समाज

खाद्यवस्तुका पसल निर्बाध रुपमा सञ्चालन गर्न सरकारको आग्रह

चैत्र १२ २०७६   ekhabarnepal

  काठमाण्डौ, चैत १२  सरकारले अत्यावश्यक खाद्यवस्तु बिक्री गर्ने पसलहरु निर्बाध रुपमा सञ्चालन गर्न आग्रह गरेको छ ।  ‘लकडाउन’को पहिलो दिन कतिपय आवश्यक खाद्यवस्तु बिक्री हुने पसल समेत बन्द देखिएपछि गृह मन्त्रालयले स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, भन्सार, फोहोरमैला व्यवस्थापनलगायत कारोबार गर्ने पसलहरु बन्द नहुन...

महामारीका कथा

चैत्र १२ २०७६   ekhabarnepal

उत्तरकुमार पराजुली हाम्रो परम्परागत चिकित्सामा हैजाभन्दा पनि ठूलो महामारीका रूपमा बिफर(गोटी)लाई लिइन्थ्यो । “हैजाको हस्को गोटीको झस्काे” भन्ने लोकोक्ति नै चलेको थियो । अर्थात् हैजा सर्नका लागि छोइ संसर्ग वा सम्पर्क पनि चाहिन्न, गन्ध नै रोग सर्नका लागि पर्याप्त हुन्छ । तर गोटी अर्काथात बिफरका लागि मन झस्के, तर्से, डराए पनि सर्छ भन्ने कुराले बि...

कोरोना संक्रमित युवतीको अबस्था सामान्य,अन्य व्यक्ति उच्च जोखिममा  

चैत्र ११ २०७६   ekhabarnepal

काठमाडौं, चैत १० गते । शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुमा उपचार गराइ रहनु भएकी कोरोना संक्रमित युवतीको स्वास्थ्य अबस्था समान्य रहेको बताइएको छ । शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारीले कोरोना संक्रमित व्यक्तिको उपचार भइरहेको जानकारी दिनुभयो ।  उहाँलाई हामीले उपचार गरिरहेका छौं, डा. राजभण्डारीले भन्नुभयो,...

भोलिबाट पूरै देश लकडाउन, घरबाट बाहिर निस्कन नपाइने

चैत्र ११ २०७६   ekhabarnepal

काठमाडौं, चैत १० नेपालमा कोरोना भाइरसबाट थप एक व्यक्ति संक्रमित भएको पाइएपछि सरकारले देशभर ‘लक डाउन’ गर्ने निर्णय गरेको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार उच्चस्तरीय समन्वय समितिको सोमबार साँझ बसेको बैठकले मंगलबार बिहान ६ बजेबाट देशभर ‘लक डाउन’ गर्ने निर्णय गरेको हो। अहिल...

प्रदेश सरकारले १० करोडको कोष बनाउने

चैत्र १० २०७६   ekhabarnepal

बुटवल, चैत १० प्रदेश सरकार, मन्त्रिपरिषदको आज चैत १० गते बसेको बैठकले १० करोड रुपैयाँको नोभल कोरोना भाइरस नियन्त्रण कोष बनाउने निर्णय गरेको छ । त्यसैगरी कोषमा मुख्यमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्नु हुने छ । नोभल कोरोना भाइरस नियन्त्रण, प्रतिकार्य र रोकथामका लागि आइसोलेसन अस्पताल निर्माण, सञ्चालन र व्यवस्थापन गर्न मन्त्रीहरु संय...

कैलालीको गोदावरीमा विस्फोट हुँदा एकको मृत्यु

चैत्र ९ २०७६   ekhabarnepal

काठमाडौं,चैत ९ । कैलालीको गोदावरी नगरपालिका-४ फूलबस्तीमा विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ। कैलालीका प्रहरी प्रमुख एसपी सुदिप गिरीले अन्दाजी ४० वर्षीय नरबहादुर विकको मृत्यु भएको बताए। दाउरा लिन जंगल गएका विकले तामाको जस्तो देखिने वस्तु घरमा ल्याएर जलाउन खोज्दा विस्फोट भएर उनको घटनास्थलमै मृत्यु भएको गिरीले जानकारी दिए। “विस्फोट भएर मृ...

