पूर्वप्रधानन्यायाधीशहरूले राजीनामा मागे

राजनीति कार्तिक ९ 2078 ekhabarnepal
3

काठमाडौँ,कार्तिक ९
 पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बहिर्गमनको बाटो रोज्न आग्रहका छन् ।

सोमबार संयुक्त विज्ञप्ति प्रकाशन गरेर चार जना पूर्वप्रधानन्यायाधीशहरूले ‘अहिलेको समस्या प्रधानन्यायाधीशले सिर्जित गरेको’ भन्दै उनी स्वयं जवाफदेही हुनुपर्ने बताएका छन् । प्रधानन्यायाधीशको स्वनिर्णयले न्यायपालिकाको क्षति न्यूनिकरण गर्न सघाउने भन्दै उनीहरूले त्यसो नगर्ने हो भने विधायिकी हस्तक्षेप अर्थात संघीय संसद्बाट महाअभियोग लाग्न सक्छ भनेका छन् ।


 

प्राप्त प्रतिकृयाहरू

To Top