बुटवल, कात्तिक १२
नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आइतवारदेखि आन्दोलन थाल्ने भएको छ। बारको शुक्रबार बसेको बैठकले आइतवारदेखि चरणवद्ध आन्दोलन थाल्ने भएको हो।
नेपाल बारले आइतवारदेखि बुधबारसम्म चार दिन कालोपट्टी बाँधेर प्रदर्शन गर्ने छ ।
बारले आन्दोलनका कार्यक्रम सुरु गर्दै प्रधानन्यायाधीश जबरालाई इजलास गठन गरेर कुनै मुद्दाको सुनुवाइ र फैसला नगर्न पनि भनेको छ।
जबराविरुद्धको आन्दोलन कडा बनाउने क्रममा आइतवारदेखि बुधबारसम्म एक घण्टा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्ने निर्णय भएको हो।
प्राप्त प्रतिकृयाहरू