विश्व

अमेरिकाद्वारा भारतलाई दिइएको व्यापारिक सुविधा हटाउने घोषणा

फागुन २१ २०७५   ekhabarnepal

वाशिङ्टन फागुन २१,  अमेरिकाले भारतलाई दिँदै आएको प्रिफरेन्सीयल ट्रेड स्ट्याटस अन्त्य गर्ने भएको छ । सो प्रावधान अन्तर्गत केही भारतीय उत्पादन अमेरिका जाँदा ड्युटी फ्री सुविधा प्राप्त थियो ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत आफ्नो बजारमा अमेरिकालाई पहुँचको बारेमा आश्वस्त पार्न असफल भएको जनाएका छन् । भारतले भने अमेरिकाको कदमले आफ्नो ...

विश्वका सर्वाधिक प्रदूषित सहर मध्य 'भारतका ७ सहर'

फागुन २१ २०७५   ekhabarnepal

नयाँ दिल्ली फागुन २१, विश्वका सर्वाधिक प्रदूषित वायु भएका १० सहरमा भारतका ७ परेका छन् । यो भन्दा पहिले धुवाले भरिएको उपाधी पाएका चिनियाँ सहरहरुले भने सुधार गरेका छन् । नयाँ दिल्ली नजिकै रहेको गुरुग्राम विश्वकै सर्वाधिक प्रदूषित सहर भएको ग्रिनपिस र एयर भिजुयलले जनाएका छन् । यो सहरमा २०१८ मा औसत वायुको गुणस्तर सूचक १३५.८ रहेको थियो । यो गुणस्त...

शक्तिशाली आँधीका कारण २२ जनाको मृत्यु

फागुन २० २०७५   ekhabarnepal

अलाबामा,अमेरिका,फागुन २०,  अलाबामा राज्यको दक्षिण पूर्वी क्षेत्रमा आएको शक्तिशाली आँधीका कारण मर्नेको संख्या २२ जना पुगेको छ । प्रहरीका अनुसार आँधीका कारण धेरै मानिस घाइते भएका छन् । आँधीले धनजनको ठूलो क्षति भएको छ । “पछिल्लो विवरण अनुसार २२ जनाको मृत्यु भएको छ । दुर्भाग्यवस, यो संख्या अझै बढ्ने खतरा देखिएको छ,” ली काउन्टी प्रहरी प्रमुख जे ज...

आर्थिक वृद्धि नहुनुमा 'फेडको मौद्रिक नीति दोषी':राष्ट्रपति ट्रम्प

फागुन २० २०७५   ekhabarnepal

एजेन्सी फागुन २०,  फेडरल रिजर्भको गलत मौद्रिक नीतिका कारण अमेरिकी आर्थिक वृद्धिदरमा कमी देखिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ । उहाँले भन्नुभयो, “मौद्रिक नीतिमा अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदरमा गरेको वृद्धिका कारण डलरको अवस्था बलियो भएको देखिएको तर आर्थिक वृद्धिदर कम देखिएको दावी ट्रम्पको छ । ‘कन्जरभेटिभ ...

बाढीका कारण अफगानिस्तानमा २० जनाको मृत्यु

फागुन १९ २०७५   ekhabarnepal

काबुल फागुन १९,  मुसलधारे वर्षासँगै आएको ठूलो बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु भएको छ भने अरु धेरै मानिस बेपत्ता भएका छन् । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा विनाशकारी ठूलो बाढी आएको र त्यसबाट भौतिक संरचनामा ठूलो क्षति पुगेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । अधिकारीहरुले कम्तीमा दश जना अझै पनि बेपत्ता रहेको...

ट्रम्प-किम वार्ता 'निश्कर्ष बिना टुङ्गिएपछि..'

फागुन १६ २०७५   ekhabarnepal

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भियतनामको हनोइमा भएको दोस्रो शिखर सम्मेलनले अपेक्षा गरिए अनुसारको नतिजा ल्याउन नसकेको बताइएको छ । अघिल्लो वर्षको ऐतिहासिक बैठकमा दुवैले उत्तर कोरियाको निशस्त्रीकरण प्रक्रियाबारे सहमतिमा आउँदै सम्झौतामा हस्ताक्षर गरेका थिए । तर एक वर्ष बित्न लाग्दा समेत सो विषयमा कुनै...

ट्रम्प-किम वार्ता: उत्तर कोरियाको परमाणु परित्यागबारे के कुरा हुँदैछ

फागुन १६ २०७५   ekhabarnepal

बीबीसी  अमेरकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेत किम जङ-अनले भियतनाममा दोस्रो दिनको वार्ता थालेका छन्। यो वार्तामा उनीहरूबीच उत्तर कोरियाको परमाणुअस्त्र परित्यागबारे महत्त्वपूर्ण छलफल हुने बताइएको छ। गत वर्ष जुनमा सिङ्गापुरमा उनीहरूबीच पहिलो पटक शिखरवार्ता भएको थियो। तर त्यसपछि निरस्त्रीकरणको योजनामा कुनै उल्लेख्य काम भएको छैन।...

