भारतद्वारा मरुभूमिकरण रोक्न र जानजातीय आय बढाउन बाँस आधारित परियोजना को सुरुवात

विश्व असार २३ 2078 ekhabarnepal
20210705 wsfl20210705071as

India News Network | 
सुक्खा तथा अर्ध-सुक्खा जमिन क्षेत्रहरूमा बाँस आधारित हरियो भूमिखण्ड निर्माण गर्नु नै यस परियोजनाको मुख्य उद्देश्य

जमिनको मरुभूमिकरण रोक्न तथा जनजातिय आय बढाउने उद्देश्य ले भारत सरकार ले "सुख्खा क्षेत्रमा बाँस हरितभूमि" परियोजना को सुरुवात गरेको छ। यस्तो प्रकारको परियोजना भारतमा पहिलो पटक हुनलागेको हो र यसको सुरुवात राजस्थान स्थित उदयपुरको निचल मांडवा गाउँ बाट हुनलागेको हो।

२५ बिघा(१६ एकड) भन्दा बढी सुख्खाग्रस्त ग्राम पञ्चायत जग्गामा ५ हजार भन्दा बढी बाँसका विरुवाहरु रोपिएका छन्। यी बाँसका विरुवा आसामबाट ल्याइएका बाम्बुसा तुलडा र बाँम्बुसा पोलिमोर्फा नामक विशेष बाँसका प्रजाति हुन्।

यो परियोजना को आयोजना केन्द्रीय सरकारको खाडी र गाउँ उद्योग आयोगले गरेको हो। विगतमा पनि यस आयोगले एकै स्थानमा एकै दिनमा सबै भन्दा बढी बाँसको बिरुवाहरू रोपेर विश्व रेकर्ड बनाएको थियो।

यस परियोजनालाई केभीआईसी अन्तर्गत "खाडी बाँस महोत्सव" को एक हिस्सा को रुपमा सुरुवात गरिएको हो। भारतको ७५ औं स्वतन्त्रता उत्सव मनाउन पनि यस परियोजनाको सुरुवात गरिएको छ।

केभीआईसीले यस्तै खालको परियोजना को सुरुवात अहमदाबाद जिल्लाको ढोलेरा गाउँ र लेह-लद्दाख क्षेत्रमा पनि गर्न लागेको छ। अगस्ट सम्म मा यस परियोजनाको सुरुवात भइसक्ने आशा गरिएको छ। अगस्ट को २१ तारिख सम्म मा १५ हजार बाँसका बिरुवाहरू रोपिने उद्देश्य लिइएको छ।

केभीआईसीका अध्यक्ष विनैकुमार सक्सेनाले बताएअनुसार यस्ता सुख्खाग्रस्त ठाउँमा वृक्षारोपण गर्नाले देशको कैंयौं हेक्टर जमिन भूक्षय हुनबाट जोगिने छ। साथै सो क्षेत्रमा बसोबास गर्ने जनजातिको दिगो विकास, आर्थिक उन्नति र खाद्यान्न सुरक्षा पनि सुनिश्चित गर्न सकिने छ।

सांसद अर्जुनलाल मीणाले उदयपुरमा बाँस वृक्षारोपण कार्यक्रमले यस क्षेत्रमा स्वरोजगार बढाउने बताउनुभयो। यस्ता आयोजना का कारण क्षेत्रका महिला र बेरोजगार युवाहरु सीप विकास कार्यक्रममा जोड्न सक्छन्, सीप विकास गर्न सक्छन् र लाभ उठाउन सक्छन्।

केभीआईसीले यस उद्देश्यको परिपूर्तिका निम्ति बाँस नै रोजेका छन्। किनभने बाँस चाँडै बढ्छन् र तीन वर्ष मै तिनको कटान पनि गर्न सकिन्छ।

बाँसले पानी संरक्षण र भूमि सतहबाट पानीको वाष्पीकरण घटाउन मद्दत गर्दछ। जुन सुक्खा र खडेरी क्षेत्रको लागि आवश्यक एक महत्वपूर्ण विशेषता हो।

प्राप्त प्रतिकृयाहरू

To Top