माघ ११ 2078 ekhabarnepal
काठमाडौँ, माघ ११ गते । सोमबार थप १६ लाख ६० हजार कोरोनाविरुद्धको मोडर्ना खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले सोमबार साँझ १६ लाख ६० हजार मात्रा कोरोनाविरुद्धको मोडर्ना खोप नेपाल आएको जानकारी दिनुभयो । मोडर्ना खोप १८ वर्षमुनिका बालबालिकालाई लगाउन मिल्ने खोप हो । अमेरिकी खोप मोडर्ना कतार हुँदै...माघ ९ 2078 गोरखापत्र
काठमाडौँ, माघ ९ गते । कोरोना भाइरसको ओमिक्रोन प्रजातिबाट फैलिएको कोभिड–१९ को सङ्क्रमण तीव्र रूपमा फैलिँदैछ । यसकै अघिल्लो प्रजाति डेल्टाभन्दा ओमिक्रोनको प्रभाव ‘कमजोर’ भए पनि तीव्र विस्तारले त्रास बढेको छ तर ओमिक्रोन डेल्टाजस्तो खतरनाक नरहेको स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताएका छन् । मौसमी रुघासँग मिल्दो लक्षण भएको र सजिलै एक व्यक्तिबाट अर्को...पौष २२ 2078 ekhabarnepal
काठमाडौं, पुस २२ । पछिल्लो २४ घण्टामा थप ५४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २०९ जनाको पीसीआर परीक्षण गर्दा ४७८ जना र ४ हजार ८९० एन्टिजेन परीक्षण गर्दा ६२ जना गरी ५४० जनामा संक्रमण पुष्टि भएको हो । उता नेकपा माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यरत ५ जनासहित ६ जनामा कोरोना ...पौष ८ 2078 ekhabarnepal
डी.आर. घिमिरे मदिरा वा रक्सी सामान्यतः लागु पदार्थ हो । मदिरालाई आजभोजि शिष्टाचारको लागि अत्यवश्यक वनाउन थालिएको छ । भेटभाट, छलफल, सेमिनार वा कतिपय कार्यक्रमको अन्तमा मादक पदार्थको रुपमा रक्सी, वियर वा यस्तै पेय पदार्थको ब्यवस्था गर्नु स्वभाविक हुन थालेको छ । तर, यही मादक पदार्थले परिवारको विचल्ली, विछोड, दुर्घटनामा परी मृत्यु, कतिपय सम्भावनायु...मंसिर २० 2078 ekhabarnepal
बुटवल, मंसिर २० पछिल्लो समय सबैभन्दा संक्रामक मानिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ुओमीक्रोनुका दुईजना संक्रमित नेपालमा पनि भेटिएका छन् । दुईजनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीले जानकारी दिएका छन्। मन्त्रालयका अनुसार दुई विदेशी नागरिकमा यो भेरियन्ट देखिएको हो। जसमा नेपाल आएका ६६ वर्षीय र ७१ व...मंसिर १५ 2078 ekhabarnepal
मंसिर १५ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को नयाँ भेरियन्टलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नजान अपिल गरेको छ। गत नोभेम्बर २६ मा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको थियो। दक्षिण अफ्रिकामा पहिलोपल्ट देखिएको यो भेरियन्ट हालसम्म २० देशमा देखिइसकेको डब्लुएचओले जनाएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्त...असोज ७ 2078 ekhabarnepal
काठमाडाैं,असोज ६ वायु प्रदूषण अहिले मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको भन्दै एक वर्षमा सात लाख अकालमा मृत्यु हुने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले बुधबार जानकारी गराएको छ । अन्तर्राष्ट्रिय स्वास्थ्य सङ्गठनले यो बर्षदेखि वायु गुणस्तरसम्बन्धी निर्देशिकालाई थप मजबुत बनाएको छ । सङ्गठनले वायु प्रदूषणको जोखिम कम गर्न तत...असोज ५ 2078 ekhabarnepal
