नवौं महाधिवेशनबाट निर्वाचित सवै पदाधिकारीले माधव नेपाललाई छाडे 

राजनीति भाद्र २ 2078 ekhabarnepal
Uml task force 1

काठमाडौं, भदौ २ । लामो समयदेख माधव नेपाललाई साथ दिँदै आएका नेतृत्व तहका नेताहरुले माधव नेपाललाई औपचारिक रुपमा छाडेका छन् । नवौं महाधिवेशनदेखि नेकपाकाल हुँदै आजसम्म माधव नेपाललाई साथ दिँदै आएका एमालेका पदाधिकारी तथा स्थायी कमिटी सदस्यहरू पार्टी विभाजनको निर्णयमा असहमति जनाउँदै नेपालको साथ छाड्नु भएको हो ।
माधव नेपालले महाधिवेशन भन्दा बाहिरबाटै अध्यक्ष हुने उत्कट चाहना राखे पछि उपाध्यक्ष त्रय भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, रघुजी पन्त र अनुशासन आयोगका अध्यक्ष अमृत बोहरासमेतले साथ छाडनु भएको छ । उपाध्यक्ष शाक्य आजै बागमति एमाले संसदीय दलको नेता चयन भइसक्नु भएको छ । ज्ञवालीले उग्रता प्रकट गर्दै आएपनि अन्तिममा नेपाललाई छाड्नु भएकोले अरु कुनै रहस्य छ कि भन्ने प्रश्न पनि संथसंगै उठेको छ ।  
माधवको पार्टीमा छैन, हस्ताक्षर धेरै पुरानो हो ः प्रदीप नेपाल

यसैवीच एमाले नेता प्रदीप नेपालले आफू माधव नेपालले गठन गरेको नेकपा एमाले समाजवादीमा नरहेको घोषणा गर्नुभएको छ ।

नेता प्रदीपको समेत नाम केन्द्रीय सदस्यमा राखेर निर्वाचन आयोगमा निवेदन दर्ता भएको बिषयमा उहाँले आफ्नो हस्ताक्षर धेरै पहिलाको रहेको र आफू सो पार्टीमा नरहेको प्रष्ट पार्नुभएको छ ।  ‘माधवको पार्टीमा म छैन, मेरो हस्ताक्षर धेरै पुरानो हो, मैले कतै पनि हस्ताक्षर गरेको छैन,’ नेता प्रदीपले सचारमाध्यम मार्फत् भन्नुभएको छ।

उहाँले आफू बलियो एमालेको पक्षमा रहेको भन्दै भ्रममा नपर्न पनि सवैलाई अपिल गर्नुभयो । नेता प्रदीपले आफू माधवलाई सम्मान गर्ने भएपनि उहाँको नयाँ पार्टीमा नजाने पनि प्रष्ट पार्नुभयो । माधव नेपालले पार्टी दर्ता गर्दा चौथो नम्बरमा प्रदीपको नाम राख्नुभएको छ ।

 ओली भेट्न बालकोट पुगे घनश्याम भुसाल

यता एमाले बिभाजन गर्ने माधव नेपालकोनिर्णयप्रति आपत्ति जनाउँदै उपमहासचिव घनश्याम भुसाल अध्यक्ष केपी शर्मा ओली भेटन बालकोट पुग्नुभएको छ । नेपालको पार्टीमा महासचिव हुने हल्ला चलाइएको भुषाल नेपालले नयाँ पार्टी दर्ता गरेपछिको अवस्थाबारे छलफल गर्न अध्यक्ष ओली निवास बालकोट पुग्नुभएको हो ।

अध्यक्ष ओलीसँग ‘वान टु वान’ कुरा गर्ने भन्दै भुसाल बालकोट पुगेको निकट स्रोतले जनाएको छ । एमाले विभाजन रोक्न सक्रिय रहेका दोस्रो तहका नेताहरुको तर्फबाट भुसालले ‌‌‌ओलीसँग १० बुँदे सहमति कार्यन्यवयन गर्दै बलियो एमाले बनाउन आग्रह गर्नुहुने वताइएको छ । नवौं महाधिवेशनदेखि माधव नेपाललाई साथ दिँदै आएका नेपाल पक्षका पदाधिकारी र स्थायी कमिटी सदस्यहरुले पार्टी विभाजनमा भने साथ दिएका छैनन् 

प्राप्त प्रतिकृयाहरू

To Top