छिमेकी सबै सीमा-नाका बन्द गर्ने सरकारको तयारी 

चैत्र ८ २०७६   ekhabarnepal

काठमाडौं, चैत ८  कोरोना भाइरस (कोभिड १९) बाट बच्‍न सरकारले छिमेकी देशसँगका सबै नाका बन्द गर्ने तयारी गरेकाे छ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शुक्रबार साँझ बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा कोरोनाबाट सुरक्षित रहन देशका सबै नाकामा मानिसको आवतजावत बन्द गर्ने विषयमा छलफल भएको हो।   एक...

प्रदेश सरकार कोरोना नियन्त्रणका लागि खरो ढंगले उत्रियो

चैत्र ८ २०७६   ekhabarnepal

बुटवल, चैत ०७  प्रदेश सरकारले कोरोनाको नियन्त्रणका लागि विभिन्न ठाउँमा आइसोलेशनको स्थापना, रेपिड रेष्पोन्स गठन, सूचना प्रणाली वनाउने, भारतीय गाडीको उपचार गरेर मात्र ल्याउन दिनेलगायत महत्वपूर्ण निर्णय गरेको छ ।  मुख्यमन्त्रीज्यूको अध्यक्षतामा मुख्त्रीमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकले कोभिड—१९ पूर्वतयारी, प्रतिकार्य र नियन्त्रणका ...

बलात्कारका दोषीलाई फासी

चैत्र ७ २०७६   ekhabarnepal

२०७६ चैत ७  सन २०१२ मा भएको निर्भया सामूहिक बलात्कार घटनाका चार दोषीलाई आज (शुक्रबार) फासी दिइएको छ । अक्षय ठाकुर, विनय शर्मा, पवन गुप्ता र मुकेश सिंहलाई शुक्रबार बिहान दिल्लीको तिहाड जेलमा फासी दिइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनीहरु चारैजनालाई सन २०१३ मा बलात्कार घटनामा दोषी ठहर गर्र्दै फासीको सजाय सुनाइएको थियो । भारतको ...

सार्वजनिक सवारी साधनलाई रुट इजाजत नचाहिने

चैत्र ७ २०७६   ekhabarnepal

काठमाडौं,चैत ६ गते । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनलाई इजाजतपत्र (रुट परमिट) खुला गरेको छ । विभागले सरकारले स्कुल कलेजसहित विभिन्न शैक्षिक संघ संस्था बन्द गरेसँगै सार्वजनिक सवारीमा यात्रुको चाप बढ्ने अनुमानका आधारमा रुट पर्मिट खुला गरेको हो । बिबी राजमार्गमा भने हाल कायम रहेको मापदण्डभित्रका सवारी मात्रै जान पाउनेछन् । काठमाडौं...

ठूलो परिमाणमा हतियार बरामद

चैत्र ७ २०७६   ekhabarnepal

हुप्सेकोट (नवलपरासी ), चैत्र ६ गते । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा ठूलो परिमाणमा हतियार बरामद भएको छ । हुप्सेकोट गाउँपालिका वडा न २ बाट बिहीबार हतियार बरामद भएको र स्थानीयले दश थान भन्दा बढि हतियार प्रहरीले बरामद गरेको भए पनि जिल्ला प्रहरी कार्यालयले संख्या भने अझैं सार्वजनिक गरेको छैन । पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी प...

 पेट्रोलियम पदार्थको मूल्य घट्यो

चैत्र ४ २०७६   ekhabarnepal

  काठमाडौं,चैत ३ । हवाइ इन्धनसहित पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई रुपैयाँ घटाएको छ ।  यससँगै काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १०६ रुपैया र डिजेल र मट्टितेल प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको छ ।  यसैगरी आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ...

अत्यधिक असिनाका कारण शितगंगामा करोडौको क्षती

चैत्र ३ २०७६   ekhabarnepal

अर्घाखाँची चैत २, अर्घाखाँची जिल्लाको शितगंगा नगरपालीकाका विभिन्न वडाहरुमा चैत १ गते राती परेको असिना पानीका कारण करौडौको क्षती भएको छ । चैत १ गते राती परेको असिना पानीका कारण शितगंगा नगरपालीका ३,४,१० र १२ वार्डमा कृषकहरुले लगाएको तरकारी, फलफूल र अन्नबाली पुर्णरुपा क्षती भएको छ भने व्यबसायिक रुपमा बनाईएका फर्महरु समेत भत्किएर क्षती भएको ...

