विशेष

विद्युतीय वस सञ्चालन गर्ने प्रधानमन्त्रीद्वारा सुन्दर यातायातलाई वधाई, आत्मनिर्भर अर्थतन्त्रमा सहयोग पुर्याउने विश्वास

भाद्र २३ 2077   ekhabarnepal

बुटवल, भदौ २३ नेपालमा वातावरणमैत्री विद्युतीय वस सेवा सञ्चालन भएको एक वर्ष पूरा भएको अबसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिक बधाई ज्ञापन गर्दै सेवा विस्तारमा थप प्रगतिको कामना गर्नुभएको छ ।  विज्ञप्तिमा स्वदेशमा उत्पादित विद्युतीय उर्जावाट सञ्चालित सवारी साधनले वातावरणमैत्री विकासलाई प्रबद्र्वन गरी आयातीत इन्धन प्रयोगमा कटौति गर्दै वाताव...

उपभोक्ता हित संरक्षण मञ्चको बुटवलस्तरीय समिति गठन

भाद्र २३ 2077   ekhabarnepal

बुटवल, भदौ २३  उपभोक्ता हित संरक्षण मञ्चको बुटवलस्तरीय समिति वनेको छ । रुपन्देही शाखा गठन भएको २० औं वर्षका अवसरमा परिवर्तित संघीय मोडलको विधान अनुसार पालिकास्तरीय मञ्चको समिति गठन भएको हो ।  मञ्चको ५ नं.प्रदेश समितिको आयोजनामा भएको भेलाले सो समिति गठन गरेको हो । समुन्द्र जीसीको अध्यक्षतामा ८ सदस्यीय समिति गठन भएको छ । अन्य पदाधिकारी तथा सदस्य...

रुपन्देहीमा उपभोक्ता आन्दोलनका २० वर्ष

भाद्र २२ 2077   ekhabarnepal

डी.आर. घिमिरे त्यसोत हरेक दिन महत्वपूर्णनै हुन्छ तर, आज रुपन्देही जिल्लाको सन्दर्भमा सम्झनुपर्ने दिन हो । आजैको दिन अर्थात् ०५५ साल भाद्र २२ गते उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीको स्थापना गरिएको दिन हो । पत्रकारितावाहेक सामाजिक जागरण तथा विकास मञ्चको सचिव, पत्रकार महासंघलगायत सस्थामा म आवद्व थिएँ । मलाई सम्झना भए अनुसार नन्दीकेशर ढकालले मलाई...

‘मृतक र सङ्क्रमितको विवरण सार्वजनिकनगर्न सरकारका नाममा परमादेश 

भाद्र २० 2077   ekhabarnepal

काठमाडौँ, भदौ २० गते । सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड–१९)बाट मृत्यु भएका र सङ्क्रमित व्यक्तिको वैयक्तिक विवरण सार्वजनिक नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ । व्यक्तिको सहमतिबेगर त्यस्ता विवरण छाप्ने तथा सार्वजनिक गर्ने व्यवस्था तत्काल रोक्न पनि अदालतले फैसलामा भनेको छ । विवरण सार्वजनिक गर्नु प्रचलित संविधान, गोपनीयताको हकसम्बन्धी ऐन, ...

कोभिड-१९ विरुद्धको खोप यसै महिनाबाट उत्पादन, वार्षिक ५० करोड डोज

भाद्र २० 2077   ekhabarnepal

काठमाडौं, भदौ २० गते । रुसमा विकास गरिएको कोभिड-१९ विरुद्धको खोपको पछिल्लो ७६ जनामा गरिएको परीक्षणबाट निकै सकारात्मक परिणाम देखापरेको रुसी अधिकारीहरुले बताएका छन् । बीबीसीका अनुसार सो खोपको परीक्षण जुन र जुलाइमा सुरु गएिको र त्यसमा दुई पटकमा हरेक समूहमा ३८ जना स्वस्थ व्यक्ति समावेश गरिएको थियो । उनीहरुलाई पहिलो पटक सो खोप दिनुका साथै त्यसको तीन...

प्रदेश ५ मा चार कोभिड अस्पताल र ६ सय जनशक्ति थपिने

भाद्र १८ 2077   ekhabarnepal

   बुटवल, भदौ १८ प्रदेश ५ को बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चारवटा कोरोना अस्पतालमा ५ सय ८३ जना स्वास्थ्यकर्मीलाई नियुक्ति गर्ने निर्णय गरेको छ। सामाजिक विकास मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले एकैपल्ट यतिधेरै स्वास्थ्यकर्मी करारमा नियुक्त गर्ने निर्णय गरेको हो। स्वास्थ्यकर्मी नियुक्तिका लागि ३ करोड ९६ लाख ३२ हजार रुप...

