६ हजार नेता–कार्यकर्तासहित एमाले भित्रिए कपिलबस्तुका मंगल गुप्ता, निर्वाचित जनप्रतिनिधिले पनि एमाले प्रवेश गरे 

राजनीति पौष ६ 2078 ekhabarnepal
Mangal


नेपालको खेत बाँझो राखेर भारतलाई पानी दिन सकिन्‍न
बुटवल,पुष ६  । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको खेत बाँझो राखेर भारतलाई पानी दिन नसकिने बताउनु भएको छ । कपिलवस्तुको वहादुरगंजमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै ओलीले नेपालको राजनीति अब विकास र समृद्धिमा केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो ।


कपिलबस्तुका चर्चित नेता मंगलप्रसाद गुप्ता आफ्ना समुहसहित ६ हजारभन्दा बढी कार्यकर्ता र समर्थकहरू लिएर आजै नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । 
गुप्तासहितका नवप्रवेसीहरूलाई एमाले अध्यक्ष कमरेड केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभएको छ। नवप्रवेशीहरूमा नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको संख्या पनि उल्लेख्य थियो ।  गुप्ता समुह प्रवेशसँगै कपिलबस्तुमा एमाले पहिलो शक्तिको रुपमा उदाएको छ ।

सो अवसरमा अध्यक्ष ओलीले देशलाई समृद्धितर्फ लैजाने यात्रा एमालेले सुरू गरेको बताउँदै मधेसमा नेकपा एमालेको जनलहर देखेर विरोधीहरुलाई जलन भएको वताउनुभयो र थप्नुभयो, केही लोभीपापीका कारण हामी सरकारमा त छैनौं, तर त्यो विधिले होइन जालझेलले हो । यसको फैसला चुनावपछि आउने परिणामले देखाउँछ ।

कपिलवस्तुको उर्बर भूमिलाई सिंचाइ गर्नका लागि रोकिएको नौमुरे परियोजनालाई आफ्नो कार्यकालमा अगाडि बढाएको स्मरण गर्दै ओलीले 
 नेपालतर्फ बाँझो जमिन र उता भारततर्फ खेती हुनु कदापी सम्भब छैन भन्नुभयो । 

कपिलवस्तुलाई औद्योगिक सहर बनाउने योजना रहेको वताउँदै हुलाकी राजमार्ग निर्माणका लागि विशेष ध्यान दिइने विश्वास ब्यक्त गर्नुभयो । 

कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले आफ्नो कमजोरीले सरकारबाट नबाहिरिएकाले नै छिट्टै चुनावमा जान चाहेको बताउँदै आफुहरु
 जनताबाट नडराएका कारणले चुनावमा जान चाहेको वताउनुभयो । परमादेशको गठबन्धन सरकार र यसैमा रमाएका सहयात्रीहरु चुनावबाट डराएका छन्,’ उहाँले थप्नुभयो । 

 महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धनको सरकार जति समय रहन्छ मुलुकले दुर्भाग्य मात्रै बेहोर्नु पर्ने उदघोष गर्नुभयो । 

एमालेले देशको हितमा गरेको कामबाट अत्ताल्लिएर यो गठबन्धन बनेको हो, यो गठबन्धन सरकार जति समय रहन्छ, मुलुकले दुर्भाग्य मात्रै बेहोर्नुपर्छ,’ महासचिव पोखरेलले भन्नुभयो । उहाँले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको कामलाई रोक्नकै लागि गठबन्धन लागेको र गठबन्धनले मुलुकको अहित मात्रै गरिरहेको बताउनु भयो ।

‘एमालेलाई जनादेशबाट होइन, परमादेशबाट सरकारबाट बाहिर पुर्याइएको हो, जनादेश त एमालेकै पक्षमा रहेको थियो, छ भोलि पनि रहन्छ,’ पोखरेलले भन्नुभयो, ‘चुच्चे नक्सा जारी भएपछि गठबन्धन बनाएर एमालेको सरकार हटाउने काम गरे । गठबन्धन बनाएर मुद्धा मामिला गरेर अदालतबाट एमालेलाई सत्ताबाट हटाउने काम भयो,’ महासचिव पोखरेलको भनाई थियो । उहाँले ओली सरकारकै कारण तराई मधेशको मुहार फेरिएको तथ्यसमेत राख्नुभयो ।

कार्यक्रममा एमाले सचिवहरु लेखराज भट्ट, छविलाल विश्वकर्मालगायतले सम्बोधन गर्नुभएको थियो ।


 
 

प्राप्त प्रतिकृयाहरू

To Top