आज देशभर भारी वर्षाको सम्भावना

समाज असार १ 2078 ekhabarnepal
1

  
काठमाडौं, असार १

आज (मंगलबार)  मनसुनी वायुको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज बिहान ६ बजेदेखिनै भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। यस्तै प्रदेश नम्बर २ का थोरै स्थानमा मेघगर्जन र चट्टयाङसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो पनि देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। 

यसैगरी राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा जारी रहने सम्भावना छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बिहीबारसम्मै वर्षाको सम्भावना छ। धेरै स्थानमा हल्कादेखि मध्यमसम्म र विभिन्न प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना छ।

महाशाखाले दैनिक तीन दिनसम्मको मौसम अनुमान गर्ने गर्छ भने २४ घण्टाका लागि अपनाउनुपर्ने चेतावनी पनि जारी गर्छ।

यसै क्रममा २४ घण्टाका लागि मैसम तथा पूर्वानुमान महाशाखाले चेतावनी तथा परामर्श दिँदै आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्राप्त प्रतिकृयाहरू

To Top