नेकपा सचिवालयको  निर्णय : पार्टी निर्णयअनुरुप  बामदेवको नाम राष्ट्रियसभामा सिफारिश 

भाद्र १८ 2077   ekhabarnepal

काठमाडौं, भदौ १८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बहुचर्चित बैठक सकिएको छ । बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतम पार्टी निर्णयअनुरुप राष्ट्रियसभा सदस्यमा सिफारिश हुने जानकारी गराउनु भएको छ । ‘बैठकमा प्रधानमन्त्रीले उपाध्यक्ष बामदेव गौतम कमरेडलाई राष्ट्रियसभा सदस्यमा मनोनीतका लागि ...

रासायनिक मलको विकल्पमा नेपालमा पनि शून्य वजेट खेती गर्ने कि ?

भाद्र १८ 2077   ekhabarnepal

डी.आर.घिमिरे यतिवेला मलको हाहाकार छ । पूर्वदेखि पश्चिमसम्म रासायनिक मल किन्नेको लर्के छ । सरकारले वंगलादेशसंग कुरा गरि सकेको भएपनि कहिलेसम्म आउला र त्यसले पनि पुग्ला वा नपुग्ला यसै भन्न सकिन्न । यो समस्या यो वर्षको मात्र हैन हरेक वर्ष यस्तै हुन्छ । यो पटक विगतभन्दा अलि फरक ढंगले कुरा उठिरहेको छ । त्यो के भने कृषि मैत्री घनश्याम भुषाल कृषि मन्त...

आइसोलेसन सेन्टरमा शौचालयको ब्यवस्था गर्न माग 

भाद्र १६ 2077   ekhabarnepal

बुटवल, भाद्र १६ उपभोक्ता हित संरक्षण मञ्च नेपाल प्रदेश ५का अध्यक्ष तेजकुमार पाठकले एक विज्ञप्ति प्रकाशित गर्दै कोरोना महामारीलाई नियन्त्रण गर्नका लागि हरसम्भव उपाय अवलम्वन गर्न आग्रह गर्नुभएको छ । सरकारले पीसीआर परीक्षणलगायत लकडाउन गरेपनि आनुपातिक हिसावले नियन्त्रण हुन नसकेकोमा दुःख प्रकट गर्दै यस अवस्थामा कालोवजारीसमेत चम्किनुलाई विडम्वनापूर्ण...

इन्टरनेटमा हुने ठगी र अनुगमनको पाटो  

भाद्र १६ 2077   ekhabarnepal

डी.आर.घिमिरे इन्टरनेटको प्रयोग अचाक्ली वढेको छ । लकडाउनले यसको माग थपिएको छ । कुनै वेला इन्टरनेटको पनि वजारीकरण गर्नुपर्दथ्यो । तर, अहिले तार पुर्याए मात्र हुन्छ । यो आफैमा सकारात्मक कुरा हो । ज्ञानका लागि, सूचनाका लागि, मनोरञ्जनका लागि, कुनै काम भएपछि त्यसको पृष्ठपोषणका लागि इन्टरनेट जरुरी भएको छ । समयले सवै वर्ग, उमेर, वर्ण र लिङ्गका लागि इन्...

भ्रामक सूचनाको पछि दौड्दा नराम्रो गरी थला पार्न सक्छ

भाद्र १४ 2077   ekhabarnepal

डी.आर घिमिरे अहिले वजारमा कोरोना केही हैन भनेर मास्कसमेत नलगाउन सार्वजनिक आहृान गरिएका सन्देश पढ्न पाइन्छ । ती सन्देशमा भनिएको हुन्छ—विरामी हुँदा भ्याक्सिन हुन्न । भेन्टिलेटरमा लगे पनि औषधि छैन । कुनै उपचार पद्वति छैन । माक्स लगाउँदा १०० प्रतिशत सुरक्षित छैन । यस्तै हो भने पोजेटिभ र नेगेटिभको के अर्थ ? अर्थात् किन परीक्षण गर्ने ? किन घर वस्ने ?...