डी.आर.घिमिरे परिभाषा ः “विषादी” भन्नाले बीउ, विरुवा, रुख, पशु, पंछी आदिमा लाग्ने घातक किटाणुहरु नाश गर्न प्रयोग गरिने जीवनाशक विषादी (पेस्टीसाइड्स) सम्झनु पर्छ । (जीवनाशक विषादी ऐन २०४८) “जीवनाशक विषादी”भन्नाले वोट विरुवा, कृषिजन्य पदार्थ र वन तथा वन पÞैदावार, जीव, पÞशुपÞन्छी, मानव स्वास्थ्य, भण्डारण, प्याकेजिङ्ग र निर्मार्ण कार्यमा हानि...असोज ३ 2078 ekhabarnepal
बुटवल, असौज ३ खाद्यका लागि कृषि अभियानले एक विज्ञप्ति निकाली जैविक कृषि उत्पादनका लागि सरकारको ध्यानाकर्षण गरेको छ । सातौ संविधान दिवसको अवसरमा सरकार र सरोकारवालालाइ मलको दीर्घकालिन समाधान खोज्न, रसायन र विषादीको दुष्परिणाम घटाउदै जान, माटोमा भएको जैविक तत्व र पोषण बढाउने तर्फ ख्याल गर्न आग्रह गर्दै यो सवाललाई उठाएर दवाब दिन आम जनसमुदायलाई ध...साउन २६ 2078 ekhabarnepal
बुटवल, साउन २६ जिवराज आश्रित फाउण्डेशनले लुम्विनी प्रादेशिक अस्पताल र भिम अस्पताल भैरहवालाई लुम्विनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रीमार्फत् कोरोना लगायत् विपत् ब्यवस्थापन र रोकथामका लागि प्रयोगमा आउनसक्ने स्वास्थ्य सामाग्री तथा उपकरणहरु सहयोग गरेको छ । फाउण्डेशनलाई चिनको परोपकारी प्रतिष्ठान चच्याङ्ग आनफु ली सङ्गवाट प्राप्त सामाग्री रुपन...साउन ९ 2078 ekhabarnepal
रासस लुम्बिनी,साउन ९ विश्व स्वास्थ्य सङ्गठनले शारीरिक व्यायामका माध्यमबाट शरीरलाई स्वस्थ राख्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीबाट ‘हिँड्दै कुरा गर’ (वाक द टक) अभियान थालेको छ । विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रमुख डा राजेश समबाजीराव पाण्डवकाे नेतृत्वमा यस वर्ष शनिवार बिहान बुद्ध जन्मस्थल लुम्बिनीबाट अभियानको शुरुआत गरिएको छ । विश्व ...साउन ८ 2078 ekhabarnepal
"उत्पादन उच्च केन्द्रीकृत रहेको छ - यस वर्ष लगभग ७५ प्रतिशत खोप पाँच विश्व व्यापार संगठनका सदस्य राष्ट्र - चीन, भारत, जर्मनी, संयुक्त राज्य अमेरिका र फ्रान्सबाट आउने देखिएको छ।," विश्व व्यापार संगठनका महानिदेशकले "कोविड १९ खोप उत्पादन विस्तार गर्दै समान पहुँचलाई प्राथमिकता" विषयक उच्च स्तरीय वार्तामा भन्नु भयो। भारत विश्वको सबैभन्दा ठूलो कोवि...साउन ७ 2078 ekhabarnepal
काठमाडौँ,साउन ७ नर्भिक इन्टरनेशनल हस्पिटलले भैरहवा र दुहबीमा अस्पताल निर्माण गर्ने भएको छ । यसका अतिरिक्त थापाथलीस्थित नर्भिक अस्पताललाई पनि थप विस्तार गरिने भएको छ । थापाथलीमा अर्को भवन समेत बनेपछि नर्भिकले २ सय शैयाको अस्पतालबाट सेवा सञ्चालन हुने बताइएको छ । पाँच वर्ष भित्रै निर्माण हुने उपत्यका बाहिरका अस्पताल भने शुरुवाती चरणमा १००–१०० श...साउन ४ 2078 ekhabarnepal
रासस काठमाडौँ, साउन ४ गते । नेपालमा नै पहिलो पटक क्यान्सर उपचारमा प्रयाेग हुने औषधि उत्पादन शुरु गरिएको छ । टिजिङ्ग फर्मा प्राइभेट लिमिटेडले पहिलो पटक क्यान्सर उपचारमा प्रयाेग हुने औषधि उत्पादन शुरु गरेको हो । नेपालमा क्यान्सरको औषधि भारत र तेस्रो मुलुकबाट आउने गर्दथ्यो । यहाँ आयोजित कार्यक्रममा आज टिजिङ्गका कार्यकारी निर्देशक शैले...साउन २ 2078 ekhabarnepal
