राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, निर्मल निवासको नाङ्गो हस्तक्षेप, कमल थापा

राजनीति मंसिर १९ 2078 ekhabarnepal
Rajendra lingdn

काठमाडौं, मङ्सिर १९ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ अध्यक्ष राजेन्द्र लिङ्देन चयन हुनुभएको छ । नयाँ नेतृत्व चयनका लागि शनिबार काठमाडौंको भृकुटीमण्डप भएको पहिलो एकता महाधिवेशनबाट अत्याधिकमतले राप्रपा अध्यक्षमा निर्वाचित हुनु भएकाे राप्रपा निर्वाचन समितिका अधिकृत राजु बस्नेतले जानकारी दिनुभयो । उहाँका प्रतिद्वन्द्वी कमल थापाले अध्यक्षमा विजयी हुनु भएकाेमा लिङ्देनलाइ बधाइ दिनु भएकाे छ ।

राप्रपा अध्यक्षमा लिङ्देन १८ सय १७ मतसहित विजयी यसैगरी, राप्रपाको एकमहिला सहित तीन उपाध्यक्षमा बुद्धिमान तामाङ, ध्रुव प्रधान, विक्रम पाण्डे र रोशन कार्की विजयी हुनुभएको छ । राप्रपा उपाध्यक्षमा नौ जना प्रतिद्वन्द्वीबीचमा प्रतिस्पर्धा भएको थियो ।

राप्रपा महामन्त्रीमा कुन्ती शाही, भुवन पाठक र धवल शमशेर राणा विजयी हुनुभएको छ । महामन्त्रीका लागि छ उम्मेदवारबीचमा प्रतिस्पर्धा भएको थियो ।

राप्रपा उपाध्यक्ष खुला तर्फबाट विजयी विक्रम पाण्डेले २५ सय २१, बुद्धिमान तामाङले १९ सय ४४, ध्रुवबहादुर प्रधानले १८ सय १४ र महिला उपाध्यक्षमा विजयी रोशन कार्कीले १५ सय ८९ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।

महिला महामन्त्रीमा कुन्ती शाही विजयी, रेखा थापा पराजित

राप्रपा महामन्त्री खुला तर्फबाट विजयी धवल शमशेर राणाले २२ सय २१, भुवनन पाठकले १७ सय पाँच प्राप्त गर्नुभएको छ । महिला महामन्त्रीमा दुई हजार आठ मतसहित कुन्ती शाही विजयी हुनुभएको हो । महिला महामन्त्रीमा रेखा थापाले भने १६ सय ४० मत प्राप्त गर्नुभएको हो ।

काठमाडौंको भृकुटीमण्डपमा भएको राप्रपा महाधिवेशनमा जम्मा ३८ सय ६५ मत खसेको निर्वाचन समितिले जनाएको छ । यसैगरी, चार सय ३१ मत बदर भएको छ ।

निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको कमल थापाको आरोप

काठमाडौं, मङ्सिर १९ गते । राप्रपाको एकता अधिवेशनमा अध्यक्षपदमा पाराजित हुनु भएका नेता कमल थापाले निर्वाचनमा निर्मल निबासको हस्तक्षेप भएको आरोप लगाउनु भएको छ । निर्वाचन परिणाम लगतै समाजिक सञ्जाल मार्फत नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाइ दिँदै उहाँले सो आरोप लगाउनु भएको हो
उहाँले भन्नु भएको छ, 'पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु। मैले राहत र उन्मुक्ति पाएको छु।'
 'सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो। सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्। हार्दिक शुभ–कामना।'

प्राप्त प्रतिकृयाहरू

To Top