इमरान खानद्वारा भारतलाई वार्ताको प्रस्ताव

फागुन १६ २०७५   ekhabarnepal

बीबीसी  भारतले आफ्ना लडाकु विमानका चालकलाई मुक्त गर्न पाकिस्तानसँग माग गरेको छ। पाकिस्तानले भारतीय पाइलटलाई नियन्त्रणमा लिएको भिडिओ सार्वजनिक गरेपछि भारत आक्रोशित देखिएको छ। उसले घाइते व्यक्तिको तस्बिर सार्वजनिक गरिनुलाई 'लाजमर्दो प्रदर्शन' भनी टिप्पणी गरेको छ। कश्मीरमा आफ्ना सुरक्षाकर्मीलाई निसाना बनाउँदै दुई साताअघि आत्मघाती आक्रमण...

पाकिस्तानी सेनाले 'खसालदिए दुई भारतीय विमान'

फागुन १५ २०७५   ekhabarnepal

काठमाडौं फागुन १५,  पाकिस्तानी सेनाले आफ्नो भूमिका प्रवेश गरेका दुई भारतीय वाुयूसेना विमान खसालेको दावी गरेको छ ।  नियन्त्रण रेखा (एलओसी) पार गरेर घुसपैठ गरेका भारतीय वायुसेनाको दुई विमान खसालेको र एक पाइलटलाई पक्राउ गरेको पाकिस्तानी सेनाले बताएको छ । नियन्त्रण रेखा पार गरेका दुई भारतीय सेनाको जहाज मध्ये एउटा पाकिस्तान नियन्त्रणत्रित कश्मिरम...

इराकमा 'स्वास्थ्यकर्मीमाथि आक्रमण'

फागुन १५ २०७५   ekhabarnepal

बग्दाद फागुन १५,  इराकमा स्वस्थ्यकर्मीहरुमाथि मङ्गलबार भएको हिंसात्मक आक्रमणको विश्व स्वास्थ्य संगठनले निन्दा गरेको छ । विश्व स्वास्थ्य संगठनले जारी गरेको विज्ञप्तिमा यस्ता आक्रमणबाट स्वास्थ्यकर्मीलाई बचाउन तथा सुरक्षाको प्रत्याभूति गर्न आग्रह गरिएको छ । इराकको उत्तरी प्रान्त किर्कुकको अजादी शिक्षण अस्पतालमा ७० वर्षकी एक वृद्धाको उपचारका क्र...

खेलौना बन्दुकको प्रयोग गरि 'विमान अपहरण'

फागुन १४ २०७५   ekhabarnepal

ढाका फागुन १४,  बंगलादेशको बिमान अपहरणको प्रयास गर्ने व्यक्तिसँग खेलौना बन्दुक मात्रै भएको खुलासा भएको छ । २५ वर्षीय व्यक्तिलाई प्रहरीले गोली प्रहार गर्दा निजको मृत्यु भइसकेको छ । बीरमान एयरलाइन्सको उडान नम्बर बीजी १४७ मा १४८ जना यात्रु रहेका थिए । सो बिमानलाई चटगाउँमा सफलतापूर्वक अवतरण गरिएको थियो । अधिकारीहरुले सो व्यक्ति मानसिक रुपले अ...

भारतीय वायु सेनाले 'पाकिस्तानी भूमिमा हमला'

फागुन १४ २०७५   ekhabarnepal

काठमाडौँ फागुन १३,  भारतीय वायु सेनाले पाकिस्तानी भूमिमा हमला गरेको दाबी गरेको छ । मंगलबार बिहान भारतीय लडाकू जेट विमानको एक समूहले एलओसीको एक ठूलो आतंकबादी क्याम्पमा हमला गरेको दाबी गरेको हो । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार भारतीय सैनिकले एलओसीको आतंकी क्याम्पमा १००० किलो बम खसालेको छ ।पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आशिफ गफुरले ट्व...

लुटेरा समूहद्धारा 'मारिए तीन राष्ट्रसङ्घीय शान्ति सैनिक'

फागुन १२ २०७५   ekhabarnepal

बामाको फागुन १२,     मालीमा तैनाथ तीन जना राष्ट्रसङ्घीय शान्ति सैनिक लुटेरा समूहको आक्रमणमा मारिएका छन् । स्रोतका अनुसार छुट्टी मनाउन राजधानी बामाकोबाट छिमेकी मुलुक गिनीतर्फ जाँदै गर्दा बाटोमा ती शान्ति सैनिकको हत्या भएको हो । मालीको सुरक्षा स्रोतका अनुसार लुटपाटका क्रममा शान्ति सैनिकमाथि घातक आक्रमण भएको हो । मारिएका सबै गिनीका सैनिक रहेका ...

