विशेष

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

भाद्र २ 2077   ekhabarnepal

काठमाडौं, भदौ, २ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०० वर्षको उमेरमा निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनकै लैनचौरस्थित निवासमा निधन भएको हो। उनी गत असोजमा ९९ वर्ष पूरा भएर १०० वर्ष लागेका थिए।

एकैदिन हजार बढीमा कोरोना, सातजनाको मृत्‍यु,  संक्रमित २८ हजार नाघ्यो

भाद्र २ 2077   ekhabarnepal

काठमाडौं, भदौ २ नेपालमा पछिल्लो २४ घण्टामा थप १०१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर गरेर थप १०१६ जनामा कोरोना पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ। प्र...

गर्भवतीमा कोरोना देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालले लिएन भर्ना

भाद्र १ 2077   ekhabarnepal

रासस रुपन्देही, भदौ १, नियमित स्वास्थ्य जाँच गर्दै आएकी गर्भवती महिलालाई कोरोना पुष्टि भएपछि चिकित्सक,स्वास्थ्यकर्मी र समुदायले समेत कस्तो दृष्टिकोणले व्यवहार गर्दाै रहेछ भन्ने यहाँ पुष्टि भएको छ। संविधानमा सुरक्षित प्रजनन् अधिकार मौलिक अधिकार भित्र रहेको छ । ती महिलाले अधिकारको उपयोग गर्न त परै जाओस अपहेलना समेत भोग्नु पर्‍यो । बुटवल उ...

सचिवालय बैठकद्वारा कार्यदल अनुमोदन र कार्यादेश प्रदान 

भाद्र १ 2077   ekhabarnepal

काठमाडौं, भदौ १  । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले सुझाव कार्यदललाई अनुमोदन गरेको छ । साथै बैठकले कार्यदललाई कार्यादेशसमेत दिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।  नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीमा देखिएको विवाद समाधानका लागि दोस्रो तहका नेता सम्मिलित कार्यदल गठन गरेका थिए ...

रुपन्देही जिल्ला कोरोना महामारीको हट स्पट वन्दै 

साउन ३२ 2077   ekhabarnepal

बुटवल,साउन ३२ रुपन्देही जिल्ला र त्यसमा पनि वुटवल कोरोना महामारीको हट स्पट वन्दैछ । समुदायस्तरमै कोरोना संक्रमण फैलिएपछि यो संभावना वढेको हो । त्यसोत प्रदेश ५ मै संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ। तर, एक हप्ताको वीचमा रुपन्देही र त्यसमा पनि बुटवलमा धमाधम संक्रमितको संख्या वढिरहेको छ । बाँके र कपिलवस्तुमा देखापरेको कोरोना रुपन्देहीमा कसरी फै...

पाणिनि र उनको तपोभूमि

साउन ३२ 2077   ekhabarnepal

                राजेन्द्रकुमार आचार्य १. पाणिनिको जन्मथलो  पाणिनिको अर्को नाम शालातुरीय थियो । यसबाट उनी शलातुरमा जन्मेका थिए भन्ने स्पष्ट हुन्छ । बलभी नरेश ध्रुवसेनको सम्वत्  ३१० को ताम्रपत्रमा, भामहद्वारा रचित काव्यालंकारमा, काशीकाको विवरण पंजिका तथा गुणरत्न महोदधिमा पनि पाइन्छ्("शलातुरो नाम  ग्रामः स अभिजनो अस्यास्तीति शालातुरीय स्तत्र भवान...

नेकपा कार्यदलले काम थाल्याे,सकारात्मक र समस्या समाधान गर्ने विश्वास

साउन ३२ 2077   ekhabarnepal

काठमाडौँ, साउन ३२ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद सल्टाउने प्रस्ताव तयार गर्ने गरी जिम्मा पाएको छ सदस्यीय कार्यदल सहमतिको प्रस्ताव तयार गर्न व्यस्त रहेको छ ।  शुक्रबार गठन भएको कार्यदलले शनिबार पहिलो बैठक बसेर समस्याको पहिचान गर्ने काम गरेको छ । यसैबीच दुई अध्यक्षको सहमतिमा गठन भएको कार्यदलको औचित्यमाथि वरिष्ठ नेताहरूले...

