आश्रित फाउण्डेशनले स्वास्थ्य सामाग्री दियो

स्वास्थ्य साउन २६ 2078 ekhabarnepal
1.1

बुटवल, साउन २६
जिवराज आश्रित फाउण्डेशनले लुम्विनी प्रादेशिक अस्पताल र भिम अस्पताल भैरहवालाई लुम्विनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रीमार्फत् कोरोना लगायत् विपत् ब्यवस्थापन र रोकथामका लागि प्रयोगमा आउनसक्ने स्वास्थ्य सामाग्री तथा उपकरणहरु सहयोग गरेको छ । फाउण्डेशनलाई चिनको परोपकारी प्रतिष्ठान चच्याङ्ग आनफु ली सङ्गवाट प्राप्त सामाग्री रुपन्देही, अर्घाखाँची र गुल्मी समेतका जिल्लामा सहयोग स्वरुप प्रदान गरिनेछ । 


यो सहयोग विभिन्न पालिकाहरुले पनि प्राप्त गर्नेछन् ।
त्यसरी प्रदान गरिएका स्वास्थ्य सामाग्रीमा स्पेयर पार्टस सहितका पीएपीयु, एच्एफएन्सी, पीपीई, एफएफ टु र अक्सोमिटर आदि छन् । पीएपीयु र एच्एफएन्सी भेन्टिलेटरमा राख्नुपर्ने विरामीका लागि उच्च दरमा अक्सिजन दिने सामाग्री हुन् ।
जीवराज आश्रित फाउण्डेशनका अध्यक्ष डा. सागर न्यौपानेले ती सामाग्री हस्तान्तरण गर्नुभएको हो । 

प्राप्त प्रतिकृयाहरू

To Top