विश्वका'शीर्ष धनी टप टेन' मा भारतबाट कोहि पर्दैनन्

फागुन १२ २०७५   ekhabarnepal

विश्वका सर्वाधिक ५ सय धनीको सूचीमा भारतबाट १९ परेका छन् । तर, शीर्ष १० को सूचीमा भारतका कोही पनि परेका छैनन् । ब्लुमबर्ग अर्बपतिको सूचीमा रिलायन्स इन्ड्रस्ट्रिजका मुकेश अम्बानी १२ औं स्थानमा परेका छन् । उनको कुल सम्पत्ति ४८ अर्ब डलर छ । गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटका अध्यक्ष सर्गे ब्रिनको कुल सम्पत्ति ५३.२ अर्ब डलर छ । उनी अर्बपतिको सूची...

भियतनाममा हुँदैछ 'ट्रम्प–किम शिखर सम्मेलन'

फागुन १२ २०७५   ekhabarnepal

प्योङयाङ फागुन १२,  उत्तर कोरियाका नेता किम जोङ उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ताका लागि रेलमार्गबाट भियतनामको राजधानी हनोइतर्फ प्रस्थान गरेका छन् । उनी स्थानीय समयअनुसार शनिबार राति ९ बजे चीनको सीमावर्ती शहर डानडोङमा पुगेका छन् । ट्रम्प–किम शिखर सम्मेलन आगामी बुधबार र बिहीबार भियतनाममा हुँदैछ । पहिलो शिखर सम्मेलन गतवर्ष सिंगापु...

बंगलादेशको एक भवनमा आगलागी हुँदा '७० को मृत्यु ४० जना गम्भीर घाइते'

फागुन ९ २०७५   ekhabarnepal

काठमाडौँ फागुन ९,   बंगलादेशको राजधानी ढाकामा अवस्थित एक भवनमा आगलागी हुँदा कम्तिमा ७० जनाको मृत्यु भएको छ । ४० जना गम्भीर घाइते भएका छन् । सरकारी अधिकारीहरुले मृतकको संख्या बढ्न सक्ने बताएका छन् । राजधानी ढाकाको पुरानो शहरको चोक बजारस्थित एक भवनमा सबैभन्दा पहिलो आगो देखिएको थियो । यो आवासीय भवनमा केमिकलको गोदाम पनि थियो । केमिकल र प्लास्टिक...

रुसको निशानामा 'अमेरिका'

फागुन ९ २०७५   ekhabarnepal

मस्को । विश्वका दुई ठूला शक्तिशाली मुलुक अमेरिका र रुसबीचको तनाव झनै बढ्दै गएको छ । यसैबीच यदी अमेरिकाले युरोपमा कुनै पनि किसिमबाट परमाणु हतियार तैनाथ गर्ने कोशिश गरेमा अमेरिकाले यसको परिणाम भोग्नु पर्ने रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार भनेका छन् । यस किसिमको अवस्थामा रुसले अमेरिकाका साथसाथै हतियार तैनाथ गरिएका मुलुकमाथि पनि हमला गर्न...

भारतीय अर्बपति अम्बानीलाई जेल सजायको सम्भावना

फागुन ८ २०७५   ekhabarnepal

बीबीसी भारतका एकजना अर्बपति व्यवसायी अनिल अम्बानीको रिलायन्स कम्युनिकेशन्स (आरकम) र एउटा विशाल दूरसञ्चार कम्पनी एरिक्सनबीचको व्यापारिक सम्झौता भंग हुनपुगेपछि उनले जेल सजायको सामना गर्नु पर्ने भएको छ। एरिक्सनले आरकमको नेटवर्क व्यवस्थापन र संचालन गर्ने उक्त सम्झौताको शर्त बमोजिम साढे पाँच अर्ब भारतीय रूपैया आरकमबाट भुक्तानी पाउन बाँकी छ। गत...

काश्मिरमा गोली हानाहान हुदा फेरि '४ सेनाको मृत्यु'

फागुन ६ २०७५   ekhabarnepal

काठमाडौं फागुन ६,   नया दिल्ली ।  भारतको काश्मिरमा गोली हानाहान, फेरि मारिए चार सैनिक भारत प्रशासित जम्मु काश्मिरको पुलवामा जिल्लाको पिंगलेना क्षेत्रमा सोमबार भएको गोली हानाहानमा भारतीय सेनाका ४ जनाको मृत्यु भएको र थप १ जना घाइते भएका छन् । यो गोलाबारी अहिलेपनि जारी रहेको बीबीसीले जनाएको छ । प्रहरी प्रवक्ता मनोजकुमारका अनुसार विस्तृत घटनाक्...

