काठमाडौँ,साउन ७
नर्भिक इन्टरनेशनल हस्पिटलले भैरहवा र दुहबीमा अस्पताल निर्माण गर्ने भएको छ । यसका अतिरिक्त थापाथलीस्थित नर्भिक अस्पताललाई पनि थप विस्तार गरिने भएको छ । थापाथलीमा अर्को भवन समेत बनेपछि नर्भिकले २ सय शैयाको अस्पतालबाट सेवा सञ्चालन हुने बताइएको छ । पाँच वर्ष भित्रै निर्माण हुने उपत्यका बाहिरका अस्पताल भने शुरुवाती चरणमा १००–१०० शैयाका हुनेछन् ।
पब्लिक कम्पनीको रुपमा रूपान्तरण भएपछि बनेको नयाँ सञ्चालक समिति र व्यवस्थापनको उच्च तहको जिम्मेवारी पाएकाहरुका लागि इण्डक्सन प्रोग्राम(परिचयात्मक कार्यक्रम) आयोजना गरी नर्भिकले सार्वजनिक गरेको पाँच वर्षे रणनीतिमा दुई अस्पताल थप्ने घोषणा गरिएको हो ।
ठमेलस्थित होटल अलफ्टमा आयोजित कार्यक्रमका बीच नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले ५ वर्षे रणनीति सार्वजनिक गरेकी थिइन् ।
‘सन् २०२२ देखि २०२६ भित्रमा थापाथलीमा रहेको नर्भिक अस्पतालको सेवा अझ बिस्तार गरिनेछ,’ उनले भनिन्, ‘थापाथलीमा २ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अत्याधुनिक अर्को भवन बनाएर हालको सेवालाई बिस्तार गरिनेछ ।’
सेवा बिस्तारसँगै नर्भिक अस्पताल ‘सुपर स्पेसियालिटी अस्पताल’को रुपमा रूपान्तरण हुने बताइएको छ ।
प्राप्त प्रतिकृयाहरू