गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकोउद्घाटन, जजीरा एयरलाइन्सको उडान 

समाज जेठ २ 2079 ekhabarnepal
Thumb

बुटवल,जेष्ठ २
  गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि नियमित रुपमा सञ्चालनमा आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बिहान विमानस्थलको उद्घाटन गर्नुभएको छ । 
यससँगै अब मुलुकमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । अब काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि २४ सै घण्टा सञ्चालनमा आउने छ ।
हवाई उडाको सुरक्षाका लागि आवश्यक पर्ने अत्याधुनिक उड्ययन उपकरण आईएलएस सहितको यस विमानस्थलमा ३ हजार मिटर लामो धावनमार्ग छ । बोइङ ७७७, एयरबस ३३० र त्यही क्षमताका बाइडबडी विमान अवतरण गर्न सक्ने क्षमता छ । अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन तथा प्राधिकरणले तोकेको मापदण्ड अनुसार निर्माण भएको यस विमानस्थललाई नेपाल नागरिक उड्ययन प्राधिकरणले गत वैशाख २१ गते प्रमाणीकरण गरिसकेको छ ।

विमानस्थलको उद्घाटन हुनुअघि कुवेतबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि व्यवसायिक उडान भरेको जजीरा एयरलाइन्सको एयरबस ३२० विमान बिहान ७ बजेर ८ मिनेटको समयमा अवतरण गरेको थियो । यस विमानस्थलमा पहिलो व्यवसायिक हवाई उडान सञ्चालन गरेको जजीरा एयरलाइन्सको उक्त विमानबाट आएका सबै यात्रुलाई विमानस्थलमा स्वागत गरिएको थियो ।

बुद्ध पूर्णिमाको अवसर पारेर कुवेतको जजिरा एयरलाइन्सको जहाज पहिलोपटक सोमबार बिहान १ सय ७५ जना यात्रु बोकेर विमानस्थलमा अवतरण गरेको हो। बिहान भैरहवा आएको जहाज आज सोमबार नै ९० जना यात्रु बोकेर कुवेत फर्किनेछ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top