विष्फोटमा परी 'भारतीय सेना मेजरको मृत्यु'

फागुन ५ २०७५   ekhabarnepal

जम्मू फागुन ५ ,   काश्मीरको पुलवामामा बिहीबार भएको आत्मघाती आक्रमणको दुई दिनपछि शनिबार भारत पाकिस्तान सीमा नजिक एक विष्फोट भएको छ । विष्फोटमा भारतीय सेनाका एकजना मेजरको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रक्षा प्रवक्ता लेफ्टिनेन्ट कर्नेल देवेन्दर आनन्दले बताए अनुसार यो घटना राजौरीको नौशेरा सेक्टरमा भएको थियो । ज्यान गुमाएका मेजरको...

जम्मू–कश्मीरमा ठूलो आतंक:सीआरपीएफका ३० जवानको मृत्यु

फागुन ३ २०७५   ekhabarnepal

काठमाडौं फागुन ३,    भारतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा परि केन्द्रीय रिजर्भ प्रहरी बल(सीआरपीएफ)का ३० जवानको ज्यान गएको छ । आक्रमणमा परि ४३ जना प्रहरी जवान गम्भीर घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।भारतीय समाचार एजेन्सी एएनआईका अनुसार आक्रमणको जिम्मा पाकिस्तानमा सक्रिय आतंकवादी जैश–ए–मुहम्मदले लि...

इन्टरनेटबाट बाहिरिदैछ रुस 'कारण सहित उद्देश्य बुझनुहोस्'

फागुन १ २०७५   ekhabarnepal

भविष्यमा सम्भावित साइबर युद्धको तयारीका लागि रुस अस्थायी रुपमा इन्टरनेटबाट बाहिरिने भएको छ । यसको परिक्षण अप्रिल अगावै सुरु हुने छ । यो परिक्षणको अवधिमा संगठन र रुसी नागरिकबीचको डाटा प्रसारलाई अन्तर्राष्ट्रिय रुटको सट्टा रुस भित्रै हेरिनेछ ।गत वर्ष रुसको संसदमा कानुन ल्याइएपछिको समयमा रुसको यो घोषणा आएको हो । यो कानुनले रुसको इन्टरनेट स्वतन्त्र...

निर्वाचनमा उठ्ने घोषणा गर्दा विवाद भएपछि 'राजकुमारी उबोन्रत महिडोन दु:खि'

फागुन १ २०७५   ekhabarnepal

  थाईल्यान्डका राजाकी दिदीले प्रधानमन्त्रीको निर्वाचनमा उठ्ने घोषणा गर्दा विवाद सिर्जना भएका कारण आफू दु:खित भएको बताएकी छन्। निर्वाचन आयोगले सोमवार उनलाई सो निर्वाचनका लागि अयोग्य घोषित गरिदिएपछि राजकुमारी उबोन्रत महिडोनले "आजको दिन र युगमा त्यस्तो समस्या हुनु नहुने" भन्दै दु:ख मनाउ गरेकी हुन्। उनले निर्वाचनका लागि मनोनयन गर्दा थाई राज...

होटेलमा आगलागी हुँदा १७ जनाको मृत्यु,११घाइते

माघ २९ २०७५   ekhabarnepal

नयाँ दिल्ली माघ २९, दिल्लीको मध्य क्षेत्रमा रहेको एक होटेलमा मङ्गलबार विहान आगलागी हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको यहाँको अग्नी नियन्त्रण विभागले जनाएको छ । घटनामा अन्य ११ जना आगोले जलेर घाइते बनेका छन् । करोल बाघस्थित गुरूद्वारा सडकमा रहेको अर्पित होटेलमा मङ्गलबार विहान करिब साढे चार बजेको समयमा आगलागी भएको सूचना विभागमा भएको र तत्काल बा...

उत्तर कोरिया :अमेरिका शिखर वार्ताप्रति दक्षिण कोरियाली आशावादी

माघ २८ २०७५   ekhabarnepal

सियोल माघ २८, दशमध्ये छ जना दक्षिण कोरियालीले उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीच भियतनाममा हुने शिखर वार्ताबाट महत्वपूर्ण परिणाम निस्कने आशा व्यक्त गरेका छन् । दुबै मुलुकका राष्ट्राध्यक्षबीच फेब्रुअरी २७ र २८ मा भियतनामको हनोईमा वार्ता हुँदैछ । दक्षिण कोरियामा गरिएको एक संक्षिप्त जनमत सर्वेक्षणमा सहभागीमध्ये ६२ दशमलब ५ प्रतिशतले उत्तर को...

सरस्वती पूजा कार्यक्रममा'विधायकको गोली हानी हत्या'

माघ २७ २०७५   ekhabarnepal

कोलकाता माघ २७,   भारतको पश्चिम बङ्गाल राज्यमा अज्ञात व्यक्तिले गोली प्रहार गरेर एक विधायकको हत्या गरेका छन् । पश्चिम बङ्गालको सत्तारुढ दल त्रिणमुल कंग्रेसका तर्फबाट निर्वाचित ३८ वर्षीय सत्यजित विश्वासको हत्या भएको प्रहरीले जनाएको छ । विधायक विश्वासको कसले हत्या गरेको हो भन्ने बारेमा अहिलेसम्म एकिन हुन सकेको छैन । पश्चिम बङ्गाल राज्यको राजधा...

