मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत

राजनीति साउन २७ 2078 ekhabarnepal
1

साउन २७
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत भएको छ। प्रदेश प्रमुख अमिक शेरचनले उहाँको राजीनामा स्वीकृत गर्नु भएको हो ।

पोखरेलले बुधबार दिउँसो सवा १ बजे प्रदेश प्रमुख शेरचनलाई राजीनामा बुझाउनु भएको थियो।
प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जारी गरेको विज्ञप्तिमा मुख्यमन्त्री पोखरेलले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्री पदबाट दिएको राजीनामा प्रदेश प्रमुख शेरचनले स्वीकृत गरेको उल्लेख छ।

विज्ञप्तिमा संविधान बमोजिम अर्को प्रदेश मन्त्रिपरिषद् गठन नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई नै कार्यभार बहन गर्ने गरी प्रदेश प्रमुखले जिम्मेवारी तोक्नु भएको छ ।

लुम्बिनी प्रदेशका विपक्षी दलको गठबन्धनले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। नयाँ मुख्यमन्त्रीमा गठबन्धनको तर्फबाट कुलप्रसाद केसीलाई प्रस्तावित गरिएको छ।
 

प्राप्त प्रतिकृयाहरू

To Top