नेकपाभित्र खेल्ने प्रयास नहोस्, एकताका साथ अघि बढ्दैछौं 

साउन ३० 2077   ekhabarnepal

  काठमाडौं,श्रावण ३० । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको लामो समयदेखिको विवाद सुधारोन्मुख देखिएको छ ।  प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको भेटवार्तापछि विवाद समाधानका लागि कार्यदल गठन गर्ने सहमति बनेसँगै विवाद सुधारोन्मुख देखिएको हो ।  पार्टीभित्र देखिएका समस्या पार्टीभित्र...

सात दिनमै निको भए सङ्क्रमित , बेड संख्या बढाइँदै

साउन ३० 2077   ekhabarnepal

काठमाडौं, साउन ३० गते । आयुर्वेद चिकित्साप्रति मानिसको विश्वास गुमिरहेको समयमा कोरोना सङ्क्रमण (कोभिड १९) भएका विरामीलाई भने आयुर्वेदिक औषधिले फाइदा गरेको छ । कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा भर्ना भएका कोरोना संक्रमित ३३ जना सात दिनमै निको भएर घर गएका छन् । अरु पनि निको भएर जाने क्रम बढ्दो छ । आयुर्वेद अनुसन्धान अस्पतालका...

कोरोना समुदायमा  गयो अव के गर्ने ?

साउन ३० 2077   ekhabarnepal

डी.आर. घिमिरे कोरोना महामारी आक्रामक वन्दै छ । बुटवलमा ठ्याक्कै यतिनै भए भन्ने सूचना पाउन सकिदैन तर, पचास जनाको हाराहारीमा संक्रमित रहेको अनुमान छ । जे होस् धेरैभन्दा धेरै संक्रमण फैलिने डर छ । आइसोलेसनले धान्न नसक्ने अवस्था सृजना हुँदैछ । मैले केही दिन अघि एउटा स्टाटस लेख्दै भनेको थिएँ—यस्तै हो भने इन्द्रेको वाउ चन्द्रेले पनि जोगाउन सक्दैन । य...

मलाई कोरोना लाग्योभने —३    

साउन ३० 2077   ekhabarnepal

मनोवाद  डिल्लीराज आचार्य ‘’यदि हामीले सतर्कता अपनाएनौभने विश्वमहामारी कोरोनाले हामी कसैलाई पनि अछूते बनाउने छैन । ध्यान राख्दा राख्दै दुर्भाग्यवस हामी श्रीमान् श्रीमती पनि यसबाट बँच्न सकेनौँ । ‘ कृपया कत्तिपनि शर्म नमानिकन यो रोगलाई गोप्य नराखी समुदायलाई सुसूचित हुने मौका दिनुहुनेछ भन्ने पूर्ण विश्वासका साथ हजुरहरुमा हार्दिक अनुरोध गर्दछु । ...

त्रिभुवन राजपथमा पहिरो खस्दा एक जना बेपत्ता, चार गाडी पुरिए

साउन ३० 2077   ekhabarnepal

रासस  टिस्टुङ,साउन ३०  त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ स्थित गैरीगाउँमा माथिबाट पहिरो खस्दा एक जना बेपत्ता भएका छन्। पहिरोमा परी स्थानीय ५४ वर्षीय काले मोक्तान बेपत्ता भएको इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए। बिहीबार बेलुका गैरीगाउँमा सञ्चालनमा रहेको ढुङ्गाखानी जाने सडकमाथि ढिस्...

थप ५२५ सङ्क्रमित, कुल सङ्क्रमित २४ हजार ९५७

साउन २९ 2077   ekhabarnepal

काठमाडौँ, साउन २९ गते । कोरोना भाइरसबाट बिहीबार थप ५२५ सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले कुल सङ्क्रमित २४ हजार ९५७ पुगेको बताउनुभयाे । पछिल्लो २४ घण्टामा नौ हजार ८५९ जनाको पीसीआर परीक्षणमा सङ्ख्या थपिएको हो । सक्रिय सङ्क्रमित आठ हजार २५ जना रहेका छन् भने क्वारेन्टिन...

