सभापतिमा कसैले पाएनन् बहुमत, दोस्रो चरणमा देउवा र कोइरालाबीच प्रतिस्पर्धा 

राजनीति मंसिर २८ 2078 ekhabarnepal
12

काठमाडाैं, मंसिर २८ 
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा पहिलो चरणमा कसैले बहुमत ल्याउन नसकेपछि दोस्रो चरणमा निर्वाचन गर्नुपर्ने भएको छ ।
मंगलवार बिहान सम्पन्न मतगणनामा पहिलो चरणमा कसैले आवश्यक बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुने भएको हो ।
पहिलो चरणमा प्रधानमन्त्री एवं निवर्तमान सभापति शेरबहादुर देउवाले २२५८ मत प्राप्त गरे ।

सभापतिका अर्का प्रत्यासी डा. शेखर कोइरालाले .१७२९ मत ल्याए । त्यस्तै प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत प्राप्त गरे । 

अब धेरै मत ल्याउने देउवा र कोइरालाबीच दोस्रो चरणको प्रतिस्पर्धा हुनेछ ।

दोस्रो चरणका लागि हुने समीकरणले नतिजामा प्रभाव पार्नेछ । दोस्रो चरणमा गए देउवाविरुद्ध मोर्चाबन्दी गर्ने निधिले बताइसकेका छन् । 

संस्थापनइतर समूहका उम्मेदवार सिंह र निधिले समर्थन गरेमा शेखरलाई सहज हुनेछ । 

सोमवार मध्यरातसम्म चलेको मतदानमा ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ जनाले मतदान गरेका थिए । सभापतिको टुंगो लागेपछि मात्र अन्य पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना हुनेछ ।

प्राप्त प्रतिकृयाहरू

To Top