अर्घाखाँचीमा असिनाले चुटेर बालकको मृत्यु

चैत्र ३ २०७६   ekhabarnepal

चैत्र २, २०७६रासस अर्घाखाँची — जिल्लाको शितगङ्गा नगरपालिकामा १० वर्षीय बालकको असिनापानीले चुटेर मृत्यु भएको छ ।  नगरपालिका–१२ रजिया रातामाटाका १० वर्षीय विकास नेपालीको शनिबार रातिको असिनापानीले चुटेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए। सुस्त मनस्थितिका नेपाली शनिबार दिउँसो रजियाको राता...

‘जलवायु परिवर्तनसँग जुध्न उपभोगको व्यवहारमै परिवर्तन आवश्यक छ’

फागुन २९ २०७६   ekhabarnepal

रासस –भीष्मराज ओझा  काठमाडौं,फागुन २८, २०७६  । राष्ट्रिय योजना आयोगका सदस्य डा.कृष्णप्रसाद ओलीले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको र यसमा नेपाल एक्लोको प्रयासले मात्र केही गर्न नसकिने बताएका छन् । सदस्य डा.ओलीले रासससँगको कुराकानीमा जलवायु परिवर्तन विश्वव्यापी विषय भएको र यसमा नेपालजस्ता अतिकम विकसित मुलुकले अरु मुलुकले गरेको कार्...

आज फागु पूर्णिमा (होली), यस्तो छ इतिहास

फागुन २६ २०७६   ekhabarnepal

 पूर्णप्रसाद मिश्र,रासस काठमाडाैं फागुन २६, २०७६ फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।    केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलोरूपम...

वैशाखदेखि १५ मेगावाट सौर्य ऊर्जा उत्पादन हुने

फागुन २६ २०७६   ekhabarnepal

रासस  रमेश लम्साल काठमाडौँ, फागुन २६ गते । देशकै हालसम्मकै ठूलो सौर्य ऊर्जा प्रणालीबाट आगामी वैशाखभित्र विद्युत् उत्पादन गर्ने तयारीका साथ काम अन्तिम चरणमा पुगेको छ । ऊर्जा मिश्रणको अवधारणाअनुसार नै नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा २५ मेगावाट क्षमताको सौर्य प्रणाली निर्माण गरिरहेको छ । ग्रिडमा आबद्ध नेपालकै सबैभन्दा ठूलो सोलार आयोजनाका र...

 देशभर बदली तथा चट्याङ हवाहुरी र असिनाको संम्भावना

फागुन २४ २०७६   ekhabarnepal

काठमाडौं, फागनु २४ गते । आज देशभर समन्य बदली रही देशका केही स्थानमा मेघ गर्जन सहित चट्याङ, हावाहुरी र असिना सहित वर्षाको सम्भावना रहेको मौसम पूवानुमान महाशाखाले जनाएको छ । महाशाखाले हाल देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । त्यस्तै आइतबार देशको पुर्वी भू-भागमा आंसिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफ...

फुर्केटारी सामुदायिक वनले पानी उद्योग शुरु गर्दै

फागुन २३ २०७६   ekhabarnepal

रासस  काठमाडौ, फागुन २२ गते ।  जङ्गलको बीच भागस्थित चट्टान छिचोल्दै निस्केको शुद्ध पानीलाई सदुपयोग गर्दै यहाँको एउटा सामुदायिक वन समूहले व्यावसायिक पानी उद्योग सञ्चालन गर्न लागेको छ । पोखरा महानगरपालिका–२५ हेम्जास्थित फुर्केटारी सामुदायिक वन समूह वन पैदावारको भरपुर उपयोगसँगै व्यावसायिक पिउने पानीको उद्योग सञ्चालनमा ल्याउने तयारीमा जुटेको हो । ...

कपिलवस्तुको विजनगरमा बुधबार राती ६ गाडी  जलाइए

फागुन २२ २०७६   ekhabarnepal

 कपिलवस्तु,फाल्गुन, २२ । कपिलवस्तुको पश्चिमी क्षेत्रमा अवस्थित विजयनगर गाउँपालिकामा बुधबार राती ६ गाडीमाथि आगजनी भएको छ । गाउँपालिकाको लोहोरौलामा हुलाकी मार्ग निर्माण गर्ने जिम्मा लिएको शर्मा एण्ड शर्मा कम्पनीका दुई जेसिभी, दुई स्काभेटर र दुई स्कारपियोमा आगजनी भएको  छ ।  कपिलवस्तुको शिवराज नगरपालिका १ तुरुन्तपुरमा १ वटा स्काभेटर, विजयनगर गाउ...