कोरोनाले एकै दिन कपिलवस्तुमा २ सहित देशभर ८ जनाको मृत्यु

साउन २८ 2077   ekhabarnepal

बुटवल, साउन २८ कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा कपिलवस्तुमा दुइजना सहित देशभर ८ जनाको मृत्यु भएको छ। मृत्यु भएका मध्ये काठमाडौं उपत्यकामा मात्र पाँच जना छन्।   बुटवलको कोरोना बिशेष आईसोलेसन अस्पतालमा उपचार गराईरहेका कपिलवस्तुका २ जनाको आजै मृत्यु भएको हो । मृत्यु हुनेमा ४२ र २५ बर्षका पुरुष छन् । उनीहरु दुवै कपिलवस्तुका बासिन्दा हुन् ...

बुटवलमा जोखिम वढ्यो, भोलि रातीदेखि लकडाउन

साउन २८ 2077   ekhabarnepal

बुटवल साउन २८  कोरोनाको जोखिम बढेपछि बुटवलमा भदौ ५ गतेसम्मका लागि पूर्ण लकडाउन गरिने भएको छ । बुटवल उपमहानगरपालिकामा बुधवार अपरान्ह नगरप्रमुख शिवराज सुवेदीको अध्यक्षतामा  सम्पन्न प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी , रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरु सहितको बैठकले बुटवल उपमहानगरपालिका क्षे...

आजका संक्रमित ६३८ मध्ये कुन जिल्लामा कति थपिए

साउन २७ 2077   ekhabarnepal

काठमाडौँ,साउन २७  नेपालमा मंगलबार थप ६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार काठमाडौँका ११०, ललितपुरका १६, भक्तपुरका ८ , खोटाङका १, सर्लाहीका ४१, सिरहाका १४, स्याङ्जाका १, रौतहटका २०, बाराका ३९, कपिलवस्तुका १८, धनुषाका १, रुकुमक...

पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद !

साउन २७ 2077   ekhabarnepal

रासस    मकवानपुर, साउन २७ गते । वैदेशिक रोजगारका लागि विदेश गएका पतिले घर खर्च चलाउन पठाएको रकमबाट घर खर्च गरेको रकमको हिसाब किताबको पत्नीले विश्वास दिलाउन नसक्दा पति र पत्नीबीच सम्बन्धविच्छेदको प्रमुख कारण बन्न पुगेको छ । वाग्मती प्रदेशअन्तर्गत पर्ने मकवानपुर जिल्लामा पनि गत आव २०७६÷७७ मा जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि ५३१ मुद्दा दर्त...

धेरै जनसम्पर्क हुने कार्यालय अनिश्चितकालीन बन्द 

साउन २७ 2077   ekhabarnepal

   काठमाडौं, साउन २७ सरकारले बढी जनसम्पर्क हुने सरकारी तथा गैरसरकारी कार्यालयहरु अर्को सूचना जारी नभएसम्म बन्द राख्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता डा। युवराज खतिवडाले काठमाडौं उपत्यका र २०० भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा जनतासँग प्रत्यक्ष जोडिएर दिने सेवा प्रवाहका काम सकेसम्म घरबाटै गर्ने व्यवस्था मिलाउन आग्रह गरेका...

पछिल्लो २४ घण्टामा  ६३८ कोरोना संक्रमित, उपत्यकामा मात्र १३४ 

साउन २७ 2077   ekhabarnepal

   काठमाडौं, साउन २७ नेपालमा पछिल्लो २४ घण्टामा थप ६३८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गोतमले देशभर गरेर ६३८ जना कोरोना संक्रमित थपिएको बताए। प्रवक्ता गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या सङ्क्रमित २३ हजार ९४८ पुगेक...

एक माघले कोरोना जाँदैन, उपदेशले पेट भरिदैन 

साउन २७ 2077   ekhabarnepal

डा. रवीन्द्र पाण्डे  . कोरोना संक्रमणबाट बच्नको लागि के गर्नुपर्छ भनेर सबै नागरिकलाई थाहा भइसकेको छ | मोबाइलको रिंगटोन, स्वास्थ्य मन्त्रालयका प्रबक्ताको ठाडो उपदेश, संचारमाध्यमदेखि बिज्ञहरुको अर्ति एकै छ – मास्क लगाउने, व्यक्तिगत दुरी कायम गर्ने, हात धोइरहने | सरकारी संयन्त्रको आरोप छ - नागरिकले मास्क लगाएनन्, सामाजिक दुरी कायम गरेनन्, हात धो...

