लुम्बिनी प्रदेशमा विद्युतीय बसको शुभारम्भ 

समाज चैत्र १५ 2078 ekhabarnepal
Electric bus

बुटवल, चैत्र १५ ।

नेपालमा पहिलो पटक विद्युतीय सार्वजनिक वस सेवा सञ्चालनमा ल्याउने सुन्दर यातायात प्रा.लि.ले लुम्विनी प्रदेशमा पनि विद्युतीय सार्वजनिक वस सेवाको शुभारम्भ गरेको छ । रुपन्देहीको मणिग्रामस्थित ड्रिमल्याण्ड होटेलमा नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रिबन काटेर विद्युतीय बसको शुभारम्भ गर्नुभएको थियो । 
उद्घाटन पश्चात् पूर्व प्रधानमन्त्री ओलीसहित पूर्व उपप्रधान तथा अर्थमन्त्री, नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, राष्ट्रिय सभा सदस्य गोपाल भट्टराई, प्रदेश सभा सदस्य तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य लीला गिरी, केन्द्रीय सदस्य भूमिश्वर ढकाल, सावित्रा अर्याल, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, सैनामैना नगरपालिकाका मेयर चित्रवहादुर कार्की, उपमेयर विना मगर, एमाले रुपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र केसी लगायत करिब ७० जना गाडी चढेर लुम्बिनी पुगेका थिए भने ओली पुनः भैरहवा एयरपोर्टसम्म आउनुभएको थियो ।

सो अवसरमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वातावरणीय प्रदूषण कम गर्नका लागि सुन्दर यातायातले सुरु गरेको यो अभियानमा सबैले साथ दिन आग्रह गर्नुभएको थियो।

‘पेट्रोलियम पदार्थमा बढ्दै गइरहेको मूल्यवृद्धिलाई यस्ता साधन सञ्चालन गरेपछि हामीलाई धेरै राहत हुनेछ । बढ्दै गएको प्रदूषण कम गर्न यसले ठूलो मद्दत गर्नेछ, म आफै अहिले चढेर आएँ धेरै राम्रो छ’ लुम्बिनीमा आयोजित कार्यक्रममा उहाँले भन्नभयो ।

एमाले अध्यक्ष ओलीले लुम्बिनीको सौन्दर्यता बढाउन विद्युतीय सवारी साधनको सञ्चालनले पर्यटकको आकर्षण बढ्ने भएकाले यसमा लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गर्नुभएको थियो ।
 यस अघि सुन्दर यातायात प्रालिले काठमाण्डौको सडकमा यस्ता बसहरु गुडाईरहेको छ । 
हाल रुपन्देहीको बुटवल—सिद्वार्थनगर र बुटवल—सालझण्डी हुँदै कपिलवस्तुको जितपुरसम्म तथा बुटवलदेखि नवलपरासीको सुनवल हुँदै बर्दघाटसम्म सञ्चालन हुनेछन् । हाल दुइवटा बसबाट परीक्षण सेवा शुरु भएपनि निकट भविष्यमै तराइका अधिकांश जिल्लामा सेवा विस्तार गर्नुका साथै बसहरु पनि थप हुँदै जानेछन् । 

हाल काठमाडौंमा मात्र सञ्चालित विद्युतीय बसहरू वातानुकूलित भएकोले तराईको गर्मीमा असाध्यै लोकप्रिय हुने कम्पनीका अध्यक्ष भेषबहादुर थापाले बताउनुभयो ।

नेपाली सडकमा विद्युतीय कारहरू प्रशस्तै गुडिरहँदा पनि बिजुली बसहरू नदौडिएकाले अब अब यसमा सुधार आउने उनको भनाइ छ । छिमेकी मुलुक चीन र भारतका ठूला सहरमा विद्युतीय बसहरू चल्न थालिसके पनि नेपालमा यस्ता बसहरू नगण्य मात्रामा छन् । नेपालमा सुन्दर यातायातले मात्रै सीमित विद्युतीय बस सञ्चालन गरेको छ ।