नेपालमा प्रत्येक दुई घण्टामा एक कोरोना संक्रमितको मृत्यु

भाद्र १३ 2077   ekhabarnepal

काठमाडौं भदौ १३,  रासस नेपालमा कोरोना भाइरसको सङ्क्रमणमात्र होइन मृत्युदर पनि ह्वात्तै बढेको छ । कोरोनाबाट शुक्रबार मात्रै १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट दैनिक मर्नेको सङ्ख्या अहिले सम्मकै धेरै हो । शुक्रबारको तथ्याङ्क हेर्ने हो भने प्रत्येक दुई घण्टामा नेपालमा एक कोरोना सङ्क्रमितको मृत्यु भइरहेको छ ।  भदौ शुरु भएयता १२ दिनमा कोरोनाबा...

बुटवलको कोरोना अस्पतालमा थप एकजना संक्रमितको मृत्यु

भाद्र ११ 2077   ekhabarnepal

बुटवल,भदौ,११    लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत थप एकजना संक्रमितको मृत्यु भएको छ। योसँगै बुटवलको कोरोना अस्पतालमा मृत्यु हुनेको संख्या ६ पुगेको छ । कपिलवस्तुको कपिलवस्तु नगरपालिका–१ तौलिहवाका ५० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।  बुध...

कोरोना वढ्ने अनुमान ः परीक्षण, ट्रेसिङ र जीवनशैलीमा परिवर्तन गरौं

भाद्र ९ 2077   ekhabarnepal

डी.आर. घिमिरे मैले हिजोनै भनेको थिएँ । उपभोक्ता हित संरक्षण मञ्चले आयोजना गरेको गुगल वैठकमा भएका महत्वपूर्ण विषय उठाउने छु । खासगरी राष्ट्रिय रुपमा कोरोनाको अवस्थावारे हिजोको वैठकमा धेरै कुरा जान्ने अवसर मिल्यो । मञ्चको केन्द्रीय समितिप्रति त आभारीनै छु । त्यसवाहेक महासचिव बाबुराम हुमागाई जसले समग्रतामा भएगरेका तथ्य तथ्यांक प्रस्तुत गर्नुभयो र ...

विश्वको तुलनामा नेपालमा कोरोना निको हुने दर १० प्रतिशत कम

भाद्र ९ 2077   ekhabarnepal

काठमाण्डौ,भदौ ९ नेपाल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट निको हुने दर क्रमशः घट्दै गएको छ ।  विश्वको तुलनामा नेपालमा संक्रमणबाट निको हुने दर करिब १० प्रतिशतले कम रहेको छ । अहिले नेपालमा निको हुने दर ५८.३ प्रतिशत रहेको छ भने विश्वमा ६८.१ प्रतिशत रहेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा विश्वको तुलनामा नेपा...

मुख्यमन्त्रीका १६ वूँदे निर्देशन के हुन् ?

भाद्र ९ 2077   ekhabarnepal

बुटवल, भदौ ९ मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश ५ का प्रमुख जिल्ला अधिकारीहरुसंग गर्नुभएको भर्चुअल वैठकमा कोभिड १९ को संक्रमणको दोश्रो चक्र र शान्तिसुरक्षाको विषयमा केन्द्रीत रहेर  क्वारेन्टाइन र आइसोलेसन केन्द्र आवश्यकता अनुसार बनाउन, पिसिआर परिक्षण र कन्ट्याक टेसिङको काम प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । उहाँले दिएका मुख्य निर्देशनात्मक ...

कोरोना भाइरस बाघ झैं झम्टन आउँदैन

भाद्र ८ 2077   ekhabarnepal

डी.आर.घिमिरे आज क्वारेन्टाइनको दशौं दिन । विहान उठेदेखिनै एउटा आलेख तयार गर्ने मुडमा थिएँ । नभन्दै उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय अध्यक्ष ज्योति वानियाले म्यासेन्जरमा कल गर्नुभयो र साँझ ६ वजेको गुगल मिटिङमा आइसोलेसनको अनुभूति प्रस्तुत गर्न भन्नुभयो । मैले लेखनै तयार गर्दैछु भनें । संयोग त्यस्तै परेछ । सधैभन्दा १५ मिनेट छिटो उठेर छततिर ग...

