अर्घाखाँचीका सबैपालिकामा एमालेको नयाँ नेतृत्व 

राजनीति कार्तिक १० 2078 ekhabarnepal
Top bhd

शोभाखर पन्थी 
अर्घाखाँची, कार्तिक १०
नेकपा एमालेले अर्घाखाँची जिल्लाका सबै पालिकामा सर्वसहमत नेतृत्व चयन गरेको छ । पार्टीको मंगलवार सम्पन्न प्रथम अधिवेशनले जिल्लाका ६ वटै पालिकामा सहमतिमा नेतृत्व चयन गरेको हो । नेकपा एमालेका कार्यालय सचिव लिलबहादुर बिकका अनुसार सन्धिखर्क नगरकमिटीको अध्यक्ष, श्रीकृष्ण भुसाल, उपाध्यक्ष शिव अधिकारी, सचिव कुशल भुसाल, उपसचिव लक्ष्मण पराजुली र रिता खड्का चयन हुनु भएको छ ।
यसैगरी भुमिकास्थान नगरकमिटीको अध्यक्ष मणिराम पौडेल, उपाध्यक्ष चिरञ्जीवी खनाल, सचिव टामलाल भट्टराई, उपसचिव ज्ञानु सारू र झुपलाल खनाल चयन हुनुभएको छ । 
यस्तै शितगंगा नगर कमिटीको अध्यक्षमा वसन्त श्रेष्ठ, उपाध्यक्ष सञ्जय राना, सचिव ऋषि घिमिरे,उपसचिव घनु गाहा र शिवकला बिकचयन हुनुभएको छ ।
यस्तै  पाणिनि गाउँकमिटीको अध्यक्ष कमल प्रसाद घिमिरे, उपाध्यक्ष जीवलाल घिमिरे, सचिव गुनाखर अधिकारी,उपसचिव सुनिता भट्टराई र ओमप्रकाश पोख्रेल चयन हुनुभएको छ ।
यसैगरी छत्रदेव गाउँकमिटीको अध्यक्ष रामजी प्रसाद पाण्डे, उपाध्यक्ष रूपा प्रधान, सचिव तेज प्रसाद खनाल, उपसचिव घनश्याम पाण्डे र नर बहादुर आले चयन हुनुभएको छ । 
यसैगरी मालारानी गाउँकमिटीकोअध्यक्ष शालिकराम आचार्य,उपाध्यक्ष विष्णु प्रसाद मिश्र, सचिव नारायण प्रसाद अर्याल, उपसचिव दिपा पोख्रेल र बिष्णु प्रसाद पौडेल चयन हुनुभएको छ । निर्वाचित  छ वटै पालिका कमिटीका सदस्यहरु लाई मंगलबार राति नै सपथ ग्रहण गराईएको नेकपा एमालेले जनाएको छ । एमालेको सबै पालिकामा सम्पन्न अधिबेशनमा कार्यकर्ताको उत्साहजनक सहभागीता रहेको थियो । कतिपय पालिकामा पार्टी नेतृत्वमा आउने ईच्छुकहरु धेरै भएपछि नेतृत्वलाई मिलाउन हम्मेहम्मे भएको थियो । 
नयाँ नेतृत्व चयन सँगै नेकपा एमाले अर्घाखाँची जिल्लामा अझ सशक्त र बलियो भएको नेकपा एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले प्रतिक्रिया दिनुभयो । उहाँले सर्वसहमत नेतृत्व चयन गर्नुले पार्टीले भावनात्मक एकताको शन्देस दिएको भन्दै कमिटीमा बस्ने ईच्छा भएर पनि छुटेका पार्टीका क्षमतावान र क्रियासिल नेता तथा कार्यकर्ता लाई अन्य ठाउँमा समावेश गरिने समेत जानकारी दिनुभयो ।
 

प्राप्त प्रतिकृयाहरू

To Top