देशैभरी गठवन्धन भत्कियो, गोरखामा एमाले र जसपा तालमेल

राजनीति बैशाख २७ 2079 ekhabarnepal
Palungtar samajbadi

बैशाख २७ , काठमाडौँ
गठवन्धनका मुख्य सूत्राधार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अन्ततः एमालेसंग सहकार्य गर्न तयार भएका छन् । उनको गृहनगरमा जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा (एमाले)बीच चुनावी तालमेल गर्ने सहमति भएको छ। 
देशैभरी गठवन्धनका नेताहरु एक अर्कालाई आरोप प्रत्यारोप गर्न शुरु गरेका छन् ।
बुटवलसहित रुपन्देहीका धेरै ठाउँमा अघोषित रुपमा गठवन्धन भत्किएको छ । यसको औपचारिक घोषणा नभएपनि परिणामले देखाउने गरी काम भइरहेको वताइएको छ । खास गरी कांग्रेसले साना दलहरुलाई हेपेको निष्कर्षमा उनीहरु पुगेका छन् । बुटवलमा नेपाली कांग्रेसले मेयर पदको मात्र भोट माग्न थालेपछि अन्य दलहरुले सार्वजनिक रुपमै आक्रोश ब्यक्त गर्न थालेका छन् ।


यसैवीच मौनअवधिको पूर्वसन्ध्यामा भट्टराईको गृहनगर गोरखाको पालुङटार नगरपालिकामा जसपा र एमालेबीच चुनावी तालमेल गर्ने सहमति भएको हो। 
सहमतिअनुसार पालुङटार नगरपालिकाको प्रमुखमा एमालेले जसपालाई र उपप्रमुखमा जसपाले एमालेलाई सघाउने भएको छ। 
यस्तै उक्त नगरपालिकाको ६, ७ र १० मा एमालेलाई तथा ४ र ५ नम्बर वडामा जसपालाई एकअर्कालाई सघाउने पनि सहमति भएको छ। 
सहमति पत्रमा जसपाका तर्फबाट अध्यक्ष यानप्रसाद भट्ट र एमालेका तर्फबाट प्रेम गुरुङले हस्ताक्षर गरेका छन्।
यसअघि यहाँ सत्तारुढ गठबन्धनबीच भागबन्डालाई लिएर विवाद थियो। सुरुमा कांग्रेस र समाजवादीले तालमेल सहमति गरेका थिए।
तर सहमति कार्यान्वयन हुन नसकेपछि पालुङटारमा एक्ला एक्लै लड्ने निष्कर्ष सत्तारुढ दलले निकालेका थिए। 
तर समाजवादी एक्लै परेको अवस्थामा बाबुरामकै पहलमा एमालेसँग तालमेल भएको हो। बाबुराम पछिल्लो समय एमालेविरुद्ध आक्रमक नेतामध्ये एक हुन्। 


 

प्राप्त प्रतिकृयाहरू

To Top