सुन्दर यातायातले चिनियाँ बीओके ब्रान्डका बस ल्याएर राजधानीमा सञ्चालन गरिरहेको अवस्थामा अब युरो ब्राण्डका बसहरू चलाउने भएको छ ।
नेपालमा दुई बर्षभित्र ५ शय वस सञ्चालनमा ल्याउने गरी लण्डनको कशिस मोविलिटीसंग सुन्दर  यातायातले सम्झौता गरेको छ । यस कामका लागि भारतको प्रख्यात सार्वजनिक वस सञ्चालक कम्पनी भागिरथी ग्रुप प्रालिसंग सुन्दर यातायात प्रालिले प्राविधिक लगायत अन्य सहयोग गर्ने गरी सम्झौता भएको छ । कशिस मोविलिटीले जर्मन प्रविधियुक्त युरो बस आपूर्ति गर्नेछ । सुन्दर यातायातले चिनको प्रख्यात बीएके अटोमोवाइल (द्यब्प् ब्गतयmयदष्भि ) र सिचुवान गुहाङ अटोमोबाइल्स , लण्डनको कशिस मोविलिटी संगको सहकार्यमा विद्युतीय सवारी साधनको एसेम्बल, बिक्री वितरण तथा सेवा सञ्चालन गर्दैछ ।  
रुपन्देहीको सैनामैनामा एसेम्बल प्लान्ट राख्ने सम्झौता यस अघिनै भएको थियो । नेपालले सन् २०२० भित्र नेपालका २० प्रतिशत सवारी साधन विद्युतीय ऊर्जाबाट सञ्चालित भइसक्ने उद्घघोष गरेको भएपनि सो को कार्यान्वयन हुन सकेको छैन । उक्त घोषणालाई मन बचन र कर्मले पूरा गर्ने तत्परता यस कम्पनीले शुरु देखिनै देखाउँदै आएको छ ।  
नेपालको सन्दर्भमा विदेशी मुद्राको चाप र व्यापार घाटाको प्रमुख कारण नै तेलको अत्यधिक आयात हो, जुन कुल निर्यातभन्दा २ गुणा बढी छ । यसैले तेलको आयातमा हुने खर्च, खेर जाने बिजुलीबाट हुने नोक्सानी र वायु प्रदूषणका कारण मानव स्वास्थ्य र वातावरणमा पर्ने असरको समेत हिसाब गर्ने हो भने मुलुकको अर्थतन्त्रका लागि पनि विद्युतीय गाडीको अनिवार्य आबश्यकता हो । स्मरणीय छ, विश्व स्वास्थ्य संगठनको अनुमानमा नेपालमा वायु प्रदूषणका कारण बर्सेनि करिब ३७ हजारको मृत्यु हुने गर्छ र काठमाडौं उपत्यकाको वायु प्रदूषणको स्तर अन्तर्राष्ट्रिय मापदण्डभन्दा ५ गुणा बढी प्रदूषित वा घातक छ ।
सन् २०३० मा चीन, भारतलगायत युरोपियन मुलुकले इन्धनका सवारी साधनको प्रयोगलाई विस्थापित गरी विद्युतीय सवारीसाधन प्रयोग गर्ने घोषणा गरिसकेको अवस्थामा सार्वजनिक वा निजी यातायातको भविष्य बिजुली गाडीकै भन्ने बिश्वास यस कम्पनीको रहेको छ । विद्युतीय गाडीहरू पेट्रोल, डिजेलका गाडीभन्दा सुरुमा किन्दा महँगो परे पनि यसको कम सञ्चालन खर्च, यसले पु¥याउने कम वातावरणीय क्षति, जसले गर्दा जनस्वास्थ्य र पृथ्वीको पर्यावरणमा हुने लाभको कारण यसको प्रयोग विश्वव्यापी रूपमा बढ्दै गइरहेको छ ।
 बिजुली गाडी प्रयोग बढाउनु भनेको, विकासको अवधि र लागत घटाउनु पनि हो । काठमाण्डौ बाहिर लुम्विनीबाट शुरु गरिएको विद्युतीय वस सेवा क्रमसः अन्य प्रदेशहरुमा पनि सञ्चालन गरिने छ । 
यसैवीच नयाँ वर्षको प्रारम्भसंगै सुन्दर एप मार्फत् विद्युतीय सवारीका अन्य सेवा पनि सञ्चालन गर्ने योजना रहेको छ 

प्राप्त प्रतिकृयाहरू

To Top