्यकाभित्र र अन्यत्र जिल्लाभित्र मात्र निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइने भएको छ । उपत्यकाको ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई एक जि...

सवारीमा जोर बिजोर, पसल व्यवसाय खुला, कार्यालय दुई शिफ्टमा

जेठ २९ 2077   ekhabarnepal

काठमाडौँ, जेठ २९ गते । सरकारले निजी सवारी चलाउन जोर बिजोरको आधारमा सम्बन्धित जिल्लामा जिल्लाभित्र मात्र र उपत्यकाभित्रका सवारी साधनको हकमा उपत्यकाभित्र मात्र चलाउन पाउने निर्णय गरेको छ । त्यस्तै, उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्टल स्टोर खुल्ला गर्न पाउने तर सपिङ मलहरू भने खुलाउन नपाउने निर्णय गरेको छ । निजी सवारीमा चालकबाहेक दुई जन...

 क्वारेन्टिनमा मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि

जेठ २९ 2077   ekhabarnepal

 बुटवल,जेठ २९ गते ।  अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बिरामी परेका र पछि मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । मालारानी गाउँपालिका ४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा बिरामी परेका र बुटवलमा उपचार गराएर फर्किँदा बाटोमा मृत्यु भएका ५७ वर्षका व्यक्तिमा कोरोना संक्रमण भएको हो। उनको जेठ २३ गते...
To Top