समाज

गृहमन्त्री शर्माले भने– तपाइहरु सूचना मात्रै दिनुस्, भ्रष्टाचार रोक्ने शुत्र मसँग छ

साउन ७ २०७४   .

काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले आफु निरन्तर भ्रष्टाचार निवारणको अभियानमा लागिरहने बताएका छन् । पाँचौ राष्ट्रिय लोक दोहोरी अवार्ड कार्यक्रममा बोल्दै गृहमन्त्री शर्माले भने, ‘मेरो पहल भ्रष्टाचार न्युनिकरण हो । तपाइहरु सूचना मात्रै दिनुस् । भ्रष्टाचार रोक्ने शुत्र मसँग छ ।’ शान्ति सुरक्षाको हकमा समेत आफुले कुनै कमि हुन नदिने गृहमन्त्री ...

ओली आज मानसरोवर जाँदै

साउन ७ २०७४   .

काठमाडौं साउन ७-एमाले अध्यक्ष केपी ओली मानसरोवर जाने भएका छन् । विश्वभरका हिन्दु तथा बौद्ध धर्मालम्बीको तीर्थस्थल मानसरोवर भ्रमणका लागि ओली सपरिवार आज जान थालेका छन् । उनी साढे ११ बजे त्यसतर्फ प्रस्थान गर्नेछन् । ओलीसँगै पत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश बज्राचार्य र चिकित्सक पनि भ्रमणमा जानेछन् । ओली शनिवार ल्हासा पुग्नेछन्, जहाँ चिनियाँ ...

पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

साउन ७ २०७४   रासस

चितवन साउन ७- नारायणगढ–मुग्लिन सडकखण्डको जलबिरेमा आज बिहान खसेको पहिरो पन्छाइएपछि सडक सञ्चालनमा आएको छ । बिहान ४ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार पहिरो दुवैतर्फबाट पन्छाइएपछि बिहान ७ः२५ देखि सडक सञ्चालनमा आएको हो । सो सडकमा राति आवागमन रोकिँदै आएको छ । नारा...

प्रेम प्रसंगमा कुटपिटकाण्डः कुटाई खाएकी युवतीले दिइन् बयान, रुपन्देही प्रहरीले लियो एक्सन

साउन ६ २०७४   .

भैरहवा,  । असार १९ गते आफ्नै बाबु, ठूलो बाबु, दाजुबाट निर्घात कुटाई खाएकी किशोरीले आफन्तलाई कार्यवाही नगर्न अनुरोध गरेकी छिन । निर्घात कुटाई खाएकी रुपन्देही सम्मरीमाई गाउपालिका वडा नम्बर ६ डिहुलीकी १८ बर्षिय मिना यादवले आफुलाई कर्ता चोट नलागेको र घरमा पनि बाबु आमाले राम्ररी बस्न दिएको बताईन । मिनाको भनाई अनुसार असार १९ गतेको दिन घरका सबै ज...

नेपाल–भारत सीमा क्षेत्रमा निरन्तर संयुक्त सुरक्षा गस्ती

साउन ६ २०७४   रासस

नवलपरासी। दुवै देशको सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती गरिएको छ । नवलपरासीको गुठीप्रसौनीको सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीको संयुक्त गस्ती गरिएको हो । सीमा स्तम्भ संख्या ५०० देखि स्तम्भ संख्या ४९७ सम्म संयुक्त गस्ती गरिएको सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट...

अपाङ्ग दलित कुटपिटका आरोपी वडाध्यक्ष १३ हजार तिरेर रिहा

साउन ६ २०७४   प्रेम सुनार

गुल्मी साउन, ६– गाउँ कार्यपालिकाको पहिलो बैठक नबस्नु अघि नै एक जना अपाङ दलितलाई कुटपिट गरेको अभियोग लागेका गुल्मीको चन्द्रकोट गाउँपालिकाका वडाध्यक्ष १३ हजार ७  सय १० जरिवाना तिरेर रिहा भएका छन् । चन्द्रकोट गाउँपालिका वडा नम्वर ५ ग्वाघाका नव निर्वाचित वडाध्यक्ष टेकबहादुर पुनले साउन १  गते दिउँसो  स्थानीय अपाङ्ग दलित मानबहादुर बिकलाई उनकै घरमा ...

बम समात्ने हबल्दार रानाको असईमा बढुवा

साउन ५ २०७४   .