एउटै गाउँमा ४२ सङ्क्रमित: भारतबाट भित्रियो सङ्क्रमण

साउन २७ 2077   ekhabarnepal

सप्तरी, साउन २७ गते । भारतसँग सीमा जोडिएको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२, लौनियामा मात्र ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ । नजिकको भारतीय बजार कुनौलीमा आवतजावत गरेका कारण लौनियामा यति ठूलो सङ्ख्यामा सङ्क्रमित भेटिएको हो । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पछिल्लोपटक थप पाँच जनामा कोरोना सङ्क्रमण देखिएपछि ...

                                   मलाई कोरोना लाग्योभने (क्रमशः२) 

साउन २६ 2077   ekhabarnepal

           डिल्लीराज आचार्य केही मित्रहरुलाई कोरोना संक्रमण भएको कानमा परेपछि फोनबाट कुरा गर्न चाहेँ तर धेरैले मोबाइल नै रिसिभ गरेनन् । उही सिघ्र स्वास्थ्य लाभको कुरा त हो नि भनेर नउठाएका होलान् भन्ने लाग्यो । ठीकै छ त के भन्ने ? ठीकै छ भन्ने न हो । त्यसैका लागि के फोन उठाइरहनू भनेर होला नउठाएका भन्ने पनि लाग्यो । एकआधले मात्र मोबाइल रिसिभ गर...

उपभोक्ता ठग्ने र म्याद नाघेका सामान बेच्ने भाटभटेनीका दुई शाखा कारवाहीमा

साउन २६ 2077   ekhabarnepal

रासस काठमाडौं, साउन २६ कोरोना भाइरसको सङ्क्रमणको जोखिमका समयमा पनि उपभोक्ता ठूला सुपरमार्केटबाट निरन्तर ठगिने क्रम बढ्न थालेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरिरहेको बजार अनुगमनका क्रममा पनि आधुनिक उपकरण जडान गरिएका भाटभटेनीबाट उपभोक्ता निरन्तर ठगिरहेको प्रतिवेदन सार्वजनिक भएको छ। विभागले प्रत्येक दिन गरेको अनुगमनको विव...

३ सय ८० संक्रमित थपिए, काठमाडौंमा ९०, कपिलवस्तुका ११ र रुपन्देहीमा ५ जना

साउन २५ 2077   ekhabarnepal

काठमाडौं, साउन २५ नेपालमा फेरि ३ सय ८० जना कोरोना संक्रमित थपिएका छन्। यसमा काठमाडौं जिल्लाका मात्रै ९० जना र पर्साको मात्रै ७१ जना छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार ३७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संक्रमित भेटिएका हुन्। कुन प्रयोगशालामा कति ? बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रयोगशालामा सुन...

बाँकेमा स‌ंक्रमित महिलाकाे मृत्यु, मृत्य हुनेकाे संख्या ७६

साउन २५ 2077   ekhabarnepal

काठमाडौं, साउन २५ । बाँकेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। उपचारको क्रममा उनको आइतबार मृत्यु भएको हो। ७० वर्षीया वृद्धा कोहलपुरको रहेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। अस्वस्थ भएपछि उनी उपचारका लागि मेडिकल कजेलमा भर्ना भएकी थिइन्। याेसँगै नेपालमा काेराेना संक्रम...

अंगरक्षकलाई संक्रमणपछि महासचिव विष्णु पौडेल आइसोलेसनमा

साउन २५ 2077   ekhabarnepal

   काठमाडौं, साउन २५ आफ्ना अंगरक्षक पीएसओमा कोरोना संक्रमण देखिएका कारण सत्तारुढ नेकपाका महासचिव विष्णु प्रसाद पौडेल आइतबारदेखि आइसोलेसनमा बसेका छन्। शुक्रबार पौडेल र उनका अंगरक्षकसहित सबै टोलीको स्वाब संकलन गरी कोरोना परीक्षण गर्न दिइएकोमा एकजना सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको र अरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो। तर एकजनामा संक्रमण...

