एमालेले जिल्ला अधिवेशन पुस २३ र प्रदेश अधिवेशन माघ ८ गते एकै दिन गर्ने 

राजनीति मंसिर २६ 2078 ekhabarnepal
Uml ccm meeting


काठमाण्डौ, मंसिर २६ 
 नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दोस्रो पूर्ण बैठकले जिल्ला अधिवेशन पुस २३ गते एकैसाथ र प्रदेश अधिवेशन माघ ८ गते गर्ने निर्णय गरेको छ ।
उपमहासचिव प्रदीपकुमार ज्ञवालीका अनुसार बैठकले मङ्सिर १० देखि १४ गतेसम्म चितवनको सौराहामा सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशनको सङ्क्षिप्त समीक्षासमेत गरेको छ ।

बैठकले अमृतकुमार बोहराको अध्यक्षतामा सल्लाहकार परिषद् गठन गरेको छ । यस्तै विधान सम्पादन तथा नियमावली संशोधनका लागि उपाध्यक्ष विष्णु पौडेल, केन्द्रीय सदस्य खगराज अधिकारी र केशव बडाल रहेको तीन सदस्यीय कार्यदल गठनसमेत बैठकले गरेको छ ।

बैठकले केन्द्रीय कमिटी बैठक सञ्चालन कार्यविधि पारित गर्नुका साथै आगामी पाँच वर्षका लागि पार्टी कार्यालय ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सञ्चालन गर्ने निर्णय गरिएको उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो । बल्खुस्थित एमाले पार्टी कार्यालय २०७२ सालको भूकम्पले भत्किएपछि धुम्वाराहीमा सारिएको थियो । केही समयअघि माइतीघरमा सारिएको कार्यालय साँघुरो भएपछि च्यासलमा सार्न लागिएको जनाइएको छ ।

यसैगरी पुस–माघ–फागुन तीन महिना पार्टी विस्तार, पार्टी प्रवेश अभियान र जनसङ्गठनको राष्ट्रिय अधिवेशन सम्पन्न गर्ने निर्णय बैठकले गरेको छ । बैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनले पार्टीमा नयाँ ऊर्जा, नयाँ शक्ति र नयाँ उत्साह दिएको बताउनुभयो ।
अध्यक्ष ओलीले बैठकमा राख्नुभएको धारणाबारे जानकारी दिनुहुँदै उपमहासचिव ज्ञवालीले भन्नुभयो, “महाधिवेशनले दिएको त्यो उत्साहलाई समाजको अग्रगामी रूपान्तरणमा प्रयोग गर्न सिङ्गो पार्टी परिचालित हुन नेताहरूलाई आह्वान गर्नुभयो । ”
काठमाडौं, मंसिर २६ । नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक आज पनि जारी रहेको छ । आज बिहान ११ बजे भक्तपुरस्थित जर्मन होममा बस्ने बैठकले १५ स्थायी कमिटी, पोलिटब्युरो गठनदेखि केन्द्रीय सदस्यको कार्यबिभाजनसम्मका बाँकी एजेण्डामा निर्णय लिने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।


 यस्ता छन् शनिवार गरेका निर्णयहरु ः
१. शपथ ग्रहण गर्न बाँकी केन्द्रीय सदस्यहरूबाट शपथ ग्रहण
२. केन्द्रीय सल्लाहकार परिषद्को गठन र अध्यक्षमा कमरेड अमृत बोहरा चयन
३. महाधिवेशनको संक्षिप्त समिक्षा, अत्यन्त भव्य, सफल र ऐतिहासिक रहेको निष्कर्ष
४. सबै जिल्ला अधिवेशन पुस २३ मा र प्रदेश अधिवेशन माघ ८ मा आयोजना गर्ने
५. सबै जनसंगठनलाई आफ्ना राष्ट्रिय सम्मेलनर अधिवेशन फागुनभित्र सम्पन्न गर्न निर्देशन
६. पुस(माघ( फागुन तीन महिना महाधिवेशन सन्देश सम्प्रेषण र पार्टी प्रवेश अभियान सन्चालन गर्ने
७. विधान सम्पादन र नियमावली संशोधनका लागि कमरेड विष्णु पौडेलको संयोजकत्वमा खगराज अधिकारी र रमेश बडाल सहितको कार्यदल गठन, एक साताको समयसीमा
८. बैठक सन्चालन कार्यविधि अनुमोदन
९. कार्यालय व्यवस्थापन( दुई महिनाभित्र तुलसीलाल प्रतिष्ठानमा स्थानान्तरण, एमआइएस प्रणाली लागू गर्ने र आफ्नै विधुतीय सन्चार नेटवर्क प्रयोग गर्ने ।

प्राप्त प्रतिकृयाहरू

To Top