 पत्रिकाले 'ब्ल्याकमेल' गर्न खोजेको अमेजनका संस्थापकको आरोप

माघ २५ २०७५   ekhabarnepal

बीबीसी  विश्वकै सबैभन्दा धनी व्यापारी अमेजन डट कमका संस्थापक जेफ बेजस्‌ले न्याशनल इन्क्वाएरर पत्रिकाको मालिकले आफ्नो गोप्य तस्बिरहरू छाप्ने धम्की दिँदै आफूलाई ब्ल्याकमेल अर्थात जबर्जस्ती रकम असुल्न खोजेको आरोप लगाएका छन्। बेजोसका अनुसार त्यो म्यागाजिनको संस्थापक कम्पनीले त्यो पत्रिकाले उनको गोप्य तस्बिरहरू कसरी फेला पार्‍यो भन्ने विषयमा अन...

बेलायती प्रधानमन्त्री मेद्वारा इयू नेताहरूलाई भेट्दै

माघ २३ २०७५   ekhabarnepal

ब्रसेल्स,बेल्जियम माघ २३,  यूरोपेली यूनियनका अध्यक्ष जाँ–क्लाउड यङ्कर र बेलायतकी प्रधानमन्त्री टरिजा मेबीच बिहीबार ब्रसेल्समा भेटवार्ता हुने भएको छ । यूरोपेली यूनियनबाट आगामी मार्चमा बेलायतको बहिर्गमन प्रक्रिया टुङ्ग्याउनुपर्ने भएपनि बेलायतको संसदको बहुमत सदस्यले प्रधानमन्त्री मेले इयू नेताहरूसँग यस पहिले गरेको सम्झौता बेलायतको पक्षमा नरहेको...

अफगानिस्तानमा तालिवान विद्रोहीसँग सेनाको भीडन्त हुदा ४२ जनाको मृत्यु

माघ २३ २०७५   ekhabarnepal

एजेन्सी माघ २३, अफगानिस्तानमा तालिवान विद्रोहीसँग सरकारी सेनाको भीडन्त हुँदा २० सुरक्षाकर्मीसहित ४२ जनाको मृत्यु भएको सरकारी अधिकारीले पुष्टि गरेका छन् । उत्तरी कुन्दुज र छिमेकी बागलान प्रान्तमा मङ्गलबार विभिन्न सुरक्षा चौकीमा एकैसाथ आक्रमण थालेपछि भएका प्रतिरोधका क्रममा २२ जना लडाकूका सार्थ २० जना सुरक्षाकर्मीको मृत्यु भएको छ, एक जना स्थानी...

कश्मीर विवादका लागि वार्ता आवश्यक छ: पाकिस्तानी राजदूत

माघ २२ २०७५   ekhabarnepal

काठमाण्डौं माघ २२,  नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले कश्मीरलगायत पाकिस्तान र भारतबीचको सम्पूर्ण समस्या वार्ताकै माध्यमबाट समाधान गर्नुपर्छ भन्नेमा आफ्नो देश दृढ रहेको बताउनु भएको छ । सन् १९४७ मा कश्मीरमा भारतीय सैनिकको आक्रमणमा परि मारिएका हजारौँ नागरिकको सम्झनामा नेपालस्थित पाकिस्तानी दूतावासले मंगलबार आयोजना गरेको कार्यक्रममा ब...

घरमा ठोक्किँएर विमान दुर्घटना,पाँचको मृत्यु

माघ २२ २०७५   ekhabarnepal

एजेन्सी माघ २२,    एउटा सानो विमान अवतरणका क्रममा आइतबार विमानस्थलको धावनमार्गबाट विमान बाहिरिन पुग्दा एउटा घरमा ठोक्किँएर भएको दुर्घटनामा विमानका चालकसहित चार जनाको मृत्यु भएको छ । बर्षाका कारण विमानस्थलमा धावनमार्गमा जमेको पानीका कारण धावनमार्गबाट विमान बाहिरिएको र विमानस्थलसँगै जोडिएको घरमा ठोक्एिको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनाम...

अमेरिकामा 'नक्कली विश्वविद्यालय खडा' गरेर विद्यार्थी समातिएपछि भारतको विरोध

माघ २० २०७५   ekhabarnepal

अमेरिकी सरकारी अधिकारीहरूले अवैध आप्रवासनप्रति निशाना साध्दै एक नक्कली विश्वविद्यालय खडा गरे जसमा भर्ना हुन आएका १२९ भारतीय विद्यार्थी समातिएपछि भारतले कूटनीतिक विरोध जनाएको छ। अमेरिकाको आन्तरिक सुरक्षासम्बन्धी होमल्याण्ड सेक्युरिटी मन्त्रालयका गुप्तचरहरूले "पे-टू-स्टे" भनिने आप्रवासनसम्बन्धी गलत कार्य पत्ता लगाउन कागजमा सीमित फर्मिङ्टन विश्व...