बुटवलमा कोरोना संक्रमणको प्रारम्भ, कडा निगरानी आवश्यक

साउन २५ 2077   ekhabarnepal

बुटवल, साउन २५  बुटवलमा समुदायस्तरमा गरिएको नमुना परीक्षणका क्रममा ४ जनामा कोरोना भाइरसको संक्रमण हुनुले ब्यापक सचेतना अपनाउनुपर्ने अवस्था देखा परेको छ । २ शय ३४ मा परीक्षण गर्दा ४ जनामात्र देखा पर्नु आफैमा राम्रो पक्ष भएपनि यसले आगामी दिन चुनौतिपूर्ण रहेको संकेत गर्दछ ।  लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले समुदायस्तरमा कोरोना भाइरसको संक्रमण क...

नेपाल–भारत वारिपारि गर्नेबाट उच्च जोखिम

साउन २३ 2077   ekhabarnepal

विराटनगर, साउन २३ गते । लकडाउन खुलेसँगै चोर बाटोबाट नेपाल–भारत ओहोरदोहोरो बढेको छ । यो ओहोरदोहोरले नेपालका सीमावर्ती स्थानीय तहमा समुदाय स्तरमै कोरोनाको सङ्क्रमणको दर बढेको छ । साउन महिनाको सुरुदेखि विराटनगर महानगरपालिका, रङ्गेली नगरपालिकामा कोरोनाको सङ्क्रमणको दर अप्रत्याशित रुपमा बढेको छ । विशेष गरेर महामारी फैलिएको बेलामा पनि आफन्त भेटघाट...

नुवाकोट आजदेखि ‘लकडाउन’

साउन २३ 2077   ekhabarnepal

रासस   त्रिशूली,साउन २३  नुवाकोटका सबै स्थानीय तहमा कोरोना सङ्क्रमणको जोखिम देखिएसँगै ‘लकडाउन’ सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ। सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक यातायातका साधन आजदेखि अर्को निर्णय नहुँदासम्म सञ्चालनमा रोक लगाउने, अत्यावश्यक सेवाका साधन...

राष्ट्र बैङ्कको सर्वेक्षण : अर्थतन्त्र सामान्य हुन नौ महिना लाग्ने

साउन २२ 2077   ekhabarnepal

काठमाडौंँ, साउन २२ गते । कोरोना भाइरस सङ्क्रमणका कारण भएको बन्दाबन्दीमा उद्योग व्यवसाय सामान्य अवस्थामा फर्कन नौ महिना लाग्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले कोरोनाबाट भएको प्रभावको मूल्याङ्कन नतिजाले यस्तो निष्कर्ष निकालेको हो । सर्वेक्षणका सहभागी उद्योग÷व्यवसायीले सामान्य अवस्थामा फर्कन औसतमा करिब नौ महिना लाग्ने बताएका छन् । होटल तथा रेस्टुरे...

संक्रमणको जोखिम बढेपछि आजदेखि सवारी सञ्चालनमा जोर–बिजोर प्रणाली

साउन २२ 2077   ekhabarnepal

काठमाडौँ,साउन २२,  सरकारले काठमाडौँ उपत्यकामा सञ्चालन हुने निजी तथा सार्वजनिक सवारीमा पुनः जोर बिजोर प्रणाली लागू गरेको छ । सरकारले बन्दाबन्दीको स्वरुप परिवर्तन गरी आर्थिक गतिविधि बढाउन प्रयास गरे पनि पछिल्लो समय कोरोना सङ्क्रमण बढेपछि आवागमनमा कडाइ गर्दै सामूहिक भेला, भोज, सेमिनारमा कडाइ गरेको हो । गृह मन्त्रालयद्वारा विज्ञप्तिअनुसार, बिहीब...

