बुटवलको मोतिपुरमा सुकुम्बासी र प्रहरीबीच झडपमा ४ को मृत्‍यु, कर्फ्यू आदेश जारी

समाज असोज २४ 2078 ekhabarnepal
2

बुटवल,असोज २४। 

 रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा परि घाइते भएका तिनजनाको मृत्यु भएको छ। झडपमा परि घाईते भएका तिनजनाको युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज भैरहवामा ल्याउँदा ल्याउँदै र एकजनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

बुटवल वडा नं. १७ र १८ मा पर्ने मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जागरि बसेकाहरुलाई हटाउने क्रममा आईतवार प्रहरीले जग्गा कब्जा गरि बसेकाहरुलाई हटाउन खोज्दा उनीहरुवीच विच झडप भएको थियो । 

बुटवल मोतिपुरको झडपमा परि घाईते भएका ८ जना सर्वसाधारण र ५ जना प्रहरी गरि १३ जनालाई मेडिकल कलेजमा ल्याईएको थियो, ति मध्ये ३ जनाको अस्पताल ल्याउंदा नै मृत्यु भईसकेको थियो।’ एकजनाको उपचारको क्रममा मृत्यु भएको हो। 
मृत्युहुनेमा कपिलबस्तुको बांणगंगाका ४८ बर्षिय रमेश परियार रहेका छन। अन्यको पहिचान खुल्न सकेको छैन्।

घाईतेमध्ये एकजना सर्वसाधारणको अवस्था गम्भिर रहेको छ भने अरु घाईतेहरुको अवस्था सामान्य रहेको छ । 

झडपपछि कर्फ्यू 
झडपपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले कर्फ्यू आदेश जारी गरेको छ । आइतबार ४ बजेदेखि लागू हुने गरी पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।

तिवारीले अतिक्रमण भएको औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा तनावको स्थिति सिर्जना भएको र गोली चलाउनु परेको दाबी गरे । तर स्थानीयले भने प्रशासनले अन्धाधुन्दा गोली चलाउन आदेश दिएर ज्यादती गरेको बताएका छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top