काठमाडौं साउन,५ । स्थानीय चुनावका क्रममा अज्ञात समूहले मतदान केन्द्रमा फालेको बम समातेर चर्चामा आएका प्रहरी हवल्दार दुर्गाबहादुर रानाको असईमा बढुवा भएको छ । रानाको हालै मात्र प्रहरी सहायक निरीक्षकमा बढुवा भएको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले जानकारी दिए । उनका अनुसार उत्कृष्ट कार्य गरे वापत रानाको बढुवा भएको हो । असार १४ गते भएको दोस्रो ...

महानगर ब्यवस्थित गर्न प्रधानमन्त्रीसँग सहयोग माग्दै काठमाडौंका मेयर

साउन ५ २०७४   .

काठमाडौं, ५ साउन– सडकको पिच गरिसकेपछि भोलिपल्ट खानेपानीको पाइप विच्छ्याउन फेरि  सडक खन्ने, दुर्घटना भएपछि खाल्डो पुर्न निर्देशन, दिने र फेरि खाल्डो पुरेर पिच गरेपछि ढल ब्यवस्थापनका लागि सडक खन्ने खण्डे योजनाले सहर ब्यवस्थापनमा अप्ठ्यारो परेपछि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जानु भयो । पछ...

गुल्मीमा फेरि अर्का दलित कुटिए, त्यो पनि वडाध्यक्षबाटै

साउन ५ २०७४   प्रेम सुनार

गुल्मी साउन ५।  केहि दिन अघि गुल्मीमा एक जना दलित होटलमा खान खाएको भाँडा नमाझेको भन्दै निर्घात कुटिएकोघटना सेलाउँन नपाउँदै गुल्मीमै फेरी अर्का दलित, त्यो पनि नवनिर्वाचित वडाध्यक्षबाटै, कुटिएका छन् । चन्द्रकोट गाउँपालिका वडा नम्वर–५ ग्वाघाका नवनिर्वाचत वडाध्यक्ष टेकबहादुर पुनले स्थानीय अपाङ्ग दलित मानबहादुर बिकलाई कुटपिट गरेका हुन् । साउने सक्...

जिल्लाका सम्बन्धित जिल्ला कार्यालयबाट स्थानीय तहमा कर्मचारी खटाइने

साउन ४ २०७४   .

काठमाडौँ साउन ४- सरकारले स्थानीय तहका लागि आवश्यक कर्मचारी सम्बन्धित जिल्ला कार्यालयबाटै खटाउने भएको छ । प्रदेश कानून नबन्दासम्म सङ्क्रणकालीन अवस्थाका लागि जिल्लास्थित विभिन्न कार्यालयबाट स्थानीय तहमा कर्मचारी खटाउ लागिएको हो । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले सङ्घ र प्रदेशको निर्वाचन नहुँदासम्म सरकारले जिल...

‘विदेशमा दैनिक बलात्कार हुँदा दोषीमाथि कारबाही भएन’

साउन ४ २०७४   .

काठमाडौं साउन, ४– नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले विदेशमा काम गरिरहेका नेपाली महिलामाथि बलात्कार जस्ता घटना दैनिक भइरहँदा पनि सरकारले दोषीमाथि कार्वाही गर्न नसकेको आरोप लगाएका छन् ।    बुधबार व्यवस्थापिका संसद अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा बोल्दै नेता नेपालले विदेशमा रहेका नेपाली महिला कामदारहरुको पीडा ...

बाह्य जिल्लाबाट पनि मतदाता नामावली दर्ता गर्न सकिने

साउन ४ २०७४   .

काठमाडौं साउन, ४। १ साउनदेखि सुरु भएको मतदाता नामावली दर्ता कार्यक्रम प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा नभएसम्म सञ्चालन हुने भएको छ । निर्वाचन आयोगको मंगलबार बसेको बैठकले स्थानीय तहको कार्यालयमा १६ साउनदेखि ३२ साउनसम्म मतदाता नामावली दर्ता गर्न सकिने निर्णय भएको छ । आयोगका अनुसार १५ साउनसम्म क्षेत्रीय तथा जिल्ला निर्वाचन कार्यालयमा ...

