रुपन्देहीमा पनि एक साता थपियो निषेधाज्ञा,सार्वजनिक सवारी जोर–विजोर प्रणालीमा (निर्णयसहित)

समाज असार १४ 2078 ekhabarnepal
Butwal city

 
बुटवल,असार १४ ।  जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी) रुपन्देहीको आज बसेको बैठकले निषेधाज्ञालाई खुकुलो पार्दै असार २१ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ। एक हप्ताको अवधि थप गरेपनि यस वीचमा सवारी साधन चलाउन दिने निर्णय डीसीसीएमसीले भएको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार जोरविजोर प्रणालीमा सार्वजनिक यातायातलाई सञ्चालन दिइने छ । 

यस अघि यातायात व्यवसायीसँग वसेको बैठकले स्वास्थ्यका सम्पूर्ण मापदण्ड अपनाउँदैं सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय भएको छ । बैठकले सवारी भाडामा भने ५० प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ । 

जिल्ला प्रशासन कार्यालयले यसअघि असार ७ गते एक साताको लागि लम्ब्याएको निषेधाज्ञामा नीजि सावारीलाई जोर विजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय थियो । उक्त निषेधाज्ञाको अवधि आज रातीदेखि सकिन लागेकाले थप एक हप्ता निषेधाज्ञा लम्ब्याइएको हो । 

थपिएको निषेधाज्ञामा ११ बजेदेखि ६ बजेसम्म व्यवसाय सञ्चालन गर्न दिइने भएको छ । अन्य सार्वजनिक मापदण्डको हकमा भने यसअघि नै लिइएका निर्णयहरु कार्यान्वयन हुने छन् ।  

प्राप्त प्रतिकृयाहरू

To Top