शहरमा होम स्टे ः हलो काटी मुङ्ग्रो

फागुन १९ २०७६   ekhabarnepal

डी.आर.घिमिरे अहिले जताततै होम स्टे चलाउने लहर चलेको छ । शहरमा, गाउँमा, वजारमा, पहाडमा, तराइमा, हिमालमा होम स्टे चलाउन पालिकाहरुले प्राथमिकता दिन थालेका छन् । खासगरि पालिकाहरुले केही न केही नयाँ काम गरौं भन्ने अर्थमा पनि अनुदान दिएर होम स्टे चलाउन उत्साहित गर्दैछन् ।  यसलाई एक अर्थमा सकारात्मक मान्न सकिएला तर, होम स्टेको वास्तविक अर्थ के हो भन्...

बुटवलमा नयाँ पर्यटकीय गन्तव्य कपरकट्टी ताल, मुख्यमन्त्रीद्वारा शुभारम्भ

फागुन १६ २०७६   ekhabarnepal

बुटवल, फागुन १५ । बुटवल उपमहानगरपालिकामा अर्को पर्यटकीय गन्तव्य व्यवस्थित भएको छ । बुटवल वडा नंं.१६ बैठउलियास्थित कपरकट्टी ताल र आसपासको सिमसार क्षेत्रलाई संरक्षण गरी एउटा महत्वपूर्ण गन्तव्यका रुपमा विकास गरिएको छ । तालमा डुंगाको शुभारम्भ गराउँदै मुख्यमन्त्री शंकर पोखरेलले पर्यटन प्रवद्र्धनका लागि थप नयाँ व्यवस्थित कामको सुरुआत गरेको भन्दै बुटव...

विद्युतीय बसमा यात्रुको आकर्षण बढ्दो

फागुन ९ २०७६   ekhabarnepal

रासस    सञ्चिता घिमिरे काठमाडौँ, फागुन ९ गते । एकान्तकुनाकी सम्झना घले केही समय कुरेर भए पनि विद्युतीय बसमा यात्रा गर्नुहुन्छ । अरु बसभन्दा आवाज नआउने, गन्ध नआउने भएकाले उहाँले विद्युतीय बस चढ्ने गर्नुभएको हो । विद्युतीय बसमा यात्रा गर्न सहज भए पनि बस नै कम भएको उहाँको गुनासो छ । उहाँले भन्नुभयो, “कहिलेकाहीँ त एउटा भर्खर जाँदा घण्टौँ कुर्...

राममणिका चारजना सञ्चालकले दिए राजीनामा

फागुन ८ २०७६   ekhabarnepal

तिलोत्तमा, ८ फागुन । क्याम्पस सञ्चालनमा एकलौटी ढंगले अघि बढ्न खोजेको भन्दै राममणि बहुमुखी क्याम्पस मणिग्रामका चारजना सञ्चालक समिति सदस्यले बिहीबार सामूहिक राजीनामा दिएका छन् ।  योग्यता, क्षमता र सामाजिक व्यक्तिको सट्टा क्याम्पस सञ्चालक समिति बनाउँदा राजनीतिकरण गर्न खोजेको, सहमति विपरित वरिष्ठ प्राध्यापकलाई उपेक्षा गरी जुनियरलाई क्याम्पस प्रमुख...

चुरे विनाश, दिगो व्यवस्थापन र भू–उपयोग नीति कार्यान्वयन नहुनु'

फागुन ७ २०७६   ekhabarnepal

काठमाडौ, फागुन फागुन ७   प्राकृतिक स्रोतको उत्खनन र संकलनको व्यवस्थापन र भू–उपयोग नीति कार्यान्वयन नभएकाले चुरे विनाश नरोकिएको विज्ञ तथा सरोकारवाला मन्त्रीहरुले औल्याएका छन् । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले मंगलबार आयोजना गरेको चुरे संरक्षणसम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठिमा सहभागी विज्ञ तथा मन्त्रीहरुहरुले चुरे विनाश र ह्...

