भोविन्दराज घिमिरे स्मृति प्रतिष्ठान गठन

समाज मंसिर ७ 2079 ekhabarnepal
1

अर्घाखाँची, मंसीर ६

पहिलो चरणमा ११ लाख रुपैयाँको अक्षयकोष बनाइने 

जीवन पर्यन्त सामाजिक तथा राजनीतिक काममा सक्रिय साविक मैदान–४ हाल पाणिनि– ५ अर्घाखाँचीमा वि.सं. १९८७ असोज १४गते जन्मनु भएका स्व. भोविन्द्रराज घिमिरेको स्मृतिमा उहाँका छोराहरुले भोविन्दराज घिमिरे स्मृति प्रतिष्ठान गठन गर्नु भएको छ ।
 प्यारालाईसिस रोगबाट ग्रस्त उहाँको वि.सं. २०५५ कार्तिक २७ गते दुःखद निधन भएको थियो । आफ्ना स्वर्गीय पिताको स्मरणमा यो प्रतिष्ठानमार्फत् सामाजिक अभियानमा सक्रिय हुनका लागि उहाँका सुपुत्रहरु रुद्रप्रसाद घिमिरे, चुरामणि घिमिरे र हरिप्रसाद घिमिरेले गैर नाफामुखी र गैर राजनीतिक प्रतिष्ठान गठन गरिएको हो । उक्त प्रतिष्ठानको प्रारम्भिक पूँजी ११ लाख रुपैयाँको हुने जानकारी हरिप्रसाद घिमिरेले गराउनुभयो ।
सो प्रतिष्ठानको प्रमुख संरक्षक भोविन्द्रराजकी श्रीमति रम्वादेवी घिमिरे तथा संरक्षक सुपुत्र द्घय रामप्रसाद घिमिरे र चुरामणि घिमिरे हुनुहुन्छ । 
हरिप्रसाद घिमिरेको अध्यक्षतामा गठित प्रतिष्ठानको कार्य समितिमा उपाध्यक्ष द्घय मोहनीराम घिमिरे र कमला घिमिरे, सचिव इन्द्रमणि घिमिरे, सह–सचिव गणेश घिमिरे, कोषाध्यक्ष गितिका घिमिरे एवं  सदस्यहरुमा कमला घिमिरे, लक्ष्मी घिमिरे, विशाल घिमिरे,ज्योति घिमिरे, राजन घिमिरे, सागर घिमिरे, सञ्जु घिमिरे, मिनाक्षी घिमिरे, भावना घिमिरे, जमुना घिमिरे, शेषकान्त घिमिरे, मुक्तिराम घिमिरे र कृष्णप्रसाद घिमिरे हुनुहुन्छ ।
त्यस्तै प्रतिष्ठानले सल्लाहकार समिति पनि वनाएको छ । जसमा रामजीप्रसाद घिमिरे, डी.आर.घिमिरे,  जीवलाल घिमिरे,लोकनाथ भण्डारी, हरिप्रसाद  घिमिरे (दाउरे), हरि अधिकारी, शालिकराम घिमिरे, शान्ता गैरे, मैयाँ भण्डारी र दुर्गादेवी पन्थी हुनुहुन्छ ।
यही मंसीर ६ गते पाणिनिमा आयोजित एक कार्यक्रमका वीच सो प्रतिष्ठानको घोषणा गरिएको हो । सो अवसरमा ६८ वर्ष नाघेका करिव ३ शय बृद्घ बृद्घाहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । स्व. भोविन्द्रराज घिमिरेका ९० वर्षिय सहोदर भाई काशीराम घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यकमको उद्घाटन प्रमुख संरक्षक रम्वादेवी घिमिरेले गर्नुभएको थियो ।  


प्रतिष्ठानको घोषणा गर्दै अध्यक्ष हरि घिमिरेले बुवाको जुन रोगबाट निधन भयो त्यसबाट पीडितहरुलाई उपचारमा सहयोग गर्ने, गरिव जेहेन्दार विद्यार्थीलाई सहयोग गर्ने र आगामी दिनमा ज्येष्ठ नागरिक पार्क वनाउने तथा अन्य कल्याणकारी काम गर्ने उद्घेश्यले यसको गठन गरिएको वताउनुभयो । कोषलाई वढोत्तरी गर्दै तत्कालका लागि पालिकास्तरीय भएपनि पछि यसको कार्यक्षेत्र विस्तार गरिने जानकारी गराउँदै उहाँले यसमा सवैको सहयोग हुने विश्वास प्रकट गर्नुभयो ।
सो अवसरमा राजनीतिकर्मी लक्ष्मण रायमाझीले यस प्रकारका पुण्य कर्मले सवैलाई प्रेरित गर्ने भएकाले यसलाई सरकारी वजेटसमेत मिसाएर अलिक प्रभावकारी काम गर्न अनुरोध गर्नुभयो ।
सल्लाहकार लोकनाथ भण्डारीले भारत प्रवासमा वसेर प्रभावशाली ब्यावसायीको रुपमा स्थापित हरि घिमिरेको यो कामले यस क्षेत्रमा ज्येष्ठ नागरिकलाई राहत प्राप्त हुने बिश्वास प्रकट गर्नुभयो ।
सो अवसरमा सल्लाहकार डी.आर. घिमिरेले प्रतिष्ठानका उद्घेश्य र यसले भविष्यमा गर्न सक्ने कामको चर्चा गर्दै यसलाई तत्काल बैधानिकता दिएर कार्यान्वयनमा लैजाने जानकारी गराउनुभयो ।

 
 

प्राप्त प्रतिकृयाहरू

To Top