वाढीले वितण्डा मच्चाउन थाल्यो

समाज असार १ 2078 ekhabarnepal
%e0%a4%ac%e0%a5%87%e0%a4%a8%e0%a5%80%e2%80%93%e0%a4%9c%e0%a5%8b%e0%a4%ae%e0%a4%b8%e0%a5%8b%e0%a4%ae %e0%a4%b8%e0%a4%a1%e0%a4%95%e0%a4%ae%e0%a4%be %e0%a4%b9%e0%a4%be%e0%a4%87%e0%a4%b2%e0%a4%95%e0%a5%8d%e0%a4%b8 %e0%a4%97%e0%a4%be%e0%a4%a1%e0%a5%80

बुटवल, असार १
लगातार आइरहेको वर्षाले देशैभरी वितण्डा मच्चाउन थालेको छ । भैरहवा आसपासमा १४८ मिलिमीटर भन्दा बढ़ी वर्षा भएको छ र यसले बाढ़ी र डुवानमका समस्याहरु आउन थालेका छन् । 
नारायणी, गण्डकी र अरुणखोलालगायत ११ स्थानमा बाढीले खतराको तह पार गरे पछि बाढी पूर्वानुमान महाशाखाले एसएमएस मार्फत सतर्कता अपनाउन अनुरोध गरेको जनाएको छ । 
कालीगण्डकी नदीमा पानीक‍ो वहाव वढेपछि आसपासका वस्तीका वासिन्दाहरुले सतर्कता अपनाउनु पर्ने अवस्था आएको छ। जिल्लाका विभिन्न स्थानहरू रिडि रुद्रवेणी खण्ड, तम्घास वामी हुदै बुर्तिवाङ सडक, रेसुङगा भंगेरि, छत्रकोटक‍ो खर्जाङ रिडि लगायतको स्थानमा पहिरो गई वाट‍ो अवरुद्ध भएको छ ।

नारायणी नदी अन्तर्गत् कुमालगाउँ, पाल्पाको गैडाकोट, कास्कीको लुम्ले, चितवनको भरतपुर विमानस्थल क्षेत्र, चरछरे, कल्याणपुर, रामपुर र गण्डकीको म्याग्दीको घोरेपानी र पाल्पाको तानसेन क्षेत्रमा नदीमा बाढीले खतराको तह पार गरेको महाशाखाको तथ्याङक छ । नवलपरासीको अरुणखोलामा यहाँ सबै भन्दा धेरै २२६ मिलिमिटर पानी परेको छ ।

त्यसै गरी पाल्पाको गैडाकोटमा २४ घण्टा यता १८८ मिलिमिटर पानी परेको छ । 
शुक्रबार पूर्वी नेपालबाट मनुसन भित्रिएसँगै लगातार बर्षा रोकिन सकेको छैन । दुई दिनभित्रै देशभर फैलिएको मनसुन अझै पनि केहीदिनसम्म सक्रिय हुने मौषमविद्हरुले जनाएका छन् । 
 हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने एक मात्र बेनी–जोमसोम सडक खण्डमा ठाउँठाउँमा गएको पहिरोले सडक अवरुद्ध भएको छ ।
पछिल्लो तीन दिनदेखिको वर्षाले बेनी–जोमसोम सडक खण्डको अन्नपूर्ण गाउँपालिका–३, रुप्से, अन्नपूर्ण गाउँपालिका–२, नैनीबगर र नागढुङ्गामा पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीका अनुसार सडकभन्दा माथिबाट पहिरो आई सडक पुर्णरूपमा अवरूद्ध भएको र ढुङ्गा माटो खस्नेक्रम नरोकिएकोले तत्काल सडक खुलाउन समस्या देखिएको छ
। उक्त सडक अवरुद्ध हुँदा मुस्ताङ तर्फको सबै सम्पर्क बिच्छेद भएको छ । बन्दाबन्दीले हवाइ यातायात समेत बन्द भएको अवस्थामा एक मात्रै सडक खण्डमा पनि पूर्ण रुपमा अवरुद्ध हुँदा मुस्ताङका जनता समस्यामा परेका छन् ।
त्यसैगरी म्याग्दीको बेनी–दरबाङ सडक खण्डको बेनी नगरपालिका–४, फापरखेत नजिकै घुमाउने भीरमा खानीखोलाले सडक कटान गर्दा बेनी–दरवाङ सडक पनि अवरुद्ध भएको छ । म्याग्दी जिल्लालाई अन्य जिल्ला सँग जोड्ने सडकहरु पनि पूर्ण रुपमा अबरुद्ध रहेको प्रहरीले जनाएको छ । बेनी–बागलुङ सडक खण्ड पनि अबरुद्ध भएको छ भने मालढुङ्गा–बेनी सडक खण्डको लस्तीमा पनि अवरुद्ध भएको छ ।
कालीगण्डकीको बहाब बढ्दा बेनी–गलेश्वर सडक खण्डको डल्लेपीपल नजिक सडक बगाउने अवस्थामा पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बेनी जोमसोम सडक खण्डको रुप्से झरना नजिकै हाइलक्स गाडी पहिरोको बीचमा फसेको छ । मुस्ताङको समरमा निर्माण सम्बन्धी काम गर्दै गरेको मेसीन मर्मत गरेर प्राविधिकहरु लिएर फर्कदै गरेको बा १८ च ६९६२ गाडी पहिरोको बिचमा फसेको अन्नपूर्ण गाउँपालिका–३ दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताउनुभयो । 
त्यस्तै मनाङको ताल गाउँ डुबानमा परेको छ । बाढीले हिमाली जिल्ला मनाङको तालगाउँ डुबानमा परेको छ । नासों गाउँपालिका १ मा पर्ने तालगाउँ आइतबार, सोमबार र मंगलबार निरन्तर परेको पानीका कारण बाढी आएर डुबानमा परेको हो । मस्र्याङदी नदी नजिकका १० घर डुबानमा परेका छन् । 


उक्त क्षेत्रमा विद्युत अवरुद्ध छ । गाउँ पूरै जोखिममा परेपछि वस्तीनै डुबाउने अवस्थामा छ ।


पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको चरंगे नजिक डाइभर्सन गरेको सडक भासिँदा पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग विस्तारको क्रममा चार लेनको पुल बनाउन सो ठाउँमा सवारी ओहोर दोहोर गर्न डाइभर्सन बनाइएको थियो ।


 

प्राप्त प्रतिकृयाहरू

To Top