महरामाथिको ‘अभियोग दावी नपुग्ने ठहर’

फागुन ५ २०७६   ekhabarnepal

काठमडौं, फागुन ५ गते । जिल्ला अदालत काठमाडौंले पूर्व सभामुख कृष्णबहादुर महरा माथि लागेको अभियोग दावी नपुग्ने ठहर गरेको छ । सोही आधारमा उहाँलाई सफाइ दिएको सर्वोच्च अदालतको वेभसाइटमा जिल्ला अदालतको दैनिक पेशी महलमा उल्लेख छ । यस्तै फैसला बारे कुरा गर्दै जिल्ला अदालत काठमाडौंका प्रवत्ता आनन्दकुमार श्रेष्ठले प्रतिवादी महराले अदालमा दिएको इन्कारी व...

बुद्धका उपदेशबाटै विश्वलाई विभेदबाट मुक्त गर्न सकिन्छ

माघ २६ २०७६   ekhabarnepal

बुटवल,माघ २५, २०७६ । गौतमबुद्धको सन्देशबाटै नेपालको पहिचान विश्वका धेरै मुलुकमा पुगेको विज्ञहरुले बताएका छन् । भारत वर्षमा रहेकै समयमा विस्तार भएको बौद्ध धर्मले नेपालको पहिचानमा महत्वपूर्ण भूमिका खेलेको उनीहरुको भनाइ छ । बुद्ध नेपालमा जन्मिएको भन्ने सन्देश कयौं शताब्दी पूर्व नै छिमेकी चीनसहितका मुलुकमा विस्तार भएको विज्ञहरुले दावी गरेका छन् ।...

 २२ तले धरहराबाट नौ महिनाभित्र काठमाडौँको दृश्वावलोकन गर्न पाइने

माघ २६ २०७६   ekhabarnepal

रासस     सिबी अधिकारी काठमाडौं,माघ २५, २०७६ । पुरातात्विक महत्वको राष्ट्रिय सम्पदा धरहराबाट राजधानी काठमाडौँको दृश्वावलोकन गर्ने आम सर्वसाधरणको उत्कट चाहना अब छिट्टै पूरा हुनेभएको छ । राष्ट्रको धरोहर अत्याधुनिक धरहरा अबको नौ महिनाभित्र मुख्य संरचना सक्नेगरी यतिखेर तीव्र गतिमा निर्माण भइरहेको हो । देशको गौरव र पहिचानसँग जोडिएको ऐतिहासिक धर...

ललिता निवास प्रकरणमा विजय गच्छदारसहित १७५ विरुद्ध मुद्दा

माघ २२ २०७६   ekhabarnepal

काठमाडौँ,माघ २२, २०७६ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा विक्री प्रकरणमा कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।   अख्तियारले विशेष अदालतमा बुधबार अपरान्ह उक्त मुद्दा दर्ता गरेको हो । यो प्रकरणमा गच्छदार, अख्तियारकै पूर्वप्रमुख दीप बस्न्यातविरुद्ध पनि भ...

नेतृत्व विकासमा सकारात्मक सोंचसम्वन्धी तालिम

माघ २२ २०७६   ekhabarnepal

बुटवल, माघ २२  कञ्चन गाउँपालिकाका पाँचवटै वार्डमा नेतृत्व विकासका लागि सकारात्मक सोंचसम्वन्धी तीन दिने तालिम सम्पन्न भएको छ । पालिका र पानश फाउण्डेशन नेपालको आयोजनामा सञ्चालित तालिमको उद्घाटन गर्दै पालिका अध्यक्ष गोकर्ण क्षेत्रीले भौतिक विकासलाई मात्र विकास मान्न नसकिने भएकोले समग्र मानवीय विकासका लागि यो तालिम आयोजना गरिएको विचार राख्नुभयो । ...

चीनबाट र चीनहुँदै अष्ट्रेलिया आएमा भिसा रद्द गरेर हिराशतमा राखिने

माघ २० २०७६   ekhabarnepal

अष्ट्रेलियाको सरकारले चीनबाट र चीनहुँदै अष्ट्रेलिया आउन निषेध गरेको छ । यदि कोही व्यक्ति आएको खण्डमा भिसा रद्द गरिने र हिराशतमा राखिने अष्ट्रेलियाको सरकारले चेतावनी दिएको छ । सरकारले यस्तो प्रतिबन्ध लगाएपछि चीनबाट अष्ट्रेलिया जान ठिक्क परेका हजारौं यात्रुहरुले यात्र गर्न पाएका छैनन् । चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि अष्ट्रेलियाले यस्तो ...