न्यूनतम आधार नै नभएका ठाउँमा जनप्रतिनिधिका ठूलै कुरा, स्मार्ट सिटी कसरी बनाउने छलफल गर्दै नगरप्रमुखहरु

साउन ४ २०७४   रासस

धुलिखेल । महानगरपालिका र नगरपालिकालाई स्मार्ट सिटी कसरी बनाउन सकिन्छ भन्ने विषयमा महानगर र नगरपालिकाका प्रमुख÷उपप्रमुख गरी नौवटा नगरको प्रमुख, उपप्रमुखको भेला भई मङ्गलबार छलफल गरेका छन् । काठमाडौँ विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङ, कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ विभागले आयोजना गरेको उक्त छलफलमा सहभागी हुन प्रमुख उपप्रमुख काभ्रेपलाञ्चोक जि...

पेट्रोल व्यवसायीको आन्दोलन : तीन दिन भित्र माग पूरा नभए सबै पेट्रोलियम पदार्थको खरिद विक्री रोक्ने

साउन ३ २०७४   रासस

काठमाडौं  साउन ३ -बाग्मती पेट्रोलियम डिलर्स एशोसिएशनले सरकारले आफुहरुको माग पुरा नगरेको भन्दै मंगलबारदेखि पेट्रोलिय पदार्थको खरिद विक्रि ठप्प पारेका छन् । नेपाल आयल निगम संचालक समितिको बैठकले सिंकेज लस र वर्किङ लसको कारण व्यवसायीले व्यहोर्दै आएको मागलाई सम्बोधन नगरेपछि व्यवसायी आन्दोलित भएका हुन् । निगमले सिंकेज लस र वर्किङ लसको अध्ययन अनुगमन ग...

पाल्पामा सम्बन्ध विच्छेद बढ्दो

साउन ३ २०७४   .

पाल्पा। पाल्पा जिल्लामा सम्बन्ध विच्छेदका घटनामा वृद्धि भएको छ। गएको वर्षमा जस्तै सम्बन्ध विच्छेद गर्ने दम्पतीको सङख्यामा यस वर्ष पनि वृद्धि भएको छ। आफु बाट भएका गल्तीमा आत्मालोचना गर्न नसक्दा पति —पत्नी बिच असमझदारी बढ्दै जादाँ सम्वन्ध विच्छेद बढ्दै गएको हो। गत आर्थिक वर्ष २०७३-०७४ मा १ सय २० थान सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएकोमा ९२ थान ...

बुटवलको अव्यवस्थित बस्ती र सुकुम्बासीको लगत संकलन गरिने

साउन १ २०७४   .

बुटवल । अव्यवस्तिथ बसोबास र सुकुम्बासी समस्या बुटवलको नौलो समस्या होइन् । यो समस्या समाधानका लागि धेरै पटक पहल भएपनि त्यो अझै समाधान हुन सकेको छैन । राजनीतिक दलहरुले चुनावी नाराका रुपमा यसैलाई बढि उठाउने गर्छन् । पछिल्लो पटक सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले समस्या समाधानमा चासो दिनेलाई मात्रै मतदान गर्ने भन्दै अडान लिएपछि यो समस्या सबैको नज...

आजबाट पुनः फोटो सहितको मतदाता नामावली संकलन

साउन १ २०७४   .

काठमाडौं साउन,१ । निर्वाचन आयोगले आजबाट पुनः फोटो सहितको मतदाता नामावली संकलन सुरु गरेको छ । तर, यसका लागि जिल्ला सदरमुकाममा रहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा नै जानु पर्ने भएको छ । आयोगले आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि नामावली संकलन तथा अद्यावधिक कार्य आजबाट सुरु गरेको हो । आयोगका अनुसार साउन १५ गतेसम्...

आज साउने संक्रान्ति

साउन १ २०७४   रासस

रत्ननगर साउन, १ - नेपालकै पवित्र तीर्थस्थल देवघाटधाममा साउने संक्रान्ति मेला शुरु भएको छ । आज साउनको पहिलो दिन साउने संक्रान्तिमा स्नान गर्ने भक्तजनको यहाँ भीड लागेको छ । मुख्य गरी हिन्दू संस्कारअनुसार साउन महिनालाई वर्षकै सबैभन्दा चोखो महिनाका रूपमा लिने गरिएकाले यो महिनाभर श्रद्धालुले चोखो गरी विभिन्न पूजा आराधना गरेर विशेषरूपमा मनाउँछन्...

