बिधान महाधिवेशनमा प्रस्तुत गर्ने तीन ओटै प्रतिवेदन  पारित 

राजनीति असोज १० 2078 ekhabarnepal
Kp oli 6

सकियो एमाले केन्द्रीय कमिटी बैठक
काठमाडौं, असोज १० । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकिएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा तीन दिनदेखि जारी बैठक आज बिधान महाधिवेशनमा प्रस्तुत गर्ने तीन ओटै प्रतिवेदन सुझावसहित पारित गर्दै सकिएको छ  ।

बैठकले बिधानमा प्रस्ताव भएअनुसार तीन उपाध्यक्ष नै कायम राख्ने निर्णय गरेको छ । केन्द्रीय सदस्यहरुले सुझाव दिने क्रममा सात उपाध्यक्ष राख्न सुझाए पनि कमिटी भद्ध्द्धा हुने भन्दै बैठकले तीन उपाध्यक्ष नै कायम रहने ब्यवस्थालाई पारित गरेको हो ।
‘केन्द्रीय कमिटीको बैठक तीन दिनसम्म चलेर विधान महाधिवेशनमा प्रस्तुत गर्नका लागि अध्यक्ष केपी ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधनसम्बन्धी प्रस्ताव सुझावसहित सर्वसम्मतिले पारित गर्दै सम्पन्न भएको छ, अबको ध्यान विधान महाधिवेशनतर्फ केन्द्रित भएको छ  ।

प्राप्त प्रतिकृयाहरू

To Top