मोटरसाइकल र स्कुटी ठोक्किँदा २ जनाको मृत्यु

माघ १८ २०७६   ekhabarnepal

बुटवल, माघ १७ २०७६  रुपन्देहीको सैनामैना रामापुरमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा घाइते १ जनाको अवस्था गम्भिर रहेको छ । लु ४२ प ७०९६ नम्बरको मोटरसाइकल, लु ३५ प ५०१९ नम्बरको मोटरसाइकल र लु २४ प ७४७२ नम्बरको स्कुटी एकआपसमा ठोक्किँदा दुईजनाको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक...

    नर्बु लामा नथाकलाई रोगले थकायो, फादर अफ कन्जुमरको पदविबाट सम्मानित  

माघ १७ २०७६   ekhabarnepal

बुटवल, १७ माघ । उपभोक्ता हित संरक्षण मञ्च प्रदेश नम्बर ५ को बुटवलमा बसेको बैठकले विगत दुई दशकदेखि उपभोक्ता हित संरक्षणमा काम गर्दै आउनुभएका उपभोक्ता हित संरक्षण मञ्च केन्द्रीय कमिटीका पूर्व सचिव, रूपन्देही जिल्लाका संस्थापक अध्यक्ष तथा वरिष्ठ लेखक नर्बु लामा नथाकलाई उपभोक्ताका पिता (फादर अफ कन्जुमर) को पदविले सम्मान गरेको छ । उपभोक्ता आन्दोल...

बोराले च्यापिएर एकै परिवारका ४ जनाको मृत्यु

माघ १६ २०७६   ekhabarnepal

  बुटवल,माघ १६, २०७६  बोराले च्यापिएर रुपन्देहीमा एकै परिवारका चार जनाको मृत्यु भएको छ । बोराको थुप्रोले च्यापिएर भारत बिहारका ३० वर्षीय सहजाद हुसेन, उनकी श्रीमती २८ वर्षीया सद्धव खातुन, ६ वर्षीय छोरा सुल्तान रजा र २ वर्षीया छोरी सहिना खातुनको मृत्यु भएको हो । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ पिपरहियामा आफैले संकलन गरेर राखेको बोराले ...

रूपन्देहीमा दुई ट्रक ठोक्किँदा ३ को मृत्यु, ९ घाइते

माघ १४ २०७६   ekhabarnepal

काठमाडौं, माघ १४, २०७६ रूपन्देहीकाे रोहिणीमा मंगलबार बिहान दुई ट्रक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ। ९ जना घाइते भएका छन्। भैरहवाबाट नवलपरासीतर्फ जाँदै गरेको ना २ ख ८४८१ नम्बरको ट्रक र भैरहवा आउँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक मंगलबार बिहान साढे ५ बजेति आपसमा ठोक्किएका हुन्। दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। ९ जना घाइते भएका छन्...

 तीन दिन वर्षा/हिमपातको सम्भावना

माघ १३ २०७६   ekhabarnepal

नेपालमा पानी पार्ने मौसमी प्रणाली प्रवेश गर्दै  काठमाडौं, माघ १३ नेपालमा फेरि पानी पार्ने मौसमी प्रणाली प्रवेश गर्दै छ। पश्चिमी वायुबाट विकसित पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्ने क्रममा रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार यो प्रणाली नेपालतर्फ नजिकिँदै छ र आज (सोमबार) दिउँसोसम्म...

साझा यातायातलाई दिएको ३ अर्ब सरकारले व्याजसहित फिर्ता लिने

माघ १० २०७६   ekhabarnepal

काठमाडौं,माघ, ०९ २०७६,  सरकारले बिजुली बस किन्नका लागि साझा यातायात सहकारीलाई दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने भएको छ। बिहीबार मन्त्रिपरिषद्को बैंठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले तोकिएको समयमा साझाले बस खरिद गर्न नसकेकाले उक्त रकम ब्याज सहित फिर्ता लिने नि...

पाँच घण्टापछि खुल्यो नारायणगढ-मुग्लिन सडक

माघ ८ २०७६   ekhabarnepal

काठमाडौं, माघ ८, २०७६ नारायणगढ-मुग्लिन सडक खण्डमा खसेको सुक्खा पहिरो पन्छाइएपछि गाडी चल्न थालेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा मङ्गलबार राति सुक्खा पहिरो खसेको थियो। राति ९ः३० बजे पहिरो खसेर अवरुद्ध बनेको सडक बुधबार बिहान २ः४५ बजेबाट सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक आयोजन...

