सिद्दान्तको बर्को ओढेर गुटवन्दी गर्ने अधिकार कसैसँग छैन, उपाध्यक्ष पौडेल

राजनीति साउन १५ 2079 ekhabarnepal
1


बुटवल,सान १४।

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आगामी निर्बाचनमा पार्टीलाई विजयी बनाउन विगतमा गरेका राम्रा कामलाई जनस्तरमा पुर्याउने, बिपक्षीले गरेका गलत कामको भण्डाफोर गर्ने र अन्तरपार्टी ब्यवस्थापन गर्ने काममा तत्काल लाग्न निर्देशन दिनु भएको छ  ।

नेकपा एमाले लुम्विनी प्रदेशस्तरीय संगठन व्यवस्थापन तथा परिचालन विषयक दुई दिने कार्यशालाको अवसरमा प्रशिक्षणमूलकमन्तब्य दिदै उहाँले सो कुरा ब्यक्त गर्नु भएको हो । सरकारमा रहँदा एमालेले दुरगामी प्रभाव पार्ने काम गरेको प्रसंग उल्लेख गर्दै ती कामलाई ब्यवस्थित ढंगले जनतामा लैजान जरूरी रहेको बताउनुभयो ।

स्थानीय चुनाबमा काँग्रेस वा अरू कुनै पार्टी नेकपा एमालेसँग नलडेको बरू गठवन्धन लडेको स्मरण गराउँदै चौतर्फी घेराबन्दीका वीचमा सर्वाधिक लोकप्रिय मत प्राप्त गरेको तथ्य प्रस्तुत गर्नुभयो । आगामी निर्बाचनमा कार्यक्षेत्रको सुझाब, जित्न सक्ने संभावना र जितिसकेपछि पनि अनुचित काम नगर्ने ब्यक्तिलाई प्राथमिकता दिई टिकट वितरण गर्ने नीति रहेको बताउनुभयो ।

उपाध्यक्ष पौडेलले नेकपा एमाले विचार निर्माणका हिसावले, सँगठन निर्माण र परिचालनका हिसावले संसारका कुनै पनि पार्टीभन्दा ब्यवस्थित र सुदृढ रहेको विश्वास ब्यक्त गर्दै केही समय यता पार्टी आफ्नै मौलिक अभ्यासबाट स्खलित हुन पुगेकोमा चिन्ता प्रकट गर्नुभयो।

एमालेको सार्बभौमसत्ता एमालेका सदस्यमा निहित रहेकोले सिद्दान्त,नीति र कार्यक्रम कार्यकर्ताले चाहे अनुसारनै हुने तर, सिद्दान्तको बर्को ओढेर गुटवन्दी गर्ने अधिकार कसैसँग छैन, उहाँले भन्नुभयो ।


नेकपा एमाले केन्द्रीय कमिटीका सचिव तथा लुम्विनी प्रदेशका ईन्चार्ज छविलाल बिश्वकर्माले सुधारको कुरा हरेक कमिटीबाट शुरूगर्नुपर्ने आबश्यकता रहेको विचार राख्दै भन्नुभयो, हामी सवैजना स्थानीय निर्बाचनमा अपेक्षित परिणाम प्राप्त गर्न नसकेकोमाआत्मालोचित हुँदै आगामी निर्बाचनमा पार्टीको वहुमत दिलाउन सम्पूर्ण रूपले लाग्ने प्रतिबद्दता ब्यक्त गर्दछौ ।

 नेकपा एमाले केन्द्रीय संगठन विभागका प्रमुख खगराज अधिकारीले नेकपा एमाले योग्यतापूर्बक संगठन  सञ्चालन गर्ने पार्टी रहेकोमाजोड दिदै यो पार्टीसंग अरू कसैको तुलनै हुनै नसक्ने बताउनुभयो। कमिटीहरूले निर्णय क्षमता गुमाएका कारण माथिल्लो  कमिटीले निर्णय गर्नुपर्ने अवस्था आएकोले कमिटीहरूको निर्णय क्षमता वढाउन जरूरी रहेको बताउनुभयो र थप्नुभयो( समुहबाट आएका सुझावलाई कार्यान्वयन्मा ल्याईने छ ।