रूपन्देहीमा एकैदिन तीन जनाको मृत्यु, पछिल्लो २४ घण्टामा देशभर ८ सय १८ जना संक्रमित 

भाद्र ७ 2077   ekhabarnepal

 काठमाडौं,भदौ ७ : देशभर पछिल्लो २४ घण्टामा ८ सय १८ जना कोरोना संक्रमित थपिएका छन्।  यस क्रममा सबैभन्दा धेरै पर्सामा १४५ जना संक्रमित थपिएका छन्। त्यसैगरी काठमाडौं जिल्लामा १२६ जना कोरोना संक्रमित थपिएका हुन्।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमका अनुसार ५ सय ९८ पुरुष र २ सय २० जना महिलामा कोरोन पुष्टि भएको हो।...

कोरोना बीमा गर्नेको सङ्ख्या सात लाख नाघ्यो

भाद्र ६ 2077   ekhabarnepal

  काठमाडौँ, भदौ ६ गते । पछिल्लो समय मुलुकमा कोरोना सङ्क्रमण र सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा कोरोना बीमा गर्नेको सङ्ख्या पनि ह्वात्तै बढेको छ । सङ्क्रमितको ग्राफ उकालो लाग्दै गर्दा कोरोना त्रासमा रहेकाले धमाधम कोरोना बीमा गर्न थालेपछि बीमा गर्नेको सङ्ख्या साढे सात लाख पुगेको छ । बीमा समितिका अनुसार कोरोना बीमाबाट ४२ करोड प्रिमियम सङ्कलन भएक...

हजुरआमासँगै सुतेकी बालिकाको अपहरण गरी बलात्कार

भाद्र ५ 2077   ekhabarnepal

रासस   काठमाडौं, भदौ ५ बर्दियाको बारबर्दिया नगरपालिकामा गए राति ११ वर्षीया बालिकाको अपहरण गरी बलात्कार भएको छ। बारबर्दिया –८ भगतपुरका २१ वर्षीय चन्द्रराम विकले हजुरआमासँँगै सुतेकी बालिकालाई अपहरणपछि बलात्कार गरेको अभिभावकले आरोप लगाएका छन्। विकले आफ्नी छोरीलाई घरबाट अपहरण गरी बलात्कार गरेको आरोप लगाउँदै पीडितले जाहेरी दिएको इलाका प्रहरी ...

कोरोना संक्रमणबाट पछिल्लो पटक ६ जनाको ज्यान गयो 

भाद्र ५ 2077   ekhabarnepal

काठमाडौं,भदौ ५ : नेपालमा पछिल्लो पटक नेपालमा कोरोना संक्रमणबाट ६ जनाको ज्यान गएको छ। पछिल्लो पटक चितवन, बुटवल, पर्सा, विराटनगर र पाटन अस्पतालमा संक्रमतिको ज्यान गएको छ।   सम्बन्धित जिल्लाको अधिकारीहरुको अनुसार विराटनगरमा आफ्नै घरमा बसेका कोरोना संक्रमतिको ज्यान गएको छ। यसै गरी पाटन अस्पतलामा सर्लाही र दोलखाका दुई जनाको ज्यान गएको छ।  बुटवलमा प...

कोभिड–१९ नियन्त्रण गर्न उच्चस्तरीय समिति

भाद्र ५ 2077   ekhabarnepal

रासस काठमाडौं, भदौ ५ सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन उच्चस्तरीय समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले प्रदेश, जिल्ला र स्थानीय तहमा रहेका अस्पतालसँग समन्वय गरी कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्नका लागि समिति गठन गरेका हुन् । मन्त्रालय वा विभागको ११ औं तहका कर्मचारीको संयोकत्...

आज हरितालिका तीज, छैन तीजको रौनक 

भाद्र ५ 2077   ekhabarnepal

काठमाडौं,भदौ ५, ।  आज हरितालिका तीज, विवाहित महिलाहरु पतिको सुस्वास्थ्य र प्रगतिको कामना गर्दै तथा अविवाहित महिला सुयोग्य पति पाउँ भनेर भगवान शिवको पूजाआराधना गर्दै ब्रत बस्दैछन्।  सामान्य अवस्थामा व्रत बसी विहानैदेखि शिवालयहरूमा पुग्ने व्रतालुहरू यसपटक घरमै बसेका छन्‌। कोरोना महामारीका कारण भक्तजन नआउँदा शिवालयहरू सुनसान छन्‌।​हिमालय पर्वतकी ...