प्रदेश ५ बजेट कार्यान्वयनमा प्रथम, परिवर्तनको अनुभूति हुने गरी खर्च गर्न मुख्यमन्त्रीको निर्देशन

साउन २० 2077   ekhabarnepal

बुटवल, साउन २० माननीय मुख्यमन्त्री शंकर पोखरेलले उपलब्धीका सूचकहरु देखिने गरी बजेट खर्च गर्न निर्देशन दिनुभएको छ । प्रदेश विकास समस्या समाधान समितिको बैठक तथा वार्षिक प्रगति समिक्षा  कार्यक्रममा मन्त्रालयहरुको प्रस्तुतीपछि उहाँले नतिजामुखी र उपलब्धीका सूचकहरु देखिनेगरी बजेट खर्च निर्देशन दिनुभएको हो । “बजेट खर्च भएपछि के उपलब्धी भयो भन्ने प्रष...

मलाई कोरोना लाग्योभने ........

साउन २० 2077   ekhabarnepal

                                                   डिल्लीराज आचार्य ए, अझै वीरगन्जमा हुनुहुन्छ ? दुई दुई वर्ष भइसक्यो सरुवा पनि नहुने रैछ कि क्या हो ? होइन कसरी बस्नु भएको छ यस्तोमा पनि लगातार वीरगन्जमा ? अरुलाई जिम्मेवारी दिएर घर आउन मिल्दैन ? भयावह छरेन्त त्यहाँ त ? आलोपालो गरेर अफिस धाने पनि त हुने नि, ज्यानको त सबैलाई बराबरी माया हुन्छ हो...

लकडाउन कडाइ गर्ने, कर्फ्यु लगाउनेदेखि सिल गर्नेसम्मकाे सुझाव

साउन २० 2077   ekhabarnepal

काठमाडौं, साउन २० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट आउने नेपालीको परीक्षण गरी प्रमाणित भएपछिमात्र घर पठाइने बताउनुभएको छ । बाहिरबाट आउनेहरु आफै पनि जिम्मेवार हुनुपर्ने उहाँले बताउनुभयो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार विज्ञहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभयो । अहिलेको कोरोना संकट सल्टाउन सबैको भूम...

कोरोनाबाट मृत्यु हुनेको संख्या ५८, उपत्यकामा ६२ सहित २५९ संक्रमित थपिए 

साउन २० 2077   ekhabarnepal

काठमाडौं,श्रावण २० । नेपालमा कोरोना भाइरस कोभिड १९ बाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङको विराटनगर महानगरपालिका ५, आदर्शटोलका ७७ वर्षीयको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमार्फत जानकारी दिए ।   म...

अख्तियारका कर्मचारीले पत्रकारमाथि गरेको दुव्र्यवहारको भ्रत्र्सना

साउन १९ 2077   ekhabarnepal

बुटवल, १९ साउन ।  नेपाल पत्रकार महासंघ रुपन्देहीले जिल्ला उपाध्यक्ष दिनेश पाण्डे र केन्द्रीय सभासद भगवती पाण्डेमाथि अख्तियारका कर्मचारीले गरेको दुव्र्यवहारप्रति घोर भ्रत्र्सना गरेको छ ।  अध्यक्ष यानेन्द्र जीसी र सचिव रामप्रसाद आचार्यद्वारा जारी विज्ञप्तीमा सार्वजनिक स्थानमा गरिएको खानतलासीको भिडियो तथा तस्तीर लिनेक्रममा पत्रकार परिचय दिँदा समे...

आज जनै पूर्णिमा पर्व मनाईँदै, रोग प्रतिरोधी क्षमता बढाउन क्वाँटी पनि खाइदै 

साउन १९ 2077   ekhabarnepal

काठमाडौँ, साउन १९  हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन अर्थात् जनै पूर्णिमा जसलाई ऋषि तर्पणी पनि भनिन्छ आज सोमबार मनाइदैछ । देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँने यो पर्वमा गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । ।...

आज जनै पूर्णिमा पर्व मनाईँदै, रोग प्रतिरोधी क्षमता बढाउन क्वाँटी पनि खाइदै 

साउन १९ 2077   ekhabarnepal

काठमाडौँ, साउन १९  हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन अर्थात् जनै पूर्णिमा जसलाई ऋषि तर्पणी पनि भनिन्छ आज सोमबार मनाइदैछ । देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँने यो पर्वमा गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । ।...