साउने संक्रान्ति मनाइँदै, अगुल्टो फाले लुतो ठीक हुने

साउन १ २०७४   रासस

काठमाडौँ साउन, १। हरेक वर्ष झैँ यस वर्ष पनि आज साउन १ गतेलाई कर्कट संक्रान्ति साउने संक्रान्तिका रुपमा मनाइँदैछ । सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने साउन १ गतेलाई साउने संक्रान्तिका रुपमा मनाइन्छ । माघ १ गते अर्थात् मकर संक्रान्तिका दिन उत्तरतर्फको यात्रा गर्ने सूर्यले आजैदेखि दक्षिणको यात्रा गर्ने भएकाले दक्षिणायन पनि कर्कट संक...

अर्घाखाँचीमा वार्षिक सात करोडको दूध बिक्री

असार ३१ २०७४   रासस

सन्धिखर्क असार ३१ - अर्घाखाँची जिल्ला दूधमा आत्मनिर्भर बनेको छ । यहाँका युवा व्यावसायिक रुपमा गाईभैंँसी पालनमा लागेपछि यो जिल्ला दूधमा आत्मनिर्भर बनेको हो । जिल्लामा सय भन्दा धेरै दुग्ध उत्पादक समूह गठन भएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । व्यावसायिक रुपमा गाईभैँसी पाल्नेमा अधिकांश युवा पुस्ताका व्यक्ति रहेका छन् । जिल्लामा वार्षिक कर...

लुम्बिनीका मेयरले सुरु गरे घरदैलो अभियान

असार ३० २०७४   .

भैरहवा, असार,३० । लुम्बिनी साँस्कृतिक नगरपालिकाका नवनिर्वाचित मेयर मनमोहन चौधरीले नागरिकको गुनासो सुन्न घरदैलो अभियान सुरु गरेका छन् । नगरवासीको घरमै पुगेर प्रत्यक्ष रुपमा गुनासो सुनेर कार्यान्वयन गर्नका लागि अभियान सुरु गरिएको मेयर चौधरीले बताए । उनी नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका हुन् । नेता विजयी भए पश्चात मतदातालाई ब...

काठमाडौं महानगरको नीति तथा कार्यक्रम नगर सभामा पेश

असार ३० २०७४   .

काठमाडौं असार, ३० । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रम नगर सभामा पेश गरेको छ । मेयर विद्यासुन्दर शाक्यले नगरसभामा पेश गरेको नीति तथा कार्यक्रममा भर्टिकल र अण्डरग्राउण्ड कार पार्किङदेखि ई-ट्वाइलेटसम्मका योजना समेटिएका छन् । मेयर शाक्यले पार्किङको समस्या हटाउन महानगरपालिकाभित्र स्मार्ट पार्किङ सिस्टम जोड्ने ...

चुडामणि शर्मालाई सर्वोच्चमा उपस्थित गराइयो

असार ३० २०७४   .

काठमाडाैं असार , ३०। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई सर्वोच्च अदालतमा उपस्थित गराएको छ । अख्तियारको टोलीले शुक्रबार विहान उनलाई विशेष अदालत पुर्‍याएको थियो । भ्रष्टाचारको मुद्दा दर्ता प्रक्रिया सुरु भएपछि उनलाई सर्वोच्च लगिएको हो । शर्माले पत्नीले दायर गरेको बन्दी प्रत्यक्षीकर...

किन हुन्छ विमान दुर्घटना ? आयो आयोगको रिपोर्ट

असार २९ २०७४   रासस

काठमाडौँ असार २९-भैरहवाको गौतमबुद्ध विमानस्थलमा दुर्घटनाग्रस्त यति एयरलाइन्सको नाइनएन–एआइबी जे विमान ‘अपरेसनल फेलियर’ का साथै मानवीय कमजोरी भएका कारण दुर्घटना भएको दुर्घटना जाँच आयोगले ठहर गरेको छ । विमान अवतरण गर्ने क्रममा विमानको विभिन्न पार्टपूर्जाले काम नगरेको र ककपिटका चालकबीच राम्रो समन्वय नभएकाले विमान धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको...

नारायणगढ-मुग्लिन सडक सुचारु

असार २९ २०७४   .

 चितवन  असार,२९ । ठूलो पहिरोका कारण बुधवार दिउँसो साँढे ३ बजेदेखि बन्द भएको नारायणगढ-मुग्लिन सडकखण्ड बिहीबार बिहान ११ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिकाको वडा नं ६ स्थित कालिखोला नजिकै चारकिलो भन्ने स्थानमा गएको सुख्खा पहिरो हटाएर दुवैतर्फ रोकिएका हजारौं सवारी पास गराउन सुरु गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दीपक थापाले ...

