काठमाडाैं, पुस १८,
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोषणा गरेको २३६ केन्द्रीय सदस्यको नाम अनुमोदन गर्दै नेकपा माओवादी केन्द्रको ८औं महाधिवेशन सम्पन्न भएको छ ।
प्रचण्डले बन्दसत्रमा १२५ जना समानुपातिकतर्फ र खुल्ला १११ जना केन्द्रीय सदस्य गरी २३६ जनाको नाम घोषणा गरेका थिए । सो नामहरू हलले पारित गरेको छ । समानुपातिकमा २९ र खुल्लातर्फ ३४ जना सदस्य थप्न बाँकी छ ।
अब केन्द्रीय कमिटी बैठक सोमवार बस्ने भएको छ ।
सो बैठकले अध्यक्षसहितको पदाधिकारी चयन गर्नेछ । बैठक ज्येष्ठ केन्द्रीय सदस्यको अध्यक्षतामा बस्ने छ ।
१११ खुला केन्द्रीय सदस्य छान्दा ६ मात्रै महिला
नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट खुलातर्फ १११ जना केन्द्रीय सदस्य छान्दा जम्मा ६ जना महिला मात्रै चयन भएका छन् ।
आइतबार महाधिवेशनको बन्दसत्र सञ्चालन भइरहेको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुलातर्फ जम्मा ६ जना महिलाको नाम घोषणा गरेका हुन् ।
खुल्लातर्फ निर्वाचित हुनेहरुमा पम्फा भुसाल, उर्मिला अर्याल, जयपुरी घर्ती, रेखा शर्मा, पूर्णाकुमारी सुवेदी र यशोदा सुवेदी गुरुङ रहेका छन् ।
माओवादी केन्द्रले केन्द्रीय समितिमा ३५ प्रतिशत महिला पुर्याउने निर्णय गरेको छ । समानुपातिक सूचीमा महिलाहरुको नाम पुरूषको तुलनामा बढी भएतापनि खुलातर्फ भने ६ जना महिलालाई मात्रै निर्वाचित गरेको हो ।
अब खुलातर्फ ३४ जना निर्वाचित हुन बाँकी छ ।
समानुपातिकबाट को को भए केन्द्रीय सदस्य (सूचीसहित)
खसआर्य पुरुष (१४)
नारायण दाहाल
सूर्य सुवेदी
धिरेन्द्र शर्मा
नरबहादुर विष्ट
बसन्त शर्मा
केशव नेपाल
निर्मल आचार्य
जोखबहादुर महरा
देवराज रेग्मी
तारामान स्वाँर
देवराज रेग्मी
हरिराज अधिकारी
देवेन्द्र पराजुली
अच्युतम काफ्ले
खसआर्य युवा (४)
विजय भण्डारी
दुर्गा चापागाईं
अनिल शर्मा
लालबहादुर सोडारी
खसआर्य महिला (२५)
आशा कोइराला
सीता पोखरेल
कल्पना धमला
गङ्गाकुमारी बेल्बासे
दामाकुमारी शर्मा
देवी खड्का
धर्मशिला चापागाईं
नारायणी शर्मा
वलावती शर्मा
विमला सुवेदी
रेणु चन्द
रेनु दाहाल
सत्या पहाडी
समिता कार्की
लक्ष्मी न्यौपाने
मञ्जु बम
कुन्ती जोशी
टीका बुढाथोकी
गोमा कुँवर
कालिका चलाउने
मुक्तिनी गौतम
हरिमाया शर्मा
मुक्ति चौलागाईं
खसआर्य युवा महिला (६)
यशोदा न्यौपाने
ओमकुमारी पौडेल
विमला सिंह
दीपन सिंखडा
गीता तिमल्सिना
कृष्णा शाह
जनजाति पुरुष (११)
अजम्बर राई काङमाङ
रामकुमार राई
मानबहादुर बुढामगर
जीतबहादुर योन्जन
दीपेन्द्रकुमार पुन
तुलाराम घर्तीमगर
राजकाजी गुरुङ
परशुराम तामाङ
हितबहादुर तामाङ
दिलिप प्रजापति
छक्कबहादुर लामा
जनजाति युवा (४)
इन्द्रबहादुर आङ्बो
हेमकुमार राई
डम्बर घर्तीमगर
नविन जिरेल
जनजाति महिला (२२)
अमृता थापा
ओनसरी घर्ती
कमला रोका
कुमारी मोक्तान
ताराकुमारी घर्ती
दुर्गा जयन्ती राई
पार्वती थापा
शशी श्रेष्ठ
लक्ष्मी लामा
सोमती तमु
होमकुमारी खापुङ
सीता थेबे
मणि खुम्बु किराँती
पी घर्ती
लक्ष्मी पुन
मीना तामाङ
सरिता महर्जन
प्रतिमा श्रेष्ठ
उर्मिला लामा
लक्ष्मी गुरुङ
लालकुमारी पुन
माया बल
जनजाति युवा महिला (४)
विना मगर
आर तामाङ
ममता ताजपुरिया
कमला दोङ
दलित पुरुषतर्फ (३)
विष्णुबहादुर बिक
यमबहादुर परियार
जगत पार्की
दलित महिला (११)
अन्जना बिसंखे
सुशीला श्रीपाईली
सीता बौडेल
मानकुमारी नेपाली
सीता नेपाली
धनमाया बिक
लक्ष्मी बिक
शान्ति नेपाली
गीता गहतराज
दुर्गाकुमारी बिक
पम्फा बसेल
दलित युवा (१)
सुबोध श्रीपाइली
दलित युवा महिला (१)
पार्वती बिक
मधेसी पुरुष (३)
जगत यादव
शिवकुमार मण्डल
रामकुमार यादव
मधेसी युवा (१)
सुरेन्द्र मेहता
मधेसी महिला (२)
बोधमाया कुमारी यादव
सुनिताकुमारी यादव
थारु पुरुष (३)
सन्तकुमार चौधरी
हरिनारायण चौधरी
देवीलाल चौधरी
थारु युवा (१)
अमनलाल मोदी थारु
थारु महिला (५)
रुपा चौधरी
अञ्जना चौधरी
अञ्जु चौधरी
दीपा चौधरी
कृष्णा चौधरी
मुस्लिम पुरुष (१)
हकिकुल्लाह मुसलमान
मुस्लिम महिला (१)
कौसर साह
पिछडिएको क्षेत्र (३)
नरेश भण्डारी
देवकी मल्ल
कुमार पौडेल
प्राप्त प्रतिकृयाहरू