स्वास्थ्य मापदण्ड अपनाउँदै सार्वजनिक यातायात संचालन गर्न माग

समाज असार ८ 2078 ekhabarnepal
Sundar yatyat meets transport minister

  
काठमाडौं,असार ८ । नेपालको एकमात्र विद्युतीय सवारी साधन सञ्चालन गर्दै आएको सुन्दर यातायात प्रालिले सार्वजनिक यातायात संचालनमा सहजीकरण गरिदिन भौतिक तथा यातायात मन्त्रीसँग आग्रह गरेको छ । सोमबार प्रालिले मन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै सार्वजनिक यातायात संचालनमा सहजीकरण गरिदिन आग्रह गरेको हो ।

लामो समयसम्म लकडाउनको कारण यातायात व्यावसायीहरुले मासिक रुपमा बैकहरुलाई बुझाउनु पर्ने किस्ता रकम बुझाउन नसकिरहेको तथा यस क्षेत्रमा आवद्ध कामदार , मजदुर कर्मचारीहरुको न्यूनतम आवश्यकता पुरा गर्न समेत नसकिरहेकोले सुरक्षा प्रवन्ध मिलाएर सञ्चालन गर्न सकिने कुरा ज्ञापनपत्रमा उल्लेख छ । 
 प्रालिका अध्यक्ष भेष बहादुर थापाले ज्ञापनपत्र बुझाउँदै पहिलो लहरमा जस्तै दोस्रो लहरमा अझ थप सुरक्षा अप्नाएर सवारी चलाउने बिश्वास दिलाउनु भएको छ । 
पहिलो लहरमा सुन्दर यातायातले पीपीइ लगाएर तथा हरेक यात्रुलाई मास्क वितरण गर्दै पर्याप्त सेनेटराइको प्रयोग गरी उपत्यकाभित्र सवारी सञ्चालन गरेको थियो ।
 ज्ञापनपत्रमा भनिएको छ, पशिलो लकडाउनवाट उठ्न नपाउँदै कोरोनाको दोस्रो भेरियन्ट आएपछि निषेधाज्ञा लागु भएको र सो समयमा सम्पूर्ण सार्वजनिक तथा निजी सवारीसाधनहरु (अत्यावस्यक वाहेक) बन्द भईरहेको अवस्था छ । यसरी लामो समयसम्म लकडाउन गराउने हो भने हामी सार्वजनिक यातयातका क्षेत्रमा रहेका यातायात व्यावसायी, मजदुर, कामदार कर्मचारीहरुलाई थप आर्थिक समस्या भई समग्र देशको अर्थतन्त्रमा समेत संकट पर्ने भएकाले तत्काल सार्वजानिक बस सञ्जालनमा सहजीकरण गरीदिनु हुन जोडदार माग गर्दछौं ।
  लकडाउनको कारण यातायात व्यवसायीहरुले मासिक रुपमा बैंकहरुलाई बुझाउनु पर्ने किस्ता रकम वुझाउन नसकिरहेको उल्लेख गर्दै हामी सधै कोराना संग डराउने , कोरोनाको विरुद्द नलड्ने हो भने जुनसुकै क्षेत्रका आम सर्वसाधारणको रोजिरोटी समेत बन्द भई ठुलो भोकमरी लाग्ने स्थिति आउनेतर्फ ध्यान आकर्षित गराइएको छ । 
 आफुहरु उच्च सतर्कता अपनाउँदै सार्वजनिक यातायात सञ्चालन गर्ने कुरामा संवेदनशील भएको उल्लेख ज्ञापनपत्रको अन्तमा भनिएको छ, हामी दैनिक गुजारा गरीखाने व्यावसायी , मजदुर , कामदार यस क्षेत्रवाट प्रत्यक्ष मारमा परी विभिन्न अबाभको सामना गर्नु पर्ने भएकाले माननीय मन्त्रीज्यू ले सार्वजनिक सवारी यातायातहरुलाई पनि सञ्चालन गर्ने वातावरण बनाई समग्र यातायात पेशमा आवद्व व्यवसायी, मजदुरहरुको रोजि रोटी चलाउने व्यवस्था मिलाई सहजीकरण गरीदिनुहुन अनुरोध छ ।

प्राप्त प्रतिकृयाहरू

To Top