तिनाउँ खोलामा बेपत्ता भएका ३ जनाको शव भेटियो, एक अझै बेपत्ता

असार २९ २०७४   .

पाल्पा असार २९- चार दिन देखि बेपत्ता भएका मध्ये तीन जनाको शव बुधबार फेला परेको छ भने एक जना अझै बेपत्ता भएका छन् । सोमबार राती तिनाउँ खोलाले जीप सहित चार जना खोलाले बगाएर बेपत्ता भएका थिए । माथागढी गाउँपालिका– १ की ४३ वर्षीया माया गाहा, बगनासकाली गाउँपालिकाका ४० वर्षीय पदमबहादुर कवँर मगर र तानसेन नगरपालिका भुसालडाँडा बस्ने– २६ वर्षीय उषा श्रे...

सरकारको मुख्यसचिवमा राजेन्द्र किशोर क्षेत्री नियुक्त

असार २९ २०७४   .

काठमाडौं, असार २९ । सरकारको मुख्य सचिवमा राजेन्द्र किशोर क्षेत्री नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रपरिषद बैठकले क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको हो । मुख्य सचिव सोमलाल सुवेदी एसियाली विकास बैंक (एडिबी)को उपकार्यकारी निर्देशक बनेर काजमा फिलिपिन्सको मनिला गएपछि मुख्य सचिव पद रिक्त थियो । सहकारी तथा गरिबी निवारणमा कार्यरत क्षेत्...

यो कस्तो न्याय ! दशलाख राहत पाउन दश वर्ष पर्खिए द्धन्द पिडितले

असार २८ २०७४   रासस

रोल्पा असार २८। सशस्त्र द्वन्द्वमा सयको हाराहारीमा ज्यान गुमाई देशमै सबभन्दा बढी क्षति व्यहोरेका रोल्पा जेल्वाङका द्वन्द्वपीडित विगतमा सरकारले दिने किस्ताबन्दी राहत लिन २ दिनको पैदलयात्रापछि सदरमुकाम आई राहत बुझेर घर फर्कंदा करिब एक हप्ता समय लाग्दथ्यो । समय धेरै खर्चिएर थोरै राहत लिँदाको सास्ती भोगेका उनीहरु अर्को पटक पुनः आउनु पर्ने बाध्यता...

व्यापारी अपहरण काण्ड : हिमाञ्चलबाट समातिए हत्यामा संलग्न

असार २७ २०७४   .

दाङ असार २७,–दाङको तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय दाङका प्रमुख एसपी धिरजप्रताप सिंहका अनुसार व्यवसायी श्रेष्ठको अपहरणमा मुख्य भुमिका निभाउने  तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बस्ने पूजा घर्ती, उनकै बाबु टीकाराम घर्ती र अपहरणको मुख्य योजनाकार सल्यान ...

दुई चरणमा सम्पन्न निर्वाचनमा एमाले बन्यो पहिलो शक्ति

असार २७ २०७४   .

काठमाडौं असार २७– दोस्रो चरणमा भएको स्थानीय तह निर्वाचनको सवै परिणाम सार्वजनिक भएसँगै मुलुकका ६७ जिल्लाका ६१६ स्थानीय तहले स्थानीय जनप्रतिनिधि पाएका छन् । असार १४ मा सम्पन्न निर्वाचनअन्र्तगत सुनसरीको धरान उपमहानगरको परिणाम सवैभन्दा ढिला असार २६ मा आएको हो । पहिलो चरण बैशाख ३१ र दोस्रो चरण असार १४ मा भएको स्थानीय निर्वाचनमा संसदको ठुलो दल नेपा...

नेकपाका कोही पनि नेता–कार्यकर्ता पक्राउ नपरेको: गृहमन्त्री

असार २७ २०७४   .

बुटवल असार २७ – गृहमन्त्री जनार्दन शर्माले भने नेकपाका कोही पनि नेता–कार्यकर्ता पक्राउ नपरेको बताएका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गिरफ्तार गरिएका आफ्न नेता–कार्यकर्ता रिहाईको माग गर्दै नेपाल बन्दको आव्हान गरिरहेका बेला गृहमन्त्री शर्माको यस्तो भनाई आएको हो । गृहमन्त्री शर्माले स्थानीय तहको चुनावको क्रममा च...

पाल्पामा बिहानै बम विष्फोट : स्थानीय त्रसित

असार २७ २०७४   .