चिनियाँ ताल फुट्ने जोखिम, नेपालीलाई सचेत रहन आग्रह

साउन १८ 2077   ekhabarnepal

-रासस   सिन्धुपाल्चोक,साउन  १८   छिमेकी मुलुक चीनस्थित न्याल क्षेत्रमा केरुङ च्छो ताल फुट्ने जोखिम कायमै रहेको छ । त्यसप्रति सचेत रहन भन्दै सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयलाई जानकारी आएकोे छ । ताल फुटेमा भोटेकोशी तटीय क्षेत्रमा क्षति पु¥याउन सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ । तिब्बत क्षेत्रमा निरन्तरको वर्षाका कारणले ताल फुट्ने सम...

बाँकेमा संक्रमणको जोखिम बढ्यो ः आजदेखि निषेधाज्ञा जारी

साउन १८ 2077   ekhabarnepal

बाँके,साउन १८     कोरोना भाइरसको संक्रमणको जोखिम बढेपछि बाँकेमा स्थानीय प्रशासनले आइतबारदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गरेको छ । नेपालगञ्जमा सरकारी कार्यालय र समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा एकै दिन ३० जनामा सङ्क्रमण देखिएपछि कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । कोरोनाको ज...

कोरोनाबाट थप एक महिलाको मृत्यु, मृतकको संख्या ५८ पुग्यो 

साउन १८ 2077   ekhabarnepal

काठमाडौं,साउन १८  :   वीरगञ्जको वयोधा अस्पतालमा कोरोना सङ्क्रमणको कारण एक जना महिलाको मृत्यु भएको छ। शुक्रबार पीसीआर रिपोर्टमा कोरोना सङ्क्रमण देखिएकी ६८ वर्षीय महिलाको शनिबार साँझ वीरगञ्जको नारायणी वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।  नारायणी अस्थायी कोरोना अस्पताल गण्डकका इन्चार्ज डा निरजकुमार सिंहले वीरगञ्ज महानगरपालिका वडा नम्बर ...

काठमाडौंमा कोरोना महामारी डरलाग्दाे बन्दैछ : स्वास्थ्य मन्त्रालय

साउन १८ 2077   ekhabarnepal

   रासस काठमाडौं, साउन १७  सरकारले जनस्वास्थ्यका सामान्य मापदण्ड पनि पालना नगर्ने तथा कोरोनाप्रतिको बढ्दो हेलचक्र्याइँ आत्मघाती हुनसक्ने जनाएको छ। लकडाउन अन्त्य भएसँगै सहरी क्षेत्रमा बढ्दो भिडभाड, कोरोनाप्रति झन् संवेदनशील बन्नुपर्ने समयमा सर्वसाधारणले बेवास्ता गरेको पाइएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थिति भयावह हुनसक्ने जोखिम दे...

अदालतले अयोध्यालाई राम जन्मभूमि भनेको छैन  

साउन १७ 2077   ekhabarnepal

 लोकमणि पौडेल राम जन्मभूमिको विषय यति गहन र गम्भीर छ कि हामीले त्यसको गहनता र गाम्भीर्य आत्मसात् गरेका छैनौँ कि जस्तो लाग्छ । नेपालमै राम जन्मभूमिको मुद्दा सत्यको नजिक हुँदाहुँदै पनि हामीमध्ये कतिपयले यसको बेवास्ता मात्रै होइन, खण्डनसमेत गरिरहेका छौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भानुजयन्तीका अवसरमा रामको जन्म नेपालकै ठोरी वरिपरि भएको अभिव...

निजी अस्पतालको उपचार शुल्क निर्धारण

साउन १६ 2077   ekhabarnepal

काठमाडौँ,  साउन १६ गते । निजी अस्पतालले कोरोना भाइरस रोगको उपचार गरेबापत शुल्क तोकिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी अस्पतालले कोरोना उपचार गराए बापतको रकम तोकेको हो । सङ्क्रमित व्यक्ति र अस्पतालको समेत सहमतिमा उपचार गर्न चाहेको खण्डमा मन्त्रालयले तहगत रूपमा दररेट तोकेको हो । तह एक, दुई र तीन गरी मन्त्रालयले प्रतिदिन लिन पाउने शु...

