कांग्रेस अत्तालियो, मत सुरक्षित गर्न एमाले अध्यक्षको आग्रह

राजनीति बैशाख २७ 2079 ekhabarnepal
Tejendra kc 1

बुटवल, बैशाख २७
नेकपा (एमाले) रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले एक विज्ञप्ति प्रकाशित गरी सम्पूर्ण पार्टी कार्यकर्तालाई मतदानको समयसम्म चनाखो हुन, मत सुरक्षित गर्न, निर्वाचनलाई शान्तिपूर्ण रुपले सम्पन्न गराउन र जिम्मेवार ढंगले आ–आफ्नो कार्यक्षेत्रमा लाग्न पार्टी कार्यकर्ता तथा शुभेच्छुकलाई अपिल गर्नुभएको छ ।
 जनताको अपार समर्थन वढ्दै जाँदा ब्यापक जनलहर नेकपा (एमाले) प्रति प्रकट हुँदै गएकोले यतिवेला विपक्षीहरु अत्तालिएर जिल्लाभरी आक्रमणमा उत्रिएकोमा गंभीर आपत्ति जनाइएको छ । 
गठवन्धनका तर्फबाट आजै बुटवल–८ मा ज्येष्ठ नागरिकमाथि हमला भएको छ । सैनामैना–९ पिपलडाँडामा नगर प्रमुखका उम्मेदवारमाथि आक्रमणको प्रयास गरिएको छ । तिलोत्तमा–१६ बिउलीमा एमाले कार्यकर्ता संजीब भण्डारीमाथि सांघातिक आक्रमण गरेपछि अस्पताल भर्ना गरिएको छ भने बुटवल–१२ मा गए राती वडा अध्यक्ष सवार गाडी तोडफोड गरिएको छ । 
समग्र रुपन्देही जिल्लामा नेकपा (एमाले) को पक्षमा असाधारण जनमत प्रकट भएको दावी गर्दै विज्ञप्तिमा भनिएको छ–‘यस जिल्लाका १६ पालिकामध्ये १३ वटा जिल्लामा हाम्रो पार्टी  अग्रपंक्तिमा रहेको र ३ वटा पालिकामा प्रतिष्पर्धा रहेको तथ्यांकले सत्ता गठवन्धन अत्तालिएर सत्ताको चरम दुरुपयोग गर्ने सम्भावना बढेको छ’ । 
गृहमन्त्री बालकृष्ण खाँण जिल्लामा बसेर भोजभतेर गर्ने, सुरक्षाकर्मी प्रयोग गर्ने, हाम्रो पार्टीका कार्यकर्तालाई अप्रत्यक्ष ढंगले धम्की दिने, मौन अवधिमा मतदाता प्रभावमा पार्ने योजना वनाउँदै गरेको सूचना प्राप्त भएकोले मतदाता सुरक्षा हाम्रो पनि प्रमुख दायित्व भित्र पर्दछ, विज्ञप्तिमा भनिएको छ । 
गृहमन्त्रीबाटै निर्वाचन आचारसंहितालाई धज्जी उडाउने काम भएकोले निर्वाचनको निष्पक्षतामा प्रश्न उठेको प्रसंग उल्लेख गर्दै उहाँले निष्पक्ष र भयरहित वातावरणमा मताधिकारको प्रयोग गर्ने वातावरण बनाउन प्रशासन, निर्वाचन आयोग र निर्वाचनमा खटिने सम्पूर्ण राष्ट्रसेवक कर्मचारी तथा सुरक्षाकर्मीको ध्यान आकृष्ठ गर्नुभएको छ । 
नेकपा (एमाले) जिम्मेवार र लोकतान्त्रिक प्रक्रियालाई आत्मसात गर्ने पार्टी भएकोले निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्ने दायित्व पूरा गर्दै जनमतलाई सुरक्षित तवरले मतदानको माध्यमबाट रक्षा गर्ने वातावरण बनाउन आजैका दिनदेखि निर्वाचनको दिनसम्म सक्रिय हुन विशेष अपिल गर्नुभएको छ । 


 

प्राप्त प्रतिकृयाहरू

To Top