केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ७० लाख भन्दा बढी खोप खुराक प्रदान गरिएको छ
भारतमा हालसम्म ५४ करोड भन्दा बढी खोप प्रदान गरिएको छ।
आइतबार बिहान ७ बजेसम्म को अस्थायी प्रतिवेदन अनुसार ६१ लाख ३५ हजार १ सय ९३ सत्र मार्फत ५४ करोड ३८ लाख ४६ हजार २ सय ९० खोप खुराक प्रदान गरिएको छ।
स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय का अनुसार गत २४ घण्टामा ७३ लाख ५० हजार ५ सय ५३ खोप खुराक प्रदान गरिएको छ।
हाल देशको संक्रमण मुक्त दर हाल ९७.४६ प्रतिशत पुगेको छ।
हालसम्म ३ करोड १३ लाख ७६ हजार १५ जना निको भइसकेका छन्।
गत २४ घण्टामा ३७ हजार ९ सय २७ जना संक्रमित विरामी निको भएका छन्।
गत २४ घण्टामा ३७ हजार ९ सय २७ जना नँया संक्रमित विरामी थपिएका छन्।
लगातार ४९ दिन ५० हजार भन्दा कम नयाँ संक्रमित विरामी थपिएका हुन्।
देशको सक्रिय संक्रमित संख्या हाल ३ लाख ८५ हजार ३ सय ३६ पुगेको छ। हाल सो संख्या देशको कुल सकारात्मक संख्या को १.२० प्रतिशत पुगेको छ।
हालसम्म देशमा ४९ करोड ३६ लाख २४ हजार ४ सय ४० वटा नमुना परीक्षण भइसकेको छ। गत २४ घण्टामा १९ लाख २३ हजार ८ सय ६३ वटा नमुना परीक्षण गरिएको छ।
यसका साथै देशको साप्ताहिक सकारात्मकता दर मा पनि कमी आउँदै गएको छ। हाल साप्ताहिक सकारात्मकता दर २.०० प्रतिशत पुगेको छ र दैनिक सकारात्मक दर १.८८ प्रतिशत पुगेको छ।
लगातार ६९ दिन सो दर ५ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ भने लगातार २० दिन सो दर ३ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ।
India News Network
प्राप्त प्रतिकृयाहरू