रुपन्देहीको लागि गौरवको आयाजना ः तिनाउ–दानव ‘रिभर रुट’

माघ ८ २०७६   ekhabarnepal

 बुटवल, माघ ८ । तिनाउ र दानव नदीको दुबैतर्फ बाइपास सडक (रिभर रुट) बनाइने  भएको छ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी र भारतसम्म जोड्ने गरी वनाइने भएको छ ।     दुबै नदीको वारी र पारी ७ मिटरका दरले दुई लेन सडक, २ मिटर फुटपाथ, ३ मिटर ग्रीनरी र दुबैतर्फ १.५ मिटरको नाली हुनेतिनाउतर्फ १५–१५ किलोमिटरका दरले ३० किलोमिटर र दा...

लुम्बिनी विकास कोषको सदस्य सचिवमा ज्ञानिन राई

माघ ८ २०७६   ekhabarnepal

भैरहवा,माघ ८, २०७६ । लामो समयसम्म रिक्त रहेको लुम्बिनी विकास कोषको सदस्य सचिवमा ज्ञानिन राई नियुक्त हुनुभएको छ । कोषमा सदस्य सचिव नहुँदा कोषकै योजना प्रमुख इन्जिनियर सरोज भट्टराईले निमित्त सदस्य सचिवका रुपमा काम गर्दै आउनुभएको थियो । पर्यटन मन्त्रालयको मन्त्रीस्तरीय बैठकले कोषका वरिष्ठ कर्मचारीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेसँगै राई...

भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको प्राणी उद्यान बन्दै

माघ ७ २०७६   ekhabarnepal

भक्तपुर, माघ ७ गते । भक्तपुर जिल्लाकोे सूर्यविनायकमा निर्माणाधीन राष्ट्रिय प्राणी उद्यानलाई अन्तर्राष्ट्रियस्तरको जैविक अध्ययन केन्द्र बनाइने भएको छ । नेपालमा त्यस्तो जैविक अध्ययन केन्द्र अहिलेसम्म निर्माण भएको छैन । अन्तर्राष्ट्रियस्तरमा भने भारतको चण्डीगढमा यस्तै प्रकृतिको प्राणी उद्यान निर्माण भएको छ । उद्यानमा आउने अवलोकनकर्ताले नेपालमा प...

लुम्विनी प्रादेशिक अस्पतालको अध्यक्षमा सूर्य बहादुर भटराई

माघ ७ २०७६   ekhabarnepal

बुटवल माघ ६ । लुम्विनी प्रादेशिक अस्पतालको अध्यक्षमा पाल्पा मदन पोखराका सूर्य बहादुर भटराई र सदस्यमा  रिज्जु श्रेष्ठ नियुक्त भएका छन । आज बसेको मन्त्री परिषद बैठकले भटराईलाई अध्यक्षमा र श्रेष्ठलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।  मानबिकी बिषयमा स्नातक ५५ बर्षिय भटराई यस २०५९ सालमा पश्चिम नेपाल बस ब्यवसायी संघको अध्यक्ष भएका थिए ...

लुम्बिनी क्षेत्रको विकासका लागि सरकार ‘एक्सन’मा जाने घोषणा 

माघ ६ २०७६   ekhabarnepal

काठमाडौं, माघ ५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले लुम्बिनी क्षेत्रको विकासका लागि अब सरकार ‘एक्सन’मा जाने घोषणा गर्नुभएको छ । लुम्बिनी बिकास कोषले आज आयोजना गरेको ‘बृहत्तर लुम्बिनी क्षेत्रको योजना तथा विश्व शान्ति नगरको कार्यान्वयन’ बिषयक अन्तक्रिर्यामा मन्त्री भट्टराईले यस्तो बताउनु भएको हो । मन्त्री भट्टराईले लुम्...

 गाईको गहुँतबाट १ सय ४८ प्रकारका रोग निको हुन्छ

माघ ६ २०७६   ekhabarnepal

काठमाडाैं माघ ३, २०७६ स्थानीय गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुने वैज्ञानिक अनुसन्धानले प्रमाणित गरिसकेको छ । स्थानीय गाईको घ्यूले बढेको कोलेस्टेरोल (रगतमा हुने बोसो)ले सन्तुलन गराउनुका साथै मुटुरोगका लागिसमेत लाभदायक हुने तथ्य सार्वजनिक भएको छ ।  रुसी वैज्ञानिक शिरोबीचले मानिसमा हुने रेडियोधर्मी कणको प्रभाव नष्ट गर्ने क्षमता गाईको दूध...

