सैनामैनामा विद्युतीय सवारीको एसेम्बल प्लान्ट निर्माण हुने 

समाज असार २० 2078 ekhabarnepal
2

बुटवल, असार २० 
 सुन्दर यातायातले विद्युतीय सवारीसाधन निर्माणका लागि सैनामैना नगरपालिकामा एसेम्बल प्लान्ट निर्माण गर्ने भएको छ । नेपाल सरकारले विश्वका १० उत्कृष्ट विद्युतीय गाडी निर्माताहरु नेपाल आएमा सहयोग गर्ने घोषणा गरेसंगै सुन्दर ट्रेडर्सले चीनको सिचुवान गुहाङ अटोमोबाइल्स, बीएके कम्पनीसंग सहकार्य गरेर नेपालमै एसेम्वल प्लान्ट राख्ने योजना वनाएको हो । अहिलेसम्म नेपालमा सार्वजनिक विद्युतीय यातायात सञ्चालन गर्ने एक मात्र कम्पनी सुन्दर यातायात हो । 


आजै सैनामैना नगरपालिका प्रमुख चित्रवहादुर कार्की र सुन्दर ट्रेडर्सका अध्यक्ष भेषवहादुर थापाकावीच सो सम्वन्धी सम्झौता भएपछि नेपालमा पहिलोपटक एसेम्वल प्लान्ट स्थपना गर्नका लागि मार्ग प्रसस्त भएको छ । जग्गाको अभावमा सुन्दर यातायातले चाहेर पनि यस्तो उद्योग स्थापना गर्न सकेको थिएन । प्लान्ट स्थापनाका लागि सैनामैना नगरपालिकाले करिव १० विगाहा जग्गा उपलब्ध गराउनेछ ।
प्लान्टमा प्रत्यक्ष रूपमा ३ सय जनाले रोजगारी पाउने, जसमा २ सय ५० जना नेपाली कामदार हुने बताइएको छ ।
 
 

प्राप्त प्रतिकृयाहरू

To Top