मानव बेचबिखनको आरोप पछि 'अष्ट्रेलियाको नेपाली राजदुत शेर्पाको राजीनामा'

माघ १८ २०७५   ekhabarnepal

काठमाडौं माघ१८,    अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन् । मानव बेचबिखनको आरोप लागेपछि विवादमा मुछिएकी राजदूत शेर्पाले शुक्रबार राजीनामा दिएकी हुन् । उनी विहीबार मात्रै अष्ट्रेलियाबाट नेपाल आएकी थिइन् । राजदूत शेर्पाका सवारी चालकले नै उनीमाथि मानव बेचबिखनको आरोप लगाउँदै अष्ट्रेलियन प्रहरीमा उजुरी दिएका थिए । पररा...

अमेरिकामा चिसोको नयाँ रेकर्ड: तलाउको पानी जम्यो

माघ १७ २०७५   एएफपी

सिकागो माघ१७,  अत्यधिक चिसो हावाका कारण संयुक्तराज्य अमेरिकाको मध्यपश्चिमी क्षेत्रमा जनजीवन अस्तव्यस्त भएको छ । यहाँको तापक्रम अन्टार्कटिका ध्रुवीय क्षेत्रको भन्दा न्यून छ । हवाई सेवा अबरुद्ध छ भने विद्यालय र व्यवसाय बन्द भएका छन् । घरभित्रै बस्न सरकारको अनुरोध : हुलाक सेवा स्थगित भएको छ भने झण्डै एक दर्जन राज्यका नागरिकलाई घरभित्रै बस्न सरक...

एशियाली शेयर बजारमा मिश्रित प्रभाव

माघ १७ २०७५   ekhabarnepal

सिङ्गापुर माघ १६,  व्यापारीहरूले अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको नयाँ नीतिगत निर्णय र अमेरिका–चीन वार्तालाई पर्खिरहेका समय बुधबार एशियाली शेयर बजारमा मिश्रित प्रभाव देखिएको छ । जापानको शेयर बजारको लेखाजोखा राख्ने निक्के सुचकाङ्कमा २२५ अङ्क अर्थात् ०.५ प्रतिशतको कमी आई २० हजार ५५६ दशमलब ५४ अङ्क कायम भएको छ भने दक्षिण कोरियाली कोस्पीमा ०...

भेनेजुएलाका नेतालाई देश छाड्न र खाता सञ्चालन गर्न प्रतिबन्ध

माघ १६ २०७५   ekhabarnepal

काठमाडौँ माघ १६,  भेनेजुएलाको सर्वोच्च अदालतले विषक्षी नेता ह्वाँ गुआइदोलाई देश छाड्न र आफ्नै ब्याङ्क खाता सञ्चालन गर्न प्रतिबन्ध लगाइ दिएको छ।भेनेजुएलाका महान्यायाधीवक्ता तारेक विलियम शाबले गुआइदोमाथि प्रतिबन्धको आह्वान गरेका थिए जसको पक्षमा त्यहाँको सर्वोच्च अदालतले निर्णय सुनाएको छ। गत साता गुआइदोले आफूलाई देशको निमित्त नेता घोषणायता भेने...

श्रीलङ्कामा डेंगु सङ्क्रमण:दुईको मृत्यु,३७ सय प्रभावित

माघ १५ २०७५   ekhabarnepal

कोलम्बो माघ १५, श्रीलङ्कामा डेंगुका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अरु तीन हजार ७०० भन्दा बढी प्रभावित भएका छन् । यही जनवरीको पहिलो तीन हप्तामा देशभरी फैलिएको डेंगुबाट प्रभावितहरुको विवरण अधिकारीहरुले मङ्गलबार सार्वजनिक गरेका हुन् ।इपिडिमियोलोजी इकाईले गत शुक्रबारसम्ममा तीन हजार ७४३ जनामा डेंगुको सङ्क्रमण देखिएको जनाएको छ । प्रभ...

फिलिपिन्स:विस्फोटनमा परी २७ जनाको मृत्यु !

माघ १३ २०७५   ekhabarnepal

मनिला माघ १३,  फिलिपिन्सको दक्षिणी क्षेत्रमा अवस्थित एक चर्चमा आइतबार बिहान भएको विस्फोटनमा परी २७ जनाको मृत्यु भएको छ । फिलिपिन्सको राष्ट्रिय प्रहरीका प्रमुखले देशको दक्षिणी क्षेत्रमा पर्ने सुलु प्रान्तको चर्चमा आइतबार बिहान एकैसाथ दुई ओटा विस्फोटन भएको जानकारी दिनुभयो । प्रहरी प्रमुख ओस्कार अल्बायाल्डेका अनुसार मृत्यु भएकामध्ये अधिकांश फिल...