काठमाडौं, साउन २ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना खोप दिने योजना बनेको बताएको छ । त्यसका लागि खोप व्यवस्थापन भइरहेको र यही साउन १५ गतेसम्म ३२ लाख भेरोसेल खोप नेपाल आइसक्नेछ । ओली सरकारले हालै मात्र चिनियाँ कम्पनी सिनोफार्मसँग ४० लाख डोज खोपका लागि नन डिस्क्लोजेबल एग्रिमेन्ट गरेको थियो । त्यसअनुसार ...असार २५ 2078 ekhabarnepal
काठमाण्डौ, असार २५ अमेरिकाले कोरोनाभाइरसविरुद्धको १५ लाख ३४ हजार डोज खोप नेपाल पठाउन लागेको छ। जोन्सन एन्ड जोन्सन कम्पनीले उत्पादन गरेको खोप आजै अमेरिकाबाट नेपालतर्फ पठाइने तयारी रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीका अनुसार, अमेरिकाले पठाएको खोप सोमबार ९२८ असारमा० बिहान...असार २३ 2078 ekhabarnepal
काठमाडौं, असार २३ गते । सरकारले चीनबाट असार २४ गतेबाट ल्याइने भोरोसेल खोपको पहिलो मात्रा (डोज) ५५ वर्षमाथिका नागरिकलाई दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्तकालीन कार्य सञ्चालन प्रमुख डा.समीरकुमार अधिकारीले चीनबाट ल्याउन लागेको भ्याक्सिन अर्को हप्तादेखि लगाउन शुरु गरिने बताउनुभयो । यसैगरी स्वास्थ्य सेवा ...असार २३ 2078 ekhabarnepal
कपिलवस्तु , असार,२३ । कपिलवस्तु जिल्ला पूर्ण खोप घोषणा भएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठ र मन्त्रालयका सचिव तथा पूर्ण खोप समन्वय समिति लुम्बिनी प्रदेशका अध्यक्ष डा विकास देवकोटाले संयुक्त रूपमा घोषणा गरे । पूर्ण खोप घोषणा गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठ हिजो...असार ८ 2078 ekhabarnepal
काठमाडौं, असार ८ कोरोना भाइरसका अति संक्रामक तीन किसिमका भेरिएन्ट नेपालमा पनि फैलिएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अल्फा, डेल्टा र कप्पा नामका भेरिएन्ट नेपालमा पनि फैलिएको पुष्टि भएको हो। मन्त्रालयले सोमबार राति जारी गरेको विज्ञप्तिअनुसार गत वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न भागबाट संकलित ४८ नमुना विश्व ...असार ४ 2078 ekhabarnepal
बुटवल, असार ४ कोरोनाको तेश्रो लहरमा बालबालिकाहरु प्रभावित हुने सम्भावनालाई दृष्टिगत गर्दै बुटवल उपमहानगरपालिकाले सिदार्थ महिला तथा बाल (आम्दा) अस्पतालको स्तरोन्नतिका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ । बुटवल उपमहानगरपालिकाले प्रदान गरेको रकमबाट भवन निर्माण, उपकरण जडान, बेड विस्तार लगायतका काम गरिने छ । वैज्ञानिकहरुले निकट भविष्यमै तेश्रो ल...जेठ २७ 2078 ekhabarnepal
काठमाडौँ, जेठ २७ नेपालमा कोरोना भाइरस संक्रमणको तेश्रो लहर छिट्टै आउने अनुमान विज्ञहरुलेगरिरहेका छन्। उनीहरूका अनुसार यो लहरमा बालबालिका सबैभन्दा धेरै प्रभावित हुनेछन्। सोहीअनुसार केही दिनअगाडि स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई तेस्रो लहरमा बालबालिका प्रभावित हुन सक्ने भन्दै सबै अस्पताललाई २० प्रतिशत शय्या छुट्याएर राख्न अनुरोध गरेको थि...जेठ २४ 2078 ekhabarnepal
