एकीकृत समाजवादीले पदाधिकारीको टुंगो लगायो

राजनीति असोज ७ 2078 ekhabarnepal
Samajbadi

काठमाडौं,असोज ७। नेकपा एकीकृत समाजवादीले पदाधिकारीको टुंगो लगाएको छ। बानेश्वरको बुद्धनरगमा बसेको केन्द्रीय कमिटीको बैठकले चार उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र चार सचिव चयन गरेको छ । उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथप्रसाद साह र जयन्ती राई चयन भएका छन् भने डा.बेदुराम भुसाललाई महासचिव वनाइएको छ ।

त्यस्तै उपमहासचिवमा गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल तथा सचिवहरुमा केशवलाल श्रेष्ठ, जगनाथ खतिवडा, नागेन्द्रप्रसाद चौधरी र रामकुमारी झाँक्री चयन भएका छन् ।

सचिवालयले टुंगो लगाएका यी पदाधिकारीहरुलाई केन्द्रीय कमिटीबाट अनुमोदन गरिँदैछ ।

अध्यक्ष माधवकुमार नेपाल रहेको नेकपा एकीकृत समाजवादीमा वरिष्ठ नेतामा झलनाथ खनाल हुनुहुन्छ भने स्थायी कमिटी, पोलीटव्युरो र केन्द्रीय कमिटीका सदस्यहरुको पनि आजै टुंगो लाग्ने बताइएको छ ।  
 

प्राप्त प्रतिकृयाहरू

To Top