आम्दा अस्पतालको स्तरोन्नतिका लागि बुटवल उपमहानगरको ५० लाख सहयोग

स्वास्थ्य असार ४ 2078 ekhabarnepal
1

बुटवल, असार ४ 
कोरोनाको तेश्रो लहरमा बालबालिकाहरु प्रभावित हुने सम्भावनालाई दृष्टिगत गर्दै बुटवल उपमहानगरपालिकाले  सिदार्थ महिला तथा बाल (आम्दा) अस्पतालको स्तरोन्नतिका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ । 
 बुटवल उपमहानगरपालिकाले प्रदान गरेको रकमबाट भवन निर्माण, उपकरण जडान, बेड विस्तार लगायतका काम गरिने छ । वैज्ञानिकहरुले निकट भविष्यमै तेश्रो लहर शुरु हुने अनुमान गरेका छन् । सो अवसरमा उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले अस्पताललाई थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top