पाल्पा,असार २७ । पाल्पाको तानसेनमा बम विष्फोट  भएको छ । आज विहान ४ बजे नगरको भगवतिटोल स्थित आँखासिविर नजिकै अज्ञात समुहले  प्रेसर कुकर बम विष्फोट गराएको हो  । बम विष्फोटबाट  कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ । बिस्फोटपछि स्थानीय भने त्रसित भएका  छन् । सर्बसाधारणहरु बिहान मर्निङ वाकमा निस्कन समेत सकेका छैनन । बिहा...

भैरहवाका मेयरको पहिलो निर्णयः २४ घण्टे हटलाइन सेवा

असार २६ २०७४   .

भैरहवा  असार,२६। रुपन्देही सदरमुकाम भैरहवा (सिद्धार्थनगर नगरपालिकाका) नवनिर्वाचित मेयर हरिप्रसाद अधिकारीले र उपमेयर उमा काफ्लेलेे पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण लगत्तै बसेको पहिलो बोर्ड बैठकले तीनवटा निर्णय गरेको छ । त्यस्तै बैठकले नगरपालिकाका नगरवासीहरुको गुनासोहरुको सुनुवाइको निम्ती साउन १ गतेबाट २४ घण्टा हटलाइन फोन सेवा संचालनमा ल्...

मुग्लिनको जाममा फसे एक हजार ४ सय गाडी

असार २६ २०७४   रासस

चितवन  असार,२६ । नारायणगढ–मुग्लिन सडकखण्डमा रातको समयमा सवारी आवागमन रोकिँदा गएराति मात्र एक हजार ४०० सवारी साधन रोकिएका छन् । नारायणगढतर्फ ६०० र मुग्लिनतर्फ ८०० सवारी साधन रोकिएका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तकाअनुसार नारायणगढतर्फको दासढुङ्गाको बासखोला पुलमा यात्रुबाहक सवारी र मालबाहक ट्रकल...

तिनाउ खोलाले जीप बगाउदा ४ जना बेपता

असार २६ २०७४   .

पाल्पा असार २६,  - पाल्पामा खोलाले जीप बगाउदा ४ जना बेपता भएका छन् । पाल्पाको माथागढी –३ सराई स्थित तीनाउखोलाले विहेको भोज खाएर फार्कदै गरेको लु १ ज १२१७ नम्बरको जीप बगाउदा ४ जना बेपत्ता भएका हुन् । लगातार बर्षाका कारण तिनाउ खोलामा आएको बाढीले राति १२ तिर सराईमा जीप बगाउँदा तानसेन– १ की २९ बर्षी उसा श्रेष्ठ, माथागढी १ का अन्दाजी ४० वर्षीय तिल...

वाढी पीडितलाई २५ हजार राहत उपलब्ध गराउने सरकारको निर्णय, १५ लाख सहुलियत ऋण

असार २६ २०७४   .

काठमाडौं असार २६–सरकारले सप्तरीका बाढी पीडीतलाई टहरा निर्माण र जस्तापाता खरिदका लागि तत्काल प्रतिपरिवार २५ हजार रुपैया राहत उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार सप्तरीको बाढि प्रभावित क्षेत्रको अवलोकन गरी बाढि पीडितहरुलाई तत्काल २५ हजार रुपैया उपलब्ध गराउने घोषणालाई सोमबार बसेको मन्त्रीपरिषद् बैठकले अनुमोदन ...

तुलसीपुर उपमहानगरको पहिलो निर्णयः सुत्केरीलाई पाँच हजार प्रोत्साहन भत्ता दिने

असार २६ २०७४   .

तुलसीपुर असार,२६ । तुलसीपुर उपमहानगरपालिकाको पहिलो बैठकले सुत्केरीलाई पाँच हजार प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । बैठकले तत्काल नवजात शिशुलाई पोषणयुक्त खाना र मातृशिशु मृत्युदर कम गर्नका लागि प्रोत्साहनस्वरुप उक्त रकम दिने निर्णय गरिएको हो । आगामी साउन १ गते देखि लागु हुने यो कार्यक्रम सरकारी अस्पतालमा सुत्केरी हुने तुलसीपुर उपमहानगरपालि...

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका एजेण्डा तयार, बुधबार छलफल हुने

असार २५ २०७४   .

