कांग्रेसले आफ्नो नीतिमा अरुलाई हिडाओस्

राजनीति मंसिर २४ 2078 ekhabarnepal
Kp oli

काठमाडौं,मंसीर २४
  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई अरुको नीतिको पछि लाग्ने नभइ आफ्नो नीतिमा अरुलाई पछि लगाउन आग्रह गर्नुभएको छ । 

कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहमा शुभकामना दिँदै पूर्वप्रधानमन्त्री ओलीले उक्त कुरा वताउनु भएका हो । 

ुनेपाली कांग्रेस सबैलाई साथ लिएर अघि बढोस् मेरो कुनै आपत्ति छैनु भन्दै ओलीले ुतर नेपाली कांग्रेस अरूका नीतिका पछाडि होइन अरुलाई आफ्ना नीतिमा अरुलाई हिँडाओस् भन्ने शुभेच्छा प्रकट गर्नुभयो । 

उहाँले  शेरबहादुर देउवालाई प्रधानमन्त्री मात्रै होइन सरकारको नेता हुन पनि अनुरोध गर्दै ओलीले मुुलुकको समृद्धिका लागि एमाले सदैव् साथमा रहने र सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनु भयो ।

‘नेपाल जहाँ थियो, त्यही छैन, जहाँ थियो त्यही छ भन्ने कुरा गलत हो । राणा शासन फाल्ने, राजतन्त्र फाल्ने देखि संघीय लोकतान्त्रिक गणतन्त्रलाइृ स्थापित गर्ने सम्मको महत्वपुर्ण अभिभारा राजनीतिक दलहरुले लिएको छ । त्यस्मा पनि कांग्रेस र एमाले जस्ता प्रमुख र महत्वपुर्ण पार्टीहरुले भुमिका लिएका छन,’ ओलीले भन्नुभयो । 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै उनले केही साना दलहरूलाई कांग्रेसले औँलो समाउन दिएन भने के होला भन्ने चिन्ता रहेको टिप्पणी गर्नुभयो। 

ुसधैं सुन्छु संगै जानुपर्छ, संगै जानुपर्छ भनेको सरकारमा मात्रै हो कि देश बनाउन पनि हो भन्ने प्रश्न गर्दै ओलीले भन्नुभयो, देश निर्माणका लागि नेकपा एमाले कांग्रेससँग छ।

प्राप्त प्रतिकृयाहरू

To Top