एमाले एकताका लागि एक दिने म्याद थप, एकताको छनक छैन

राजनीति साउन १६ 2078 ekhabarnepal
Uml task force 1

काठमाडौं,साउन १६ 
नेकपा एमालेका अध्यक्ष केपी ओलीले शनिवारसम्मका लागि दिएको म्याद एक दिनलाई सारिएपनि एकताको कुनै छनक पाइएको छैन । 

एमालेको शनिवार दिउँसो ३ बजेका लागि बोलाएको बैठक विवाद समाधानको अन्तिम प्रयासका लागि भनेर आइतवार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ । 
बैठक बोलाइएको स्थान ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पुगेका एमाले ओली पक्षका स्थायी कमिटी सदस्यहरूले बैठकलाई सामान्य औपचारिकता मात्रै दिएर स्थगित गरेका छन् । 

बैठक सुरू हुनासाथ स्थायी समिति सदस्य तथा वार्ता समिति संयोजक सुवास नेम्वाङले माधव नेपाल पक्षका कार्यदलका सदस्यहरूले माधव नेपाललाई मनाउन समय मागेको र बैठक स्थगित गर्न माग गरेको जानकारी गराउनु भएको थियो । 

नेम्वाङले उक्त जानकारी गराएपछि बैठक स्थगित गर्ने निर्णय गरिएको हो । 

स्थायी कमिटी बैठक बस्नुअघि विघटित कार्यदलका सदस्यहरूले सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा अनौपचारिक छलफल गरेका थिए । 

आइतवारसम्म पनि माधव नेपाल सहमतिमा नआए अब उनलाई पर्खेर नबस्ने निष्कर्षमा नेताहरू पुगेका छन् । 

यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले विवाद समाधानका लागि आफू लचक भएको र शुक्रवारसम्म विवाद समाधानको विकल्प ल्याउन विघटित कार्यदलका सदस्यहरूलाई ओलीले आग्रह गर्नु भएको थियो । अध्यक्ष ओली हदैसम्म लचिलो वनेर एकताका लागि प्रयत्न गरिरहँदा नेपाल पक्ष थप उग्र वन्दै गइरहेको छ । 

यस अघि नेता सुवास नेम्वाङ र विष्णु पौडेलले माधव नेपालसँग छुट्टाछुट्टै छलफल गर्नुभएको थियो । माधव नेपाल समूहकै कार्यदलका सदस्यहरूले पनि उनलाई दोस्रो अध्यक्ष मान्न तयार हुन आग्रह गरेका छन् । तर, नेपालले भने ओलीपछिको दोस्रो अध्यक्ष नहुने जवाफ दिएका छन् । नेपालले महाधिवेशन अगावै कार्यकारी हुन खोजिरहेको पाइन्छ । आजै सांसद रामकुमारी झाक्रीले अखिल फोर्सको घोषणासभामा अध्यक्षवाट ओलीले राजीनामा दिएर आत्मालोचना नगरेसम्म एउटै पार्टीमा वस्न नसकिने सार्वजनिक अभिव्यक्ति दिएका कारणले पनि एकताको छनक नदेखिएको हो । 

यता ओलीले आजै काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै माधव नेपाल जस्तो आन्दोलन विरोधी र देशद्रोहीलाई एमालेमा ठाउँ दिन नसकिनेअभिव्यक्ति दिनु भएको छ भने आजै अखिल फोर्सलाई सम्बोधन गर्दै माधव नेपालले फेरि पनि प्रधानमन्त्री हुने आशामा कुनै पनि जालझेल गरिए सह्य नहुने वताउनु भएको छ । 


 

प्राप्त प्रतिकृयाहरू

To Top