 रुपन्देहीमा कोरोनाबाट  एक वृद्धको मृत्यु,  थपिए ११ संक्रमित

भाद्र ४ 2077   ekhabarnepal

बुटवल ,भाद्र ४। रुपन्देहीको देवदहमा कोरोना संक्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । देवदह नगरपालिका ३ का ७० वर्षका पुरुषको मृत्यु भएको नगरपालिकाका जन स्वास्थ्य अधिकृत काशिनाथ बञ्जाडेले बताए । उनको आज देवदह मेडिकल कलेज देवदहमा मृत्यु भएको हो । भदौ २ गते उनको स्वाब लिएको र बुधबार उनको पिसिआर रिपार्ट पोजेटिभ आएको बञ्जाडेले बताए । पक्षघात, उच्चर...

कार्यदलको बैठक आज पनि , आइतबारसम्म प्रतिवेदन आउने अपेक्षा

भाद्र ४ 2077   ekhabarnepal

काठमाडौँ, भदौ ४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आन्तरिक विवाद समाधान गरी गठन गरेको कार्यदलको आज एक साता पुगेको छ । गत साउन ३० गते गठन भएको ६ सदस्यीय कार्यदलले अध्यक्षद्वयको निर्देशनमा विवादको निरुपण गर्नेगरी गृहकार्य गरिरहेको छ । आज पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलको बैठक जारी छ । गत असार १० गतेदेखि शुरु भएको स्थायी...

सरकारलाई कांग्रेसको सुझाव ः निषेधाज्ञा नलम्ब्याऊ 

भाद्र ४ 2077   ekhabarnepal

काठमाडौं, भदौ ४ नेपाली कांग्रेसले निषेधाज्ञा वा लकडाउनको अवधिलाई लामो समयसम्म राख्न नहुने बताएको छ। नेपालको विगत अनुभवबाट पाठ सिक्दै निषेधाज्ञा लामो समयसम्म नराख्न र यो समयको अत्यधिक उपयोग गर्न कांग्रेसले सरकारसँग आग्रह गरेको छ। बिहीबार विज्ञप्ति प्रकाशित गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारमा सँगै नरहेपनि आफूहरु सरकारसँगै मिले...

कोरोना नियन्त्रण गर्न कतै बन्दाबन्दी, कतै निषेधाज्ञा

भाद्र ४ 2077   ekhabarnepal

कोहलपुर (बाँके), भदौ ४ गते । व्यक्तिले सजगता नअपनाइदिँदा देशभर कोरोना सङ्क्रमित र मृत्यु हुनेहरूको सङ्ख्या दैनिक बढ्दो क्रममा छ । मुख्यगरी सहरी क्षेत्रका सडकमा मानिसको चहलपहल जथाभावी छ । कुशे औँसीको बहानामा बुधबार सडकमा ओइरिएकाहरूलाई रोक्न स्थानीय प्रशासनलाई निकै हम्मे परेको थियो । दैनिक परीक्षण गरिरहने र उत्तिकै सङ्ख्यामा सङ्क्रमित थपिरहने तर ...

पछिल्लो २४ घण्टामा  ६८१  जना संक्रमित थपिए, बुटवलमा थपिए ७ 

भाद्र ३ 2077   ekhabarnepal

   काठमाडौं, भदौ ३ पछिल्लो २४ घण्टामा नेपालमा थप ६८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर ६८१ जनामा कोरोना पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार ११ हजार ५२२ जनाको पीसीआर परीक्षण गरिएको थियो। प्रवक्ता गौतमका अनुसार पछिल्लो ...

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

भाद्र २ 2077   ekhabarnepal

काठमाडौं, भदौ, २ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०० वर्षको उमेरमा निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनकै लैनचौरस्थित निवासमा निधन भएको हो। उनी गत असोजमा ९९ वर्ष पूरा भएर १०० वर्ष लागेका थिए।

एकैदिन हजार बढीमा कोरोना, सातजनाको मृत्‍यु,  संक्रमित २८ हजार नाघ्यो

भाद्र २ 2077   ekhabarnepal

काठमाडौं, भदौ २ नेपालमा पछिल्लो २४ घण्टामा थप १०१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर गरेर थप १०१६ जनामा कोरोना पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ। प्र...