काठमाडौं असार २५ –राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक बुधबार बस्ने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको भावी योजना, बजेट र त्यसका लागि थप संरचना तयार पार्नेगरी आवश्यक निर्णय लिन बुधबार निर्देशक समितिको बैठक बोलाइएको हो । निर्देशक समितिको बैठकका लागि आईतबार प्राधिकरणले एजेन्डा तयार पारेको छ । प्राधिकरण कार्यकारी समि...

नाकाबन्दीमा फसेको दार्जीलिङलाई नेपाली नाकाबाट खाद्यान्न

असार २५ २०७४   .

इलाम  असार,२५। दार्जीलिङमा चलिरहेको आन्दोलनलाई निहुँ बनाएर भारत सरकारले आफ्नै नागरिकहरुलाई नाकाबन्दी लगाएपछि सीमा क्षेत्रका भारतीयहरुले नेपाली नाकाबाट खाद्यान्न उपभोग गर्न थालेका छन् । दार्जीलिङ, कालेम्पोङ, मिरिकलगायतका क्षेत्रहरुमा तीन सातादेखि चलेको गोर्खाल्याण्ड आन्दोलनका कारण आम हड्ताल हुनका साथै पश्चिम बंगाल सरकारले प्रहरी र सेना लगाएर प...

संसदमा कर्मचारी समायोजन विधेयक प्रस्तुत

असार २५ २०७४   .

काठमाडौं असार २५–सरकारले कर्मचारी समायोजन विधेयक २०७४ व्यवस्थापिका संसदमा प्रस्तुत गरेको छ । सरकारी सेवामा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न सरकारले कर्मचारी समायोजन विधेयक ल्याएको हो । व्यवस्थापिका संसदको आईतबारको बैठकमा प्रधानमन्त्री तथा सामान्य प्रशासन मन्त्रीको तर्फबाट उ...

गुल्मीको रूरू गाउँपालिकामा ट्रक दुर्घटना हुँदा ५ घाइते

असार २४ २०७४   .

गुल्मी असार २४- गुल्मीको रुरु गाउँपालिकामा शनिबार ट्रक दुर्घटना हुँदा ५ जना गम्भीर घाईते भएका छन् । रिडीबाट  वलेटक्सार तर्फ वालुवा लिएर आउँदै गरेको लु २ ख १८८ नम्वरको ट्रक पानी ट्याङकी भन्ने स्थान भन्दा केहि माथी सडकबाट करिव सय मिटर तल खस्दा ५ जना  गम्भीर घाईते भएको गुल्मी प्रहरीले जनाएको छ ।     घटना स्थलमा पुगेका श्रृङ्गा प्रहरी चौकीका असाई म...

नवलपुरलाई छुट्टै जिल्ला बनाउन पहल गर्ने:प्रधानमन्त्री

असार २४ २०७४   .

नवलपरासी  असार ,२४  |   प्रधानमन्त्री शेरबहादुर देउवाले नवलपरासीको नवलपुर क्षेत्रलाई छुट्टै जिल्ला बनाउन आफूले पहल गर्ने आश्वासन दिएका छन् । शनिबार नवलपुर क्षेत्रलाई छुट्टै जिल्ला घोषणा गर्न र नवलपुर जिल्ला समन्वय समिती निर्माणको माग लिएर बालुवाटार पुगेका नवलपुर क्षेत्रका सासंद र जिल्ला नेताको टोलीलाई प्रधानमन्त्री देउवाले यस्तो आश्वासन दिएका ह...

दोस्रो चरणको निर्वाचन अहिलेसम्मकै सफलः प्रमुख आयुक्त यादव

असार २४ २०७४   रासस

काठमाडौं  असार,२४ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भर्खरै सम्पन्न भएको दुई चरणका स्थानीय तहको निर्वाचनबाट पाठ सिकेर आगामी निर्वाचन प्रक्रियामा निकै सुधार ल्याइने दृढता व्यक्त गरेका छन् । निर्वाचन प्रक्रियामा सुधार ल्याउन आचारसंहिताको पालनामा राजनीतिक दल र उम्मेदवार पनि त्यतिकै सजग र सचेत रहनुपर्नेमा उनले जोड दिएका छन् । स्थान...

निर्वाचन आयोगले भन्यो अव संघीय र प्रदेशसभाको चुनावमा लागौँ

असार २३ २०७४   रासस

काठमाडौं असार २३-निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको मिति तत्काल घोषणा गर्न सरकारसँग पुनः आग्रह गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक कानुन र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन तत्काल उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराए । निर्वाचन आयोगले प्रद...

