निर्वाचनपछि एमालेको एकल सरकार बन्छ ः उपमहासचिव पौडेल  

राजनीति कार्तिक १० 2078 ekhabarnepal
Bishnu poudel uml

अपवादवाहेक निर्विरोध रुपमा नेतृत्व चयन 
 
बुटवल,कार्तिक  ९ । नेकपा एमालेको स्थानीय तहमा भएका अधिवेशनवाट छिटफुटवाहेक सवै पदमा निर्विरोध रुपमा सम्पन्न भएका छन् । 
रुपन्देहीका अधिकांश पालिकामा निर्विरोध रुपमा नेतृत्व स्थापित भएको वताइएको छ । बुटवलमा किशन ज्ञवाली, अध्यक्ष, शोभाखर पोख्रेल उपाध्यक्ष निर्विरोध भएका छन् भने सचिवमा मेघराज भट्टराई र नहकुल शाहीवीच रस्साकस्सी छ  । नेतृत्वले मिलाउन कोशिस गरिरहेको छ । 
सैनामैना नगरपालिकामा नारायण न्यौपानेको नेतृत्वमा कमिटी वनेको छ । तिलोत्तमा नगरमा आज १० गते नेतृत्व चयन हुने भएको छ । 
मायाँदेवी गाउँ कमिटीमा साधुसरण यादव अध्यक्ष, रामप्रकाश यादव उपाध्यक्ष, लाला लोध सचिव रहेको नेतृत्व चयन भएको छ ।
यस अघि बुटवल उपमहानगर कमिटीको अधिवेशन उद्घाटन गर्दै नेकपा एमाले उपमहासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले आआगामी निर्वाचनबाट तीनै तहमा एमालेका एकल बहुमतको सरकार बनेर देश पूर्ण स्थिरता र विकासको गतिमा अगाडि बढ्ने वताउनु भयो । 
बिभाजनले एमालेको हैसियत कमजोर नभएको दावी गर्दै पौडेलले त्यसको पुष्टी निर्वाचनले गर्ने बताए । अबको निर्वाचनमा एमाले विगतमा भन्दा गुणात्मक मतका साथ सबै तहमा जित हाँसिल गर्ने दावी गर्दै उहाँले  ‘एमालेसँग अरू सबै दल मिलेर आउन वा एक्ला एक्लै लडुन । एमालेले एकल बहुमतको सरकार बनाउने गरी चुनाव जितेर सिंहदरबार छिर्नेछ ।’ 

गोदावरीमा भएको विधान महाधिवेशनले एमालेभित्र रहेका दक्षिणपन्थी र विर्सजनबादी तत्व परास्त भएको नेता पौडेलको भनाइ छ । एमाले कमजोर भयो भनेर कसैले पत्याउनेवाला जिकिर गर्दै उहाँले एमालेबाट फुटेर गाएकाहरूलाई पानीको फोका जस्तै भएको बताउनुभयो ।

त्यस्तै तिलोत्तमा नगर कमिटीको उदघाटन गर्दै उपमहासचिव पौडेलले एमाले एक्लै चुनाव लडेर ६० प्रतिशत स्थानीय तह एवं प्रदेश र संघीय संसदमा ६० प्रतिशत सिटमा विजयी हासिल गर्ने दाबी गर्नुभयो।

एमाले केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष लीला गिरीले वडा अधिवेशनले देशव्यापी रूपमा पार्टी एकताको सन्देश दिएको र स्थानीय तहको अधिवेशनले यसलाई अझ फराकिलो पार्ने बताए । रुपन्देही एमाले इन्चार्ज दधिराम न्यौपानेले पार्टीलाई अझ संगठित, चुस्त दुरुस्त र बलियो बनाएर लैजाने जिम्मेवारी कार्यकर्ता पंक्तिमा आएको भन्दै यो जिम्मेवारीलाई पार्टीका सबै कमिटीले पूरा गर्ने विश्वास व्यक्त गरे ।
 

प्राप्त प्रतिकृयाहरू

To Top