– डा. रवीन्द्र पाण्डे . कोरोना महामारीको तेस्रो / चौथो छालले बालबालिकालाई जोखिम हुन्छ भनेर अस्पष्ट जानकारीको कारण आम अभिभावकमा चिन्ता छाएको छ | धेरैजना महानुभावले यो बिषयमा जानकारी दिन आग्रह गर्नुभएकोले बिज्ञान, ज्ञान र प्रज्ञानको आधारमा निम्न कारण र समाधान उल्लेख गरेको छु | . १. बिकसित देशहरुले आफ्ना अधिकांश नागरिकलाई खोप दिएका / दिइरहेका...बैशाख ९ 2078 ekhabarnepal
- नेपालमा नयाँ प्रजातिका कोरोना भाइरसको कारण हामी अप्ठ्यारो मोडमा पुगेका छौं | कन्ट्याक्ट ट्रेसिंग तथा समुदायमा परीक्षण नहुँदा पनि संक्रमितको संख्या तीब्रगतिमा बढिरहेको छ | यो बढोत्तरी निकै माथि पुग्ने स्वास्थ्य मन्त्रालयले पनि पटकपटक जानकारी गराएको छ | - छिमेकी देश भारतको स्वास्थ्य प्रणाली फेलरको अवस्थामा पुगेको छ | भारतसंग विश्वका अधिकांश देश...फागुन १९ 2077 ekhabarnepal
काठमाडौं, फागुन १९ अर्थ मन्त्रालयले १ सय १३ वटा स्थानीय तहमा निर्माणाधिन स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड ५३ लाख २३ हजार रुपैयाँ शसर्त अनुदानका रुपमा निकासा गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रको निर्माणाधिन भवनहरुको दायित्व भुक्तानीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा र...माघ ८ 2077 ekhabarnepal
काठमाडौं, माघ ८ । भारतले नेपाललाई अनुदानमा दिने कोरोनाविरुद्धको १० लाख डोज खोप आज काठमाडौं आइपुग्दै छ । स्वास्थ्य मन्त्रालयका अनुसार भारतले दिने खोप बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक रूपमा नेपाललाई हस्तान्तरण हुनेछ । अक्सफोर्ड/एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप नेपाल...पौष १७ 2077 ekhabarnepal
रासस/एएफपी जेनेभा, पौष १७ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । संगठनले खोप स्वीकृत गरेसँगै विश्वका विभिन्न देशले फाइजरका खोप आयात र वितरण गर्न थप सहज बनाएको छ । बेलायतले गत डिसेम्बर ८ मै फाइजरको खोपलाई अनुमति सहित आमजनतालाई खोप दिन थ...पौष ८ 2077 ekhabarnepal
रासस काठमाडौँ, पुस ८ गते । नेपालमा कोरोना सङ्क्रमण फैलिएसँगै सरकारी तथा निजी अस्पतालमा बिरामीको सङ्ख्या घटेको छ । चीनको वुहानबाट शुरु भएको कोभिड–१९ विश्वका विभिन्न मुलुक हुँदै नेपालमा समेत प्रवेश गरेसँगै चैतमा सरकारले गरेको बन्दाबन्दीपछि अस्पताल जाने बिरामीको सङ्ख्या घटेको हो । महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पताल (टिचिङ)मा बिरामीको सङ्...पौष ३ 2077 ekhabarnepal
काठमाडौं, पुस ३ अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड( १९ विरुद्धको भ्याक्सिन आयात र जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताउनु भएको छ । नेपाल आर्थिक पत्रकार संघको नवनिर्वाचित कार्य समितिका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले कोभिड(१९ को लक्षण देखिएका नेपालीको निस्शुल्क परीक्षण र उपचार गरे जसरी नै भ्याक्सिनको आर्थिक दायित्व...पौष २ 2077 ekhabarnepal