एमसीसी परियोजनामा सैन्य संलग्नता छैन:अमेरिकी दूतावास, संसदद्वारा अनुमोदन गर्न नेकाँको जोड

माघ ४ २०७६   ekhabarnepal

काठमाडौं, माघ ३ नेपालस्थित अमेरिकी दूतावासले एमसीसी परियोजनामा कुनै पनि सैन्य मामिला नजोडिएको बताएकाे छ।  एमसीसीबारे नेपालमा बहस जारी रहँदा अमेरिकी दूतावासले यससम्बन्धी १० बुँदा सार्वजनिक गर्दै यो परियोजनामा सैन्य संलग्नता नरहेको बताएको हो। 'एमसीसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन। वास्तवमा अमेरिकी कानुनले कुनैपनि एमसीसी परियोजनामा...

यौन सम्पर्क कम गर्ने महिलाको महिनावारी चाँडै राेकिने  

माघ ३ २०७६   ekhabarnepal

 काठमाडौं, माघ ३, २०७६   धेरै कम यौनसम्पर्क गर्नेहरुको चाँडै महिनावारी रोकिने एक अध्ययनले पत्ता लागेको छ।  अनुसन्धानकर्ताले सप्ताहमा एकपटक यौनसम्पर्क गर्नेहरु भन्दा महिनामा एकपटक यौनसम्र्पक गर्नेहरु २८ प्रतिशतले चाँडै महिनावारी रोकिएको पत्ता लगाएका हुन्।  यौनसम्पर्कका कारणले शारीरिक रुपमा गर्भवती हुने अंगहरु क्रियाशिल भइरहने भएकाले महिनावारी ...

पत्रकार ढकालको हत्यामा स‌ंलग्न दुई जनालाई ३९ वर्ष जेल सजाय 

माघ ३ २०७६   ekhabarnepal

रासस     मकवानपुर,माघ ३, २०७६ :  पत्रकार मनोहर ढकालको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका दुई जनालाई जिल्ला अदालत मकवानपुरले दोषी ठहर गर्दै ३९ वर्षको कैद सजाय सुनाएको छ।  पत्रकार ढकालको हत्यामा संलग्न हेटौँडा–११ का २० वर्षीय अनमोल पुडासैनी र हेटौँडा १२ का १९ वर्षीय प्रविण वाइबालाई ३९ वर्षको कैद सजाय सुनाएको जिल्ला अदालत मकवानपुरले जनाइएको...

बुटवलमा रातभर वर्षा, २४ घण्टा वर्षा तथा हिमपात नराेकिने

माघ ३ २०७६   ekhabarnepal

काठमाडौं, माघ ३ पश्चिमी न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि नै बुटवल काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमा वर्षा भइरहेकाे छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार काठमाडौं उपत्यकामा पनि बिहीबार रातभर वर्षा भएको छ। शुक्रबार बिहानसम्म वर्षा जारी नै छ। वर्षाले सडक भिजेका छन् भने खाल्डाखुल्डीमा पानी जमेका छन्। पिच...

आज माघे संक्रान्ति : यस्तो छ महत्व

माघ १ २०७६   ekhabarnepal

 काठमाडौं, माघ १, २०७६ : माघे संक्रान्ति, मकर संक्रान्ति, माघी नामले चिनिने किरातहरुको नया बर्षको रुपमा परमपर देखीनै मनाउने गरिन्छ यो नेपालको एक प्रमुख चाड हो। यो माघ महिनाको पहिलो दिन पर्दछ। यस दिन नेपालमा सार्वजनिक विदा दिइन्छ। ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई...

 बुटवल–पोखरा सडक २५ अर्ब लागतमा विस्तार हुने

पौष २७ २०७६   ekhabarnepal

काठमाडौं, पुस २७, २०७६ बुटवलदेखि पोखरासम्मको १ सय ५७ किलोमिटर सडक विस्तार हुने भएको छ। भारतको एक्जिम बैंकको आर्थिक सहयोगमा उक्त सडकमार्ग विस्तार हुने भएको हो। दुई लेनको भनिए पनि स्ट्यान्डर्ड दुई लेनमा नरहेको यो सडक विस्तारपछि सबै ठाउँमा स्ट्यान्डर्ड दुई लेनको हुने सडक विभागले बताएको छ। सडक विस्तारको लागि भारतको एक्जिम बैंकसँग सहमती भएको छ ।...
To Top