बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिइन् 

राजनीति कार्तिक १० 2078 ekhabarnepal
Astalaxmi shakya


कात्तिक १०
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छिन्।

बुधबार बसेको प्रदेशसभाको बैठकमा विश्वासको मतमाथि मतदान गर्नुअघि शाक्यले दोस्रो कार्यसूचीमा किन प्रवेश गर्ने भन्दै राजीनामा दिने घोषणा गरेकी हुन्।

प्रदेशसभामा राजीनामा घोषणा गर्नुअघि आफ्नो भनाइ राखेकी थिइन्। सो क्रममा उनले बिहान बसेको एमाले प्रदेशसभा दलको बैठकले पनि राजीनामा दिन भनेको बताइन्। 

शाक्यले मुख्यमन्त्रीको कार्यभार सम्हालेको ७१ दिनमै राजीनामा दिएकी हुन्। 

उनी गत भदौ २ गते मुख्यमन्त्री नियुक्त भएकी थिइन्। नेकपा एमालेकी प्रदेश सांसद शाक्य एमाले विभाजनसँगै अल्पमतमा परेपछि राजीनामा दिएकी हुन्। 

भदौ १ गते माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका थिए। एकीकृत समाजवादीमा १३ सांसद खुलेका छन्। 

१ सय ९ सदस्यीय प्रदेशसभामा एमाले विभाजन भएसँगै शाक्यले बहुमत गुमाएकी हुन्।

उनको पक्षमा ४३ सांसद मात्र छन्। 

शाक्यले असोज २४ गते विश्वासको मत लिनको लागि प्रदेश सभामा पेश गरेकी थिइन्।

प्राप्त प्रतिकृयाहरू

To Top