रासस काठमाडौँ, पुस २ गते । सरकारले पुसभित्र तीन लाखको ‘एन्टिजेन’ विधिमार्फत कोरोना परीक्षण गर्ने भएको छ । समुदायस्तरमा सङ्क्रमण फैलिएको छ वा छैन भनेर पत्ता लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एन्टिजेन परीक्षण गर्ने भएको हो । मन्त्रालयका कोभिड–१९ स्रोत व्यक्ति (फोकल पर्सन) महेन्द्रप्रसाद श्रेष्ठले परीक्षणका लागि देशभरि नै कर्मचारी ख...मंसिर १४ 2077 ekhabarnepal
रासस मंसिर १४ विष्णु नेपाल काठमाडौँ, मङ्सिर १४ गते । चिटचिट पसिनाले गञ्जी चिसो भयो । रिँगटा चल्न थाल्यो । मैले यतिविघ्न टाउको दुखेको जीवनमा कहिल्यै अनुभव गरेको थिइन । ज्वरोको तापक्रम १०० डिग्रीभन्दा माथि नै थियो । उठ्न कोशिस गरेँ । खुट्टा टेकिएनन् । छिप्पिँदो रातले बिहानीको प्रतीक्षा गर्दै थियो । कसलाई के भनौँ ? लाग्यो जीवन यति नै रहेछ क...मंसिर ५ 2077 ekhabarnepal
काठमाडौं, मंसीर ५ अर्थ मन्त्रालयले स्थानीय तहमा ३ सय ९६ वटा आधारभूत अस्पताल निर्माणका लागि स्रोत सुनिश्चत गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कार्यका लागि ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँ बराबरको निर्माण कार्य अगाडि बढाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिनु भएको छ । अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर...मंसिर ४ 2077 ekhabarnepal
काठमाडाैं,मंसिर ४, रासस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सरकारको निर्णय अनुसार कोभिड–१९ का संक्रमितको उपचार नगर्ने अस्पताललाई नियम अनुसार कारवाही गरिने बताए । उनले सबै अस्पताललाई संक्रमितको उपचार निःशुल्क गर्ने...असोज १० 2077 ekhabarnepal
डा. राजेन्द्र खनाल बिश्वब्यापी भएको कोरोना संक्रमणको महामारीमा लुम्बिनी प्रादेशिक अस्पतालको प्रमुखको हैसियतमा यस क्षेत्रका जनताहरुको उपचार ब्यवस्थापनमा गरेको नेतृत्वदायी भूमिकालाई कदर गर्दै मलाई प्रदेश ५ को सरकारले क श्रेणीको प्रदेश सेवा समर्पण पदकको लागि सिफारिस गर्यो।प्रदेश ५ को सरकारले यसपटक थुप्रै स्वास्थ्यकर्मि साथीहरूलगायत यस क्षेत्रको स...भाद्र १३ 2077 ekhabarnepal
काठमाडौं भदौ १३, रासस नेपालमा कोरोना भाइरसको सङ्क्रमणमात्र होइन मृत्युदर पनि ह्वात्तै बढेको छ । कोरोनाबाट शुक्रबार मात्रै १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट दैनिक मर्नेको सङ्ख्या अहिले सम्मकै धेरै हो । शुक्रबारको तथ्याङ्क हेर्ने हो भने प्रत्येक दुई घण्टामा नेपालमा एक कोरोना सङ्क्रमितको मृत्यु भइरहेको छ । भदौ शुरु भएयता १२ दिनमा कोरोनाबा...भाद्र ११ 2077 ekhabarnepal
बुटवल,भदौ,११ लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत थप एकजना संक्रमितको मृत्यु भएको छ। योसँगै बुटवलको कोरोना अस्पतालमा मृत्यु हुनेको संख्या ६ पुगेको छ । कपिलवस्तुको कपिलवस्तु नगरपालिका–१ तौलिहवाका ५० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए। बुध...भाद्र ९ 2077 ekhabarnepal
