आज देशभरीका पालिकाहरुमा एमालेका अधिवेशन

राजनीति कार्तिक ९ 2078 ekhabarnepal
Uml office

बुटवल, कात्तिक ९

दसौं राष्ट्रिय महाधिवेशनअन्तर्गत नेकपा एमालेले आज (मंगलबार) देशभरीका पालिकाहरुमा अधिवेशन गर्दै छ। 

देशभरका स्थानीय तहमा गरिने अधिवेशन को अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे माइतिघरस्थित पार्टी केन्द्रीय कार्यालयबाट भर्चुअल उद्घाटन गर्ने कार्यक्रम छ। 

यसअघि शनिबार एमालेले देशभर एकसाथ वडा अधिवेशन सम्पन्न गरेको छ। कतिपय बाँबी वडामा रहेका अधिवेशन यही कात्तिक १५ गतेभित्र सम्पन्न गरिने छ ।
देशभर ७ सय ५३ वटा स्थानीय तह (गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका) छन्। 

एमाले विधानअनुसार गाउँपालिका र नगरपालिका कमिटीमा बढीमा ७५ सदस्य रहने व्यवस्था छ भने उपमहानगरपालिकामा ८५ र महानगरमा १ सय १ सदस्यीय कमिटी गठन गर्न सकिनेछ। 

कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव तथा उपसचिव १र१ जना चयन हुनेछन्। ३३ प्रतिशत महिला हुनुपर्ने व्यवस्था एमाले विधानले गरेको छ।

 एमालेले आगामी मंसिर १०–१२ मा चितवनमा दसौं महाधिवेशन गर्दै छ। जसले एमालेको नयाँ केन्द्रीय नेतृत्व चयन गर्नेछ। 


 

प्राप्त प्रतिकृयाहरू

To Top