भारतीय सहायतामा ललितपुरमा सम्पदा निर्माणको कार्य पुनः सुरु

समाज साउन १६ 2078 ekhabarnepal
20210730 wsfl20210730101as

काठमाण्डौ, साउन १६
ललितपुर जिल्लामा ७ वटा सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माण कार्य भइरहेको छ।

 भारतीय अनुदानमा नेपालको ललितपुर जिल्ला अवस्थित हिरण्यवर्ण महाविहार र दिगी छें को निर्माण कार्य सुरु भएको छ। यी महाविहार र दिगी छें नेपालका सम्पदा क्षेत्र हुन्।

सुनौलो मन्दिर को रुपमा‌ प्रख्यात महाविहार को पुनः निर्माण लागत १८ करोड १० लाख नेपाली रुपैयाँ रहेको छ।

युनेस्को बाट विश्व सम्पदा स्थल को‌ रुपमा सूचिकृत ललितपुर जिल्लाको पाटन दरबार स्कायर मा महाविहार अवस्थित छ। यो महाविहार पाटनको सबैभन्दा महत्त्वपूर्ण बौद्ध मन्दिर मठ को रुपमा पनि चिनिन्छ।

ललितपुर जिल्लामा ७ वटा सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माण कार्य भईरहेको छ। जसमध्ये ५ वटा परियोजनाहरु मा काम जारी रहेको भारतीय दूतावासले जनाएको छ।

काठमाडौं स्थित भारतीय दूतावासले जनाए अनुसार स्थानीय समुदायले पुनर्निर्माण को काम सुरु हुनुभन्दा पहिले हिराण्यवर्ण महाविहार र डिजी छें मन्दिरमा "क्षमा माग्ने" अनुष्ठानको रूपमा "क्षेमा पूजा" गरेका थिए।

उक्त पूजामा भारतीय राजदूतावास, केन्द्रीय स्तरको परियोजना कार्यान्वयन इकाई, नेपाल सरकार र इनटाक काठमाडौंका अधिकारीहरु सहभागी भएका थिए।

भूकम्प पछि क्षतिग्रस्त भएका २८ वटा सांस्कृतिक सम्पदा पुनःनिर्माण परियोजनाहरु मध्ये महाविहार निर्माण कार्य पनि एक हो। भारत ले भूकम्पपछिको पुनर्निर्माण र पुनर्वास को लागी ५ करोड अमेरिकी डलर को अनुदान दिने घोषणा गरेको थियो। सोही अन्तर्गत विभिन्न विश्व सम्पदाको पुनःनिर्माण कार्य संचालन भइरहेका छन्।

पुनर्निर्माण का लागि नेपाल सरकारले २८ वटा सम्पदा को पहिचान गरेको थियो। यसै सम्बन्ध मा सन् २०१७ को अगस्ट महिनामा दुवै देशबीच एक समझौता पत्र मा हस्ताक्षर भएको थियो।

यसअघि, मार्च महिनामा, बलियो र मैत्रीपूर्ण ऐतिहासिक सम्बन्धको आधार रहेको साझा सम्पदालाई प्रतिबिम्बित गर्दै, भारत र नेपालले एक सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो। सो सम्झौता अनुरुप नेपाली रुपैयाँ २४ करोड ६० लाख लागतमा तीन वटा सांस्कृतिक स्थलहरुको जीर्णोद्धार गरिनेछ।

सोही महिनामा दुई देशले काठमाडौंको बुढानिलकंठ धर्मशालाको पुनर्निर्माण पनि सुरु गरिसकेका थिए।
India News Network 

प्राप्त प्रतिकृयाहरू

To Top