माधव नेपालको नयाँ पार्टी नेकपा एमाले (समाजवादी) ः एमाले हँदाका ५८ केन्द्रीय सदस्य र ३१ जना सांसद खुले  

राजनीति भाद्र २ 2078 ekhabarnepal
Madhav nepal

काठमाडौं, भदौ २
नेकपा एमाले विभाजन गरेको माधवकुमार नेपाल समूहले नयाँ दल नेकपा एमाले (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशतले दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै नेपाल समूहले नयाँ दल दर्ताको निर्णय गरेको थियो ।

नेता नेपालले एमालेका ५८ केन्द्रीय सदस्यसहित नयाँ दल दर्ताका लागि आवदेन दिएका हुन् । 
नयाँ पार्टीको अध्यक्ष माधवकुमार नेपाल स्वयंम छन् भने वरिष्ठ नेता झलनाथ खनाल छन् । यस्तै ९५ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको छ । 
एमाले समाजवादीमा नवौं महाधिवेशनदेखि नेपाल समूहमा रहेका स्थायी कमिटीका अधिकांश नेताहरु भने छैनन् । भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई लगायतका नेताहरुले नेता नेपालको साथ छाडेकाछन् ।

नेकपा एमाले समाजवादी दर्ताका लागि निर्वाचन आयोग पुगेका नेता राजेन्द्र पाण्डेका अनुसार भोलि उहाँहरु कहाँ हुनुहुन्छ, भोलिका दिनले देखाउँला । आज उहाँहरु हुनुहन्न । सम्भवतः शक्ति हेरेर यता वा उता लाग्ने सम्भावना रहेको छ ।

माधव नेपालको नयाँ दलमा उपाध्यक्ष बामदेव गौतम पनि छैनन् ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाका गरी एमालेका १५५ सांसदहरु मध्ये ३१ सांसद माधव नेपालको पक्षमा खुलेको वताइएको छ । 
 ३१ जना खुल्नुको अर्थ दल विभाजनका लागि आवश्यक संसदीय दलमा २० प्रतिशत पुग्नु हो । यसरी हेर्दा नेपाललाई नयाँ दलका लागि चाहिने २० प्रतिशतको संख्या भएकोले तदनुसारको ब्यवस्था विधेयकले गरेको देखिन्छ ।

साविकको नेकपा छँदा नेपालसँग ४० भन्दा बढी सांसद रहेकोमा अहिले सो संख्या ३० भन्दा तल झरेको थियो । 

नयाँ राजनीतिक दल दर्ताका लागि माधव पक्षले निवेदन दिनुअगावै एमाले संसदीय दलका नेता एवं अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षका १४ जना सांसदलाई कारवाही गर्न संसद् सचिवालयलाई पत्र पठाइसकेका छन् । 

माधव नेपाल पक्षले कारवाही नगर्न छुट्टै निवेदन दर्ता गराएको छ । तर उनीहरूमाथिको कारवाही के हुन्छ भन्ने यकिन छैन । 

बुधवार जारी भएको राजनीतिक दलसम्बन्धी अध्यादेशले दल विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने व्यवस्था गरिएकोले सत्ताको दुरुपयोग गरी कारवाही नगर्ने अवस्था आउन सक्छ । 

एमाले केन्द्रीय समितिका २०३ मध्ये ५८ जना नेपालको पक्षमा खुलेका छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top