एक बन्दुकधारीले गोली चलाउँदा पाँचजनाको मृत्यु !

माघ १३ २०७५   ekhabarnepal

काठमाडौं माघ १३,  अमेरिकाको लुजियानामा एक बन्दुकधारीले गोली चलाउँदा पाँचजनाको मृत्यु भएको छ । लुजियानाका दुई स्थानमा भएको गोलीकाण्डमा आक्रमणकारीका अभिभावकसहित पाँचजनाको ज्यान गएको हो । लुजियानाको राजधानी बोटन रुजको दक्षिणी क्षेत्रमा घटना भएको हो । २१ वर्षका डकोटा थेरिओटले अन्धाधुन्ध गोली चलाएको प्रहरीले जनाएको छ । गोली चलाएपछि भागेका थेरिओटक...

डाभोसमा "नेता,प्राविधिक,अर्थविद् र अनुसन्धाताको कुम्भमेला"

माघ १० २०७५   ekhabarnepal

डाभोस विश्व आर्थिक मञ्च अर्थात् डाभोस फोरमको वार्षिक बैठक विश्वका राजनीतिक नेता, अर्थविद्, प्राविधिक, अनुसन्धाता तथा नागरिक समाजका अगुवाको कुम्भमेलाका रुपमा मंगलबार आरम्भ भएको छ ।  माइनस १० डिग्रीको चिसो र जताततै हिउँ नै हिउँले ढाकिएको वातावरणमा विश्वको आर्थिक अवस्थामा सुधार कसरी ल्याउने भन्नेमा चिन्तन मनन गर्न यी उच्च प्रतिनिधि व्यस्त रहेका...

बंगलादेशमा आरक्षण व्यवस्था खारेज

माघ १० २०७५   ekhabarnepal

 बंगलादेश, माघ ९   बंगलादेशमा निजामती सेवाका लागि दिइँदै आएको विवादास्पद आरक्षण व्यवस्थालाई खारेज गरेको छ। आरक्षण व्यवस्थाका विरुद्ध पछिल्लो समय बंगलादेशमाका विभिन्न ठाउँमा प्रदर्शन भएका थिए। राष्ट्रपति मब्दुल हमिदले हस्ताक्षर गरेलगत्तै बुधबारको क्याबिनेट बैठकले वर्षौंदेखि चल्दै आएको आरक्षण व्यवस्थाको अन्त्य भएको घोषणा गरेको हो। आरक्षण नीतिका क...

बेलायती 'रोजगार दरमा उच्च गिरावट'

माघ ९ २०७५   ekhabarnepal

लण्डन माघ ९,   सन् २०१८ को सेप्टेम्बर–नोभेम्बरमा बेलायतको रोजगार दर ७५.८ प्रतिशत रहेको र यो तथ्याङ्क सन् १९७१ पछिको सबैभन्दा निराशाजनक भएको राष्ट्रिय तथ्याङ्क कार्यालयले मङ्गलबार सार्वजनिक गरेको छ । उक्त कार्यालयले गरेको सर्वेक्षणले सेप्टेम्बरदेखि नोभेम्बरसम्मको समयमा बेलायतमा करिब तीन करोड २५ लाख ३० हजार श्रमिक शक्ति रहेको देखाएको छ । यो ...

मेक्सिकोमा 'तेलको पाइपलाइन विस्फोट हुदा ८५ जनाको मृत्युु'

माघ ७ २०७५   ekhabarnepal

एजेन्सी माघ ७,   मेक्सिकोको मध्य क्षेत्रमा गत शुक्रबार भएको तेलको पाइपलाइन विस्फोटमा परी मृत्युु हुनेको सङ्ख्या ८५ पुगेको छ । घाइते भएर अस्पतालमा उपचार गराइरहेका मध्ये थप केहीको मृत्यु भएकाले मृत्यु हुनेको संख्या बढेर ८५ पुगेको स्थानीय सरकारी अधिकारीले बताएका छन्।यस घटनामा परी ८५ जनाको मृत्यु हुनुको साथै अन्य ५८ जना घाइते भएका यहाँको स्वास्थ...

रुसद्धारा 'एन्टि स्याटलाईट मिसाइल'को सफल परिक्षण

माघ ६ २०७५   ekhabarnepal

मस्को-रुसले गत महिना नयाँ एन्टि स्याटलाईट मिसाइल प्रणालीको सफल परिक्षण गरेको अमेरिकी गुप्तचर रिपोर्टसँग जानकार स्रोतले जनाएको छ । उक्त एन्टि स्याटलाईट मिसाइल १७ मिनेटसम्म र १ हजार ८६४ माइल उडेको थियो । यसले लक्षित क्षेत्रमा मार समेन गरेको थियो ।पेन्टागनको १०८ पृष्ठ लामो मिसाइल प्रतिरक्षा समीक्षाकै समयमा यो पछिल्लो खुलासा भएको हो । यो समीक्षाले ...