गर्भवतीमा कोरोना देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालले लिएन भर्ना

भाद्र १ 2077   ekhabarnepal

रासस रुपन्देही, भदौ १, नियमित स्वास्थ्य जाँच गर्दै आएकी गर्भवती महिलालाई कोरोना पुष्टि भएपछि चिकित्सक,स्वास्थ्यकर्मी र समुदायले समेत कस्तो दृष्टिकोणले व्यवहार गर्दाै रहेछ भन्ने यहाँ पुष्टि भएको छ। संविधानमा सुरक्षित प्रजनन् अधिकार मौलिक अधिकार भित्र रहेको छ । ती महिलाले अधिकारको उपयोग गर्न त परै जाओस अपहेलना समेत भोग्नु पर्‍यो । बुटवल उ...

सचिवालय बैठकद्वारा कार्यदल अनुमोदन र कार्यादेश प्रदान 

भाद्र १ 2077   ekhabarnepal

काठमाडौं, भदौ १  । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले सुझाव कार्यदललाई अनुमोदन गरेको छ । साथै बैठकले कार्यदललाई कार्यादेशसमेत दिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।  नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीमा देखिएको विवाद समाधानका लागि दोस्रो तहका नेता सम्मिलित कार्यदल गठन गरेका थिए ...

रुपन्देही जिल्ला कोरोना महामारीको हट स्पट वन्दै 

साउन ३२ 2077   ekhabarnepal

बुटवल,साउन ३२ रुपन्देही जिल्ला र त्यसमा पनि वुटवल कोरोना महामारीको हट स्पट वन्दैछ । समुदायस्तरमै कोरोना संक्रमण फैलिएपछि यो संभावना वढेको हो । त्यसोत प्रदेश ५ मै संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ। तर, एक हप्ताको वीचमा रुपन्देही र त्यसमा पनि बुटवलमा धमाधम संक्रमितको संख्या वढिरहेको छ । बाँके र कपिलवस्तुमा देखापरेको कोरोना रुपन्देहीमा कसरी फै...

पाणिनि र उनको तपोभूमि

साउन ३२ 2077   ekhabarnepal

                राजेन्द्रकुमार आचार्य १. पाणिनिको जन्मथलो  पाणिनिको अर्को नाम शालातुरीय थियो । यसबाट उनी शलातुरमा जन्मेका थिए भन्ने स्पष्ट हुन्छ । बलभी नरेश ध्रुवसेनको सम्वत्  ३१० को ताम्रपत्रमा, भामहद्वारा रचित काव्यालंकारमा, काशीकाको विवरण पंजिका तथा गुणरत्न महोदधिमा पनि पाइन्छ्("शलातुरो नाम  ग्रामः स अभिजनो अस्यास्तीति शालातुरीय स्तत्र भवान...

नेकपा कार्यदलले काम थाल्याे,सकारात्मक र समस्या समाधान गर्ने विश्वास

साउन ३२ 2077   ekhabarnepal

काठमाडौँ, साउन ३२ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद सल्टाउने प्रस्ताव तयार गर्ने गरी जिम्मा पाएको छ सदस्यीय कार्यदल सहमतिको प्रस्ताव तयार गर्न व्यस्त रहेको छ ।  शुक्रबार गठन भएको कार्यदलले शनिबार पहिलो बैठक बसेर समस्याको पहिचान गर्ने काम गरेको छ । यसैबीच दुई अध्यक्षको सहमतिमा गठन भएको कार्यदलको औचित्यमाथि वरिष्ठ नेताहरूले...

नेकपाभित्र खेल्ने प्रयास नहोस्, एकताका साथ अघि बढ्दैछौं 

साउन ३० 2077   ekhabarnepal

  काठमाडौं,श्रावण ३० । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको लामो समयदेखिको विवाद सुधारोन्मुख देखिएको छ ।  प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको भेटवार्तापछि विवाद समाधानका लागि कार्यदल गठन गर्ने सहमति बनेसँगै विवाद सुधारोन्मुख देखिएको हो ।  पार्टीभित्र देखिएका समस्या पार्टीभित्र...

सात दिनमै निको भए सङ्क्रमित , बेड संख्या बढाइँदै

साउन ३० 2077   ekhabarnepal

काठमाडौं, साउन ३० गते । आयुर्वेद चिकित्साप्रति मानिसको विश्वास गुमिरहेको समयमा कोरोना सङ्क्रमण (कोभिड १९) भएका विरामीलाई भने आयुर्वेदिक औषधिले फाइदा गरेको छ । कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा भर्ना भएका कोरोना संक्रमित ३३ जना सात दिनमै निको भएर घर गएका छन् । अरु पनि निको भएर जाने क्रम बढ्दो छ । आयुर्वेद अनुसन्धान अस्पतालका...