यसरी सकिन्छ ४० लाखलाई रोजगारी सृजना गर्न 

साउन १५ 2077   ekhabarnepal

डी.आर. घिमिरे २०४७ सालको कुरा हो । महिना र दिन याद भएन । सो दिन राती गुल्मीको शान्तिपुरमा जिवराज आश्रितसंगै उनी वसेका थिए । भर्र्खरै वहुदल आएको थियो । पञ्चायतको अन्त्य पश्चात् छुट्टै प्रकारको वातावरण थियो । सवैमा उत्साह थियो । अव चुनाव होला र सरकार वन्ला भन्ने पनि थियो ।  त्यत्तिकैमा उनी अर्थात् डा. वद्री गौतमले आश्रितसंग एउटा जिज्ञासा राखे । ...

ओलीलाई भेटेपछि दाहालको स्थायी कमिटी बैठक, बैठक सुचारु गर्न सक्नुहुन्न ः नेम्वाङ

साउन १३ 2077   ekhabarnepal

 काठमाडौँ, साउन १३   अनिश्चितकालका लागि स्थगित भएको भनिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ।  प्रचण्डको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो।  बैठक सुरु गर्नुअघि दाहाल ओलीलाई भेटेर फर्केका थिए। ओलीलाई भेट्न प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल पनि दाहालसँगै गएका थिए।  प्रचण्डल...

बामदेवको मध्यमार्गी प्रस्ताव  प्रस्तावः ओली पाँचै वर्ष प्रधानमन्त्री

साउन १३ 2077   ekhabarnepal

काठमाडौँ – सत्तारुढ नेपाल कम्युष्टि पार्टीका उपाध्यक्ष बामदेव गौतम पार्टीमा देखिएको हालको संकट समाधानका लागि मध्यमार्गी प्रस्ताव ल्याएका छन् । उनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मिलेर पार्टी अघि बढाउन आग्रह गरी मध्यमार्गी प्रस्ताव ल्याएका हुन् । नेता गौतमले ओली पार्टीको एकता महाधि...

प्रदेश ५ सहित देशैभरी भारी वर्षा हुने, सतर्क रहन आग्रह

साउन १३ 2077   ekhabarnepal

काठमाडौँ, साउन १३ गते । नेपालमा मनसुन फेरि सक्रिय भएसँगै आउँदो चार दिन वर्षाको उच्च जोखिम रहेको छ । अरब सागरबाट जलवायुयुक्त वाष्पकणको आगमन भइरहेकाले मनसुन फेरि सक्रिय भएपछि सतर्क रहन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार न्यून चापीय रेखा सोमबारदेखि तराई भूभाग नजिक आएसँगै वर्षाको उच्च जोखिम बढेको हो । आज मंगलबारदेखि वर्षाको मात्र...

दुर्गम क्षेत्रमा हवाई सेवा सम्बंधी आयोगको सिफारिस

साउन १२ 2077   ekhabarnepal

बुटवल, साउन २ राष्ट्रिय मानव अधिकार आयोगले उपभोक्ताको मानव अधिकार अनुगमन निर्देशिका स्वीकारेको दिनलाई स्मरण गर्दे आज आयोगले दुर्गम क्षेत्रका हवाई सेवाका उपभोक्ताको मानब अधिकारको अवस्था  अध्ययन प्रतिबेदन सार्वजनिक गरेको छ । उपभोक्ता हित संरक्षण मंचको सहजीकरणमा आयोजित भर्चुअल कार्यक्रममा आयोगका अध्यक्ष अनुपराज शर्माले सो प्रतिवेदन सार्वजनिक गर्दै...

पहिरोमा स्काभेटर पुरियो, दुई चालक बेपत्ता

साउन ११ 2077   ekhabarnepal

  रासस बागलुङ , साउन ११ बागलुङ नगरपालिका-१ निरयघाट नजिक खसेको पहिराले स्काभेटर पुरिँदा दुई जना बेपत्ता भएका छन्। पहिरोले स्काभेटर, टिपर र ट्रयाक्टर पुरेको छ। गएराति साढे आठ बजे खसेको पहिरामा परी टिपर चालक निर्मल पुन र ट्रयाक्टर चालक रोशन नेपाली बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए। स्काभेटर चालक ...
To Top