बोलवमधाम वन्दैछ लुम्विनी प्रदेशकै उत्कृष्ठ गन्तब्य 

समाज साउन ९ 2078 ekhabarnepal
2

बुटवल साउन ९
सैनामैना नगरपालिकामा रहेको बोलबम धाम लुम्विनी प्रदेशकै उत्कृष्ठ गन्तब्यको रुपमा विकास हुँदैछ । पर्रोहा परमेश्वर धामको रुपमा चर्चित यो धाम १४ करोडको लगानीमा धार्किक पर्यटकीय केन्द्र वन्दैछ । यस प्रक्रियामा रहेको सो धामको पुनर्निर्माण कार्यको पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद पौडेलले शनिवार भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभयो । 

दुई वर्षमा सम्पन्न गर्ने गरी पुनर्निर्माण सुरु गरिएको यो धामको पहिलो चरणको काम एक वर्षभित्र सम्पन्न हुनेछ ।
पहिलो चरणमा चारवटा ढोकासहितको मूल मन्दिर प्यागोडा शैलिमा तामाको छानोसहित बनाईने छ । पहिलो चरण अन्तरगत दुई तले ५१ फिट लम्बाईको मूल मन्दिर बनाउन ६ करोड ५७ लाख रूपैयाँमा ठेक्का सम्झौता भएको छ।
 
गुरुयोजना अनुसार मूल मन्दिरसहितका सम्पूर्ण संरचनाहरू निर्माण गर्न १४ करोडभन्दा बढी लागत लाग्ने अनुमान गरिएको छ । मन्दिर बनाउन नगरपालिकाको ३० प्रतिशत लागत सहभागितामा संघीय सरकारको सशर्त अनुदानको रकम खर्च हुनेछ।

मन्दिरको तल्लो तलामा २८ वटा र माथिल्लो तलामा २० वटा कलात्मक काठका टुँडाल रहने छन् । करिब ५०० किलोको मूल घण्ट, ५१ फिट अग्लो धातुको खम्बा बनाई त्रिशूल र डमरु रहने मन्दिरमा साढे ५ फिटको मूल गजुर रहने छ । मूल मन्दिर निर्माणको पहिलो चरणको काम २०७९ मंसिर मसान्तमा पूरा गर्ने लक्ष्य लिईएको छ।
सो अवसरमा बोल्दै रुपन्देही क्षेत्र नं. २ का जनप्रतिनिधिसमेत रहनुभएका पौडेलले धामको पुनर्निर्माणले सैनामैनाको विकासमा महत्त्वपूर्ण आयाम थपिने बिश्वास ब्यक्त गर्नुभयो । गुरूयोजना अनुसारको काम गर्न स्रोत सुनिश्चितताको कमी नहुने विश्वास पनि सो अवसरमा उहाँले प्रकट गर्नुभयो । 

सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले यस धामको माध्यमवाट सैनामैनामा आन्तरिक र वाह्य पर्यटकहरु आउने र त्यसवाट रोजगारीका अवसर सृजना हुने विश्वास ब्यक्त गर्नुभयो । 

प्राप्त प्रतिकृयाहरू

To Top