चीन–अमेरिका व्यापार वार्तापछि 'सुध्रिएको विश्व शेयर बजार'

माघ ६ २०७५   ekhabarnepal

न्यूयोर्क, संयुक्त राज्य अमेरिका माघ ६,   चीन–अमेरिका व्यापार युद्धलाई शान्त पार्ने प्रयासस्वरूप भएका वार्तापछि देखिएको सुधारको सङ्केतसँगै विश्वको शेयर बजारमा शुक्रबार वृद्धि देखिएको छ । अमेरिकी वाल स्ट्रिट जोर्नलले वासिङ्टनले चीनमाथिको थप करवृद्धिलाई हटाउने बताएपछि यूरोपेली तथा एशियाली शेयर बजार बिहीबार निकै मजबुत देखिएका आर्थिक सुचकाङ्कले ...

रुसीको 'दुई लडाकू विमान दुर्घटना'

माघ ५ २०७५   ekhabarnepal

मस्क माघ५,  रुसी हवाई बलको दुई ओटा लडाकू विमान एक आपसमा ठक्कर खाएका छन् । प्रशिक्षणमा रहेका ती विमानहरु देशको सुदुरपूर्वमा शुक्रबार उडाइएको रुसको रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।मन्त्रालयद्वारा जारी वक्तव्यका अनुसार दुर्घटना भएका विमानहरु जापानी समुद्रमाथी जुधेका हुन् । स्थानीय समय अनुसार विहान ८ बजेर ७ मिनेट जाँदा दुर्घटना भएको अधिकारीहरुले...

'प्रधानमन्त्री थेरेसा मे'विरुद्धको अविश्वास प्रस्ताव विफल

माघ ३ २०७५   ekhabarnepal

लन्डन माघ ३, बेलायती प्रधानमन्त्री थेरेसा मे विरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्ताव विफल भएको छ । युरोपेली युनियन (इयू) बाट बेलायत बाहिरिने (ब्रेक्जिट) सम्बन्धी इयूसँग भएको सम्झौता हाउस अफ कमन्सले अस्वीकृत गरेलगत्तै मुख्य विपक्षी दल लेबर पार्टीले प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । हाउस अफ कमन्समा लामो छलफल पश्च...

फिलिपिन्समा शक्तिशाली भूकम्प

माघ २ २०७५   ekhabarnepal

दाभाओ सिटी माघ २,  दक्षिण फिलिपिन्समा बुधबार बिहान सबेरै ५.९ म्यानिच्युडको भूकम्प आएको छ । तर यस भूकम्पको कारण मानवीय भौतिक क्षतिको भने हालसम्म कुनै समाचार प्राप्त नभएका यहाँको भू विज्ञान विभागले जानकारी दिएको छ । स्थानीय समयानुसार बुधबार बिहान ४ बजे सो भूकम्प आएको थियो । सो भूकम्पको केन्द्रविन्दु दाभाओ ओरिएन्टल प्रान्तको जेनेरोसो शहरबाट १४९...

संसदबाट अस्वीकृत भइन'प्रधानमन्त्री टरिजा मे'

माघ २ २०७५   ekhabarnepal

काठमाडौँ माघ २ ,  ब्रिटेनको संसदले प्रधानमन्त्री टरिजा मे सरकारको ब्रेक्जिट सहमतिलाई धेरै मतले पराजित गर्दै ब्रिटेन युरोपेली संघ ईयूबाट अलग हुने योजनाका आवश्यक प्रक्रियाहरूलाई अनिश्चित तुल्याइदिएको छ। ईयूसँग मेले गरेको ब्रेक्जिट सहमतिका कयौँ विषयमाथि सांसदहरूले असहमति जनाएपछि संसदमा मे सरकारको प्रस्ताव २ सय ३० मतले पराजित भएको हो।ब्रिटिश प्र...

भेटियो दुर्घटनाग्रस्त लायन'एयरको दोस्रो ब्लाकबक्स'

पौष ३० २०७५   ekhabarnepal

एजेन्सी । इन्डोनेसियामा गत वर्ष अक्टोबरमा दुर्घटनाग्रस्त लायन एयरको बिमानको दोस्रो ब्लाकबक्स भेटिएको अधिकारीहरुले बताएका छन् । उडेको केही समयभित्रै दुर्घटनामा परेको लायन एयरको उक्त नयाँ विमानसम्बन्धी तथ्य बुझ्न ब्लाकबक्सले सहयोग पुग्ने बताइएको छ । बोइङ ७३७ म्याक्स श्रेणीको नयाँ विमान राजधानी जकार्ताबाट उडेको १३ मिनेटमै राडारको सम्पर्कबाट बेपत्ता...
To Top