माधव नेपालसहित १४ सां‌सदलाई एमालेको कारवाही, पत्र संसद् सचिवालयमा, बोधार्थ निर्वाचन आयोगमा

राजनीति भाद्र १ 2078 ekhabarnepal
Madhav nepal uml

काठमाडौं, भदौ १
नेकपा एमालेले माधवकुमार नेपालसहितका १४ जना सांसदलाई कारवाही गर्ने निर्णय गरेको छ । उनीहरूलाई सांसद पदबाट पदमुक्त गर्न संसद् सचिवालयमा पत्र पठाइएको छ भने त्यसको बोधार्थ निर्वाचन आयोगलाई समेत दिइएको छ । 
संसद् भवन बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले नेपालपक्षीय सांसदहरूलाई कारवाही गर्ने निर्णय गरेको हो ।

पार्टी विभाजनका लागि २० प्रतिशत पुर्‍याए हुने गरी अध्यादेश ल्याउने निर्णय सरकारले गरेपछि एमालेले माधव नेपाल पक्षलाई कारवाही गरेको हो ।

 हटाइएका केन्द्रीय सदस्य ः

माधव नेपाल
जीवनराम श्रेष्ठ
मुकुन्द न्यौपाने
विरोध खतिवडा
कृष्णलाल महर्जन
भवानी खापुङ
मेटमणि चौधरी
रामकुमारी झाँक्री
कल्याणी खड्का
लक्ष्मीकुमारी चौधरी
निरादेवी जैरु
पुष्पाकुमारी कर्ण
सरला यादव
कलिला खातुन

प्राप्त प्रतिकृयाहरू

To Top