काठमाण्डौ,भदौ ९ नेपाल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट निको हुने दर क्रमशः घट्दै गएको छ । विश्वको तुलनामा नेपालमा संक्रमणबाट निको हुने दर करिब १० प्रतिशतले कम रहेको छ । अहिले नेपालमा निको हुने दर ५८.३ प्रतिशत रहेको छ भने विश्वमा ६८.१ प्रतिशत रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा विश्वको तुलनामा नेपा...भाद्र ७ 2077 ekhabarnepal
काठमाडौं,भदौ ७ : देशभर पछिल्लो २४ घण्टामा ८ सय १८ जना कोरोना संक्रमित थपिएका छन्। यस क्रममा सबैभन्दा धेरै पर्सामा १४५ जना संक्रमित थपिएका छन्। त्यसैगरी काठमाडौं जिल्लामा १२६ जना कोरोना संक्रमित थपिएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार ५ सय ९८ पुरुष र २ सय २० जना महिलामा कोरोन पुष्टि भएको हो।...भाद्र ५ 2077 ekhabarnepal
रासस काठमाडौं, भदौ ५ सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन उच्चस्तरीय समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले प्रदेश, जिल्ला र स्थानीय तहमा रहेका अस्पतालसँग समन्वय गरी कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्नका लागि समिति गठन गरेका हुन् । मन्त्रालय वा विभागको ११ औं तहका कर्मचारीको संयोकत्...भाद्र ४ 2077 ekhabarnepal
बुटवल ,भाद्र ४। रुपन्देहीको देवदहमा कोरोना संक्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । देवदह नगरपालिका ३ का ७० वर्षका पुरुषको मृत्यु भएको नगरपालिकाका जन स्वास्थ्य अधिकृत काशिनाथ बञ्जाडेले बताए । उनको आज देवदह मेडिकल कलेज देवदहमा मृत्यु भएको हो । भदौ २ गते उनको स्वाब लिएको र बुधबार उनको पिसिआर रिपार्ट पोजेटिभ आएको बञ्जाडेले बताए । पक्षघात, उच्चर...भाद्र ३ 2077 ekhabarnepal
काठमाडौं, भदौ ३ पछिल्लो २४ घण्टामा नेपालमा थप ६८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर ६८१ जनामा कोरोना पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार ११ हजार ५२२ जनाको पीसीआर परीक्षण गरिएको थियो। प्रवक्ता गौतमका अनुसार पछिल्लो ...भाद्र २ 2077 ekhabarnepal
काठमाडौं, भदौ २ नेपालमा पछिल्लो २४ घण्टामा थप १०१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर गरेर थप १०१६ जनामा कोरोना पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ। प्र...भाद्र १ 2077 ekhabarnepal
रासस रुपन्देही, भदौ १, नियमित स्वास्थ्य जाँच गर्दै आएकी गर्भवती महिलालाई कोरोना पुष्टि भएपछि चिकित्सक,स्वास्थ्यकर्मी र समुदायले समेत कस्तो दृष्टिकोणले व्यवहार गर्दाै रहेछ भन्ने यहाँ पुष्टि भएको छ। संविधानमा सुरक्षित प्रजनन् अधिकार मौलिक अधिकार भित्र रहेको छ । ती महिलाले अधिकारको उपयोग गर्न त परै जाओस अपहेलना समेत भोग्नु पर्यो । बुटवल उ...साउन ३० 2077 ekhabarnepal