कोरोना समुदायमा  गयो अव के गर्ने ?

साउन ३० 2077   ekhabarnepal

डी.आर. घिमिरे कोरोना महामारी आक्रामक वन्दै छ । बुटवलमा ठ्याक्कै यतिनै भए भन्ने सूचना पाउन सकिदैन तर, पचास जनाको हाराहारीमा संक्रमित रहेको अनुमान छ । जे होस् धेरैभन्दा धेरै संक्रमण फैलिने डर छ । आइसोलेसनले धान्न नसक्ने अवस्था सृजना हुँदैछ । मैले केही दिन अघि एउटा स्टाटस लेख्दै भनेको थिएँ—यस्तै हो भने इन्द्रेको वाउ चन्द्रेले पनि जोगाउन सक्दैन । य...

मलाई कोरोना लाग्योभने —३    

साउन ३० 2077   ekhabarnepal

मनोवाद  डिल्लीराज आचार्य ‘’यदि हामीले सतर्कता अपनाएनौभने विश्वमहामारी कोरोनाले हामी कसैलाई पनि अछूते बनाउने छैन । ध्यान राख्दा राख्दै दुर्भाग्यवस हामी श्रीमान् श्रीमती पनि यसबाट बँच्न सकेनौँ । ‘ कृपया कत्तिपनि शर्म नमानिकन यो रोगलाई गोप्य नराखी समुदायलाई सुसूचित हुने मौका दिनुहुनेछ भन्ने पूर्ण विश्वासका साथ हजुरहरुमा हार्दिक अनुरोध गर्दछु । ...

त्रिभुवन राजपथमा पहिरो खस्दा एक जना बेपत्ता, चार गाडी पुरिए

साउन ३० 2077   ekhabarnepal

रासस  टिस्टुङ,साउन ३०  त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ स्थित गैरीगाउँमा माथिबाट पहिरो खस्दा एक जना बेपत्ता भएका छन्। पहिरोमा परी स्थानीय ५४ वर्षीय काले मोक्तान बेपत्ता भएको इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए। बिहीबार बेलुका गैरीगाउँमा सञ्चालनमा रहेको ढुङ्गाखानी जाने सडकमाथि ढिस्...

थप ५२५ सङ्क्रमित, कुल सङ्क्रमित २४ हजार ९५७

साउन २९ 2077   ekhabarnepal

काठमाडौँ, साउन २९ गते । कोरोना भाइरसबाट बिहीबार थप ५२५ सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले कुल सङ्क्रमित २४ हजार ९५७ पुगेको बताउनुभयाे । पछिल्लो २४ घण्टामा नौ हजार ८५९ जनाको पीसीआर परीक्षणमा सङ्ख्या थपिएको हो । सक्रिय सङ्क्रमित आठ हजार २५ जना रहेका छन् भने क्वारेन्टिन...

कोरोनाले एकै दिन कपिलवस्तुमा २ सहित देशभर ८ जनाको मृत्यु

साउन २८ 2077   ekhabarnepal

बुटवल, साउन २८ कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा कपिलवस्तुमा दुइजना सहित देशभर ८ जनाको मृत्यु भएको छ। मृत्यु भएका मध्ये काठमाडौं उपत्यकामा मात्र पाँच जना छन्।   बुटवलको कोरोना बिशेष आईसोलेसन अस्पतालमा उपचार गराईरहेका कपिलवस्तुका २ जनाको आजै मृत्यु भएको हो । मृत्यु हुनेमा ४२ र २५ बर्षका पुरुष छन् । उनीहरु दुवै कपिलवस्तुका बासिन्दा हुन् ...

बुटवलमा जोखिम वढ्यो, भोलि रातीदेखि लकडाउन

साउन २८ 2077   ekhabarnepal

बुटवल साउन २८  कोरोनाको जोखिम बढेपछि बुटवलमा भदौ ५ गतेसम्मका लागि पूर्ण लकडाउन गरिने भएको छ । बुटवल उपमहानगरपालिकामा बुधवार अपरान्ह नगरप्रमुख शिवराज सुवेदीको अध्यक्षतामा  सम्पन्न प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी , रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरु सहितको बैठकले बुटवल उपमहानगरपालिका क्षे...