भ्रष्टाचारीलाई पालन पोषण गर्ने, अर्थतन्त्र तहसनहस बनाउने काम देउबा, प्रचण्ड र जनार्दनहरूले गरको सन्दर्भ उल्लेख गर्दै अधिकारीले भन्नुभयो, जवसम्म यिनीहरूका हातमा सत्ता रहिरह्छ तवसम्म मुलुक उघो लाग्न सक्दैन ।

यस अघि पहिलो दिन वनाईएका पाँचवटा समुहले समुहगत छलफलका निष्कर्षलाई प्रस्तुत गरेका थिए । पार्टीलाईअनुशासित, विधिसम्मत र कमिटी प्रणालीलाई चलायमान् बनाउन जोड दिदै सवै समुहले दिएका सुझावमा भनिएको छ, प्रदेश कमिटीको अविलम्व अधिवेशन गर्नुपर्ने, आन्तरिक लोकतन्त्र बलियो बनाउनुपर्ने,कमिटीहरू छोटो छरितो बनाउनुपर्ने, अनुशासनलाई उपल्लो कमिटीबाट लागु गर्नुपर्ने, सदस्यता नविकरण गर्दा प्रशिक्षण कार्यक्रम नियमित गर्नुपर्ने हुन्छ ।

पार्टीलाई समृद्दिको बाटोमा लैजाने भनेपछि तदनुसारका कार्यक्रमहरू बनाउने र हरेक कमिटीमा यस बिषयमा छलफल चलाउनुपर्ने, कार्यकर्तालाई स्वरोजगार सृजना गर्नेतर्फ ध्यान दिनुपर्ने कुरामा पनि जोड दिएका छन् ।

दुइ दिने कार्यक्रमको पहिलो दिन नेकपा एमाले केन्द्रीय कमिटीका सचिव तथा लुम्विनी प्रदेशका ईन्चार्ज छविलाल बिश्वकर्माले पार्टीको संगठनात्मक अवस्था, समस्या र समाधान सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै पार्टीभित्र देखिएका समस्या र तिनको समाधानका उपायबारे विचार प्रस्तुत गरेका थिए ।

पार्टीमा अध्ययनमा उदासीनता, आत्मकेन्द्रीत चिन्तन प्रवृत्तिको विकास, निर्देशन–बुझाई र कार्यान्वयनमा देखिएका समस्या, पार्टी सदस्यता र नवीकरण, जनसंगठनको काम र नीति नेतृत्वको महत्त्वका बारेमा उनले बताएका थिए ।

कार्यशालामा प्रदेश कमिटीका सचिवालय सदस्य, प्रदेशभित्रका सबै जिल्लाका पार्टी अध्यक्ष, इन्चार्ज, सह इन्चार्ज, संगठन विभाग प्रमुख, जनसंगठनका प्रमुख लगायतको सहभागिता रहेको थियो ।
 प्रदेश कमिटीले यही २०–२१ गते प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको पनि आयोजना गरेको छ । जसमा उपाध्यक्षद्वय सुभाष नेम्वाङ र विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोख्रेल र उपमहासचिव प्रदीप ज्ञवालीले प्रशिक्षण दिनेछन् ।

प्रदेशको प्रशिक्षणपश्चात् जिल्ला एवं वडा तथा टोल स्तरमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना रहेको प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलले बताए ।
कँडेलले पहिले पार्टीको संगठनात्मक संरचनाबारे तयारी गरेपछि प्रदेश स्तरको प्रशिक्षण गर्न लागिएको बताए ।

प्राप्त प्रतिकृयाहरू

To Top