काठमाडौं, साउन ३० गते । आयुर्वेद चिकित्साप्रति मानिसको विश्वास गुमिरहेको समयमा कोरोना सङ्क्रमण (कोभिड १९) भएका विरामीलाई भने आयुर्वेदिक औषधिले फाइदा गरेको छ । कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा भर्ना भएका कोरोना संक्रमित ३३ जना सात दिनमै निको भएर घर गएका छन् । अरु पनि निको भएर जाने क्रम बढ्दो छ । आयुर्वेद अनुसन्धान अस्पतालका...साउन २९ 2077 ekhabarnepal
काठमाडौँ, साउन २९ गते । कोरोना भाइरसबाट बिहीबार थप ५२५ सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले कुल सङ्क्रमित २४ हजार ९५७ पुगेको बताउनुभयाे । पछिल्लो २४ घण्टामा नौ हजार ८५९ जनाको पीसीआर परीक्षणमा सङ्ख्या थपिएको हो । सक्रिय सङ्क्रमित आठ हजार २५ जना रहेका छन् भने क्वारेन्टिन...साउन २८ 2077 ekhabarnepal
बुटवल, साउन २८ कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा कपिलवस्तुमा दुइजना सहित देशभर ८ जनाको मृत्यु भएको छ। मृत्यु भएका मध्ये काठमाडौं उपत्यकामा मात्र पाँच जना छन्। बुटवलको कोरोना बिशेष आईसोलेसन अस्पतालमा उपचार गराईरहेका कपिलवस्तुका २ जनाको आजै मृत्यु भएको हो । मृत्यु हुनेमा ४२ र २५ बर्षका पुरुष छन् । उनीहरु दुवै कपिलवस्तुका बासिन्दा हुन् ...साउन २८ 2077 ekhabarnepal
बुटवल साउन २८ कोरोनाको जोखिम बढेपछि बुटवलमा भदौ ५ गतेसम्मका लागि पूर्ण लकडाउन गरिने भएको छ । बुटवल उपमहानगरपालिकामा बुधवार अपरान्ह नगरप्रमुख शिवराज सुवेदीको अध्यक्षतामा सम्पन्न प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी , रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरु सहितको बैठकले बुटवल उपमहानगरपालिका क्षे...साउन २७ 2077 ekhabarnepal
काठमाडौँ,साउन २७ नेपालमा मंगलबार थप ६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार काठमाडौँका ११०, ललितपुरका १६, भक्तपुरका ८ , खोटाङका १, सर्लाहीका ४१, सिरहाका १४, स्याङ्जाका १, रौतहटका २०, बाराका ३९, कपिलवस्तुका १८, धनुषाका १, रुकुमक...साउन २७ 2077 ekhabarnepal
काठमाडौं, साउन २७ सरकारले बढी जनसम्पर्क हुने सरकारी तथा गैरसरकारी कार्यालयहरु अर्को सूचना जारी नभएसम्म बन्द राख्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता डा। युवराज खतिवडाले काठमाडौं उपत्यका र २०० भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा जनतासँग प्रत्यक्ष जोडिएर दिने सेवा प्रवाहका काम सकेसम्म घरबाटै गर्ने व्यवस्था मिलाउन आग्रह गरेका...साउन २७ 2077 ekhabarnepal
काठमाडौं, साउन २७ नेपालमा पछिल्लो २४ घण्टामा थप ६३८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गोतमले देशभर गरेर ६३८ जना कोरोना संक्रमित थपिएको बताए। प्रवक्ता गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या सङ्क्रमित २३ हजार ९४८ पुगेक...साउन २७ 2077 ekhabarnepal
डा. रवीन्द्र पाण्डे . कोरोना संक्रमणबाट बच्नको लागि के गर्नुपर्छ भनेर सबै नागरिकलाई थाहा भइसकेको छ | मोबाइलको रिंगटोन, स्वास्थ्य मन्त्रालयका प्रबक्ताको ठाडो उपदेश, संचारमाध्यमदेखि बिज्ञहरुको अर्ति एकै छ – मास्क लगाउने, व्यक्तिगत दुरी कायम गर्ने, हात धोइरहने | सरकारी संयन्त्रको आरोप छ - नागरिकले मास्क लगाएनन्, सामाजिक दुरी कायम गरेनन्, हात धो...