आजका संक्रमित ६३८ मध्ये कुन जिल्लामा कति थपिए

साउन २७ 2077   ekhabarnepal

काठमाडौँ,साउन २७  नेपालमा मंगलबार थप ६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार काठमाडौँका ११०, ललितपुरका १६, भक्तपुरका ८ , खोटाङका १, सर्लाहीका ४१, सिरहाका १४, स्याङ्जाका १, रौतहटका २०, बाराका ३९, कपिलवस्तुका १८, धनुषाका १, रुकुमक...

पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद !

साउन २७ 2077   ekhabarnepal

रासस    मकवानपुर, साउन २७ गते । वैदेशिक रोजगारका लागि विदेश गएका पतिले घर खर्च चलाउन पठाएको रकमबाट घर खर्च गरेको रकमको हिसाब किताबको पत्नीले विश्वास दिलाउन नसक्दा पति र पत्नीबीच सम्बन्धविच्छेदको प्रमुख कारण बन्न पुगेको छ । वाग्मती प्रदेशअन्तर्गत पर्ने मकवानपुर जिल्लामा पनि गत आव २०७६÷७७ मा जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि ५३१ मुद्दा दर्त...

धेरै जनसम्पर्क हुने कार्यालय अनिश्चितकालीन बन्द 

साउन २७ 2077   ekhabarnepal

   काठमाडौं, साउन २७ सरकारले बढी जनसम्पर्क हुने सरकारी तथा गैरसरकारी कार्यालयहरु अर्को सूचना जारी नभएसम्म बन्द राख्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता डा। युवराज खतिवडाले काठमाडौं उपत्यका र २०० भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा जनतासँग प्रत्यक्ष जोडिएर दिने सेवा प्रवाहका काम सकेसम्म घरबाटै गर्ने व्यवस्था मिलाउन आग्रह गरेका...

पछिल्लो २४ घण्टामा  ६३८ कोरोना संक्रमित, उपत्यकामा मात्र १३४ 

साउन २७ 2077   ekhabarnepal

   काठमाडौं, साउन २७ नेपालमा पछिल्लो २४ घण्टामा थप ६३८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गोतमले देशभर गरेर ६३८ जना कोरोना संक्रमित थपिएको बताए। प्रवक्ता गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या सङ्क्रमित २३ हजार ९४८ पुगेक...

एक माघले कोरोना जाँदैन, उपदेशले पेट भरिदैन 

साउन २७ 2077   ekhabarnepal

डा. रवीन्द्र पाण्डे  . कोरोना संक्रमणबाट बच्नको लागि के गर्नुपर्छ भनेर सबै नागरिकलाई थाहा भइसकेको छ | मोबाइलको रिंगटोन, स्वास्थ्य मन्त्रालयका प्रबक्ताको ठाडो उपदेश, संचारमाध्यमदेखि बिज्ञहरुको अर्ति एकै छ – मास्क लगाउने, व्यक्तिगत दुरी कायम गर्ने, हात धोइरहने | सरकारी संयन्त्रको आरोप छ - नागरिकले मास्क लगाएनन्, सामाजिक दुरी कायम गरेनन्, हात धो...

एउटै गाउँमा ४२ सङ्क्रमित: भारतबाट भित्रियो सङ्क्रमण

साउन २७ 2077   ekhabarnepal

सप्तरी, साउन २७ गते । भारतसँग सीमा जोडिएको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२, लौनियामा मात्र ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ । नजिकको भारतीय बजार कुनौलीमा आवतजावत गरेका कारण लौनियामा यति ठूलो सङ्ख्यामा सङ्क्रमित भेटिएको हो । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पछिल्लोपटक थप पाँच जनामा कोरोना सङ्क्रमण देखिएपछि ...

                                   मलाई कोरोना लाग्योभने (क्रमशः२) 

साउन २६ 2077   ekhabarnepal

           डिल्लीराज आचार्य केही मित्रहरुलाई कोरोना संक्रमण भएको कानमा परेपछि फोनबाट कुरा गर्न चाहेँ तर धेरैले मोबाइल नै रिसिभ गरेनन् । उही सिघ्र स्वास्थ्य लाभको कुरा त हो नि भनेर नउठाएका होलान् भन्ने लाग्यो । ठीकै छ त के भन्ने ? ठीकै छ भन्ने न हो । त्यसैका लागि के फोन उठाइरहनू भनेर होला नउठाएका भन्ने पनि लाग्यो । एकआधले मात्र मोबाइल रिसिभ गर...
To Top