बाढी प्रभावितको अवस्था बुझ्न प्रधानमन्त्री सप्तरी जाँदै

असार २३ २०७४   .

सप्तरी असार,२३  । बाढी प्रभावितहरूको अवस्था बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवा सप्तरी आउँदैछन् । बाढी प्रभावित क्षेत्रको अवलोकन र निरीक्षणका लागि प्रधानमन्त्री देउवा शुक्रबार (आज) सप्तरी आउने तय भएको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादु कटवालले  जानकारी दिए । उनका अनुसार, प्रधानमन्त्री लोहजारा गाविसस्थित भेडिया मन्ठमा आउनेछन् । भेडियामन्ठसहित न...

परासीको समन्वय समितिको कार्यालयमा आगलागी : १० लाख बराबरको क्षति

असार २२ २०७४   रासस

नवलपरासी असार २२ - जिल्ला समन्वय समिति नवलपरासीको कार्यालय भवनमा आज बिहान आगलागी भएको छ । आगलागीबाट कार्यालयको सूचना शाखा, सामाजिक विकास शाखा लगायतका कोठामा रहेका सम्पूर्ण कागजात, फर्निचर, कम्प्युटर लगायतका सामग्री पूर्णरुपमा नष्ट भएको छ । कागजात तथा भौतिक संरचना गरी आगलागीबाट १० लाख बराबरको क्षति भएको कार्यालयले जनाएको छ । मध्यरात १२ ब...

स्थानीय तहका लागि शीघ्र कानून बनाउनुपर्नेमा सांसदहरुको जोड

असार २१ २०७४   रासस

काठमाडौँ असार २१ -सांसदहरुले स्थानीय तहको निर्वाचन सम्पन्न भइ सके पनि निर्वाचित जनप्रतिनिधिलाई काम गर्न आवश्यक कानून शीघ्र निर्माण गर्नुपर्ने बताउनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकको विशेष समयमा सांसद डा राजन भट्टराईले हालै निर्वाचन सम्पन्न भएका स्थानीय तहका लागि आवश्यक कानुन छिटो ल्याउनुपर्ने बताउनुभयो । संविधानले तोकेको अवधिभित्र सबै...

सार्वजनिक भो ‘इमिग्रेसन मोबाइल एप’, गृहमन्त्री शर्माले अध्यागमनलाई के भने ?

असार १९ २०७४   .

काठमाडौँ असार १९ । गृहमन्त्री जनार्दन शर्माले नेपाल भित्रिनेका लागि पहिलो र नेपाल छाड्नेका लागि अन्तिम ढोका अध्यागमन विभाग भएकाले यसमा कार्यसम्पादन गर्नेले राष्ट्रिय स्वार्थलाई ध्यान दिन निर्देशन दिएका छन् । विभागद्वाराले सोमबारदेखि कार्यान्वयनमा ल्याएको ‘इमिग्रेसन मोबाइल एप’ सार्वजानिक गर्दै उनले भने, “यहाँका केही कर्मचारीले मिलेमतो ९सेटिङ०म...

पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो

असार १८ २०७४   .

काठमाडौं असार,१८ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलिमय पदार्थको मूल्य घटाएको छ । निगमले आइतबरा राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेल मूल्य घटाएको हो । खाना पकाउने एलपी ग्यासको पनि मूल्य घटाइएको छ । निगमले तीनवटै पेट्रोलियम पदार्थमा २/२ रूपैयाँ घटाएको छ । नयाँ मूल्यअनुसार पट्रोल अब प्रतिलिटर ९८ रुपैयाँमा पाइनेछ ...

नारायणगढ-मुग्लिन सडक झण्डै २४ घण्टादेखि अवरुद्ध, यात्रुको बिचल्ली

असार १७ २०७४   .

चितवन  असार,१७ । नारायणगढ-मुग्लिन सडकखण्ड करिब २४ घण्टादेखि अवरुद्ध हुँदा यात्रुहरु मर्कामा परेका छन् । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने कालिखोलामा शुक्रबार बिहान ८ बजे पहिरो खसेपछि अवरुद्ध भएको सडक अझै सन्चालनमा आएको छैन । शुक्रबार बिहान ८ बजे खसेको पहिरो हटाउन नपाउँदै पुनः मध्याह्न सवा १२ वजे ठूलो पहिरो खसेपछि बाटो खुलाउन ...
To Top