पेट्रोलियम पदार्थको मूल्य  फेरि बढ्यो 

समाज असार २१ 2079 ekhabarnepal
1

असार २० , काठमाडौँ
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। 

सोमबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्यवृद्धि गरिएको निगमले सूचना प्रकाशित गरी जनाएको छ। 
निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टितेलमा नौ रुपैयाँ तथा हवाई इन्धन (आन्तरिक) तर्फ पाँच रुपैयाँ बढाएको हो।
यो सँगै पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ, डिजेल र मट्टितेलको १७२ तथा हवाई इन्धन (आन्तरिक) को १९० रुपैयाँ पुगेको छ। 
खाना पकाउने ग्यासको मूल्य भने यथावत छ